“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
राजविराज, ९ कात्तिक ९रासस० ः सप्तरी क्रिकेट संघको अध्यक्षमा शैलेशकुमार चौधरीलाई पुनः चयन गरेको छ ।
संघको राजविराजमा बुधबार सम्पन्न तेस्रो साधारणसभाले उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई चयन गरिएको छ । उनीहरु यसअघि पनि सोहि पदमा कार्यरत थिए ।
यसैगरी सदस्यमा राजेशकुमार झा, चन्दनकुमार यादव, तुलानाथ माझी, मनोजकुमार साह, वीरेन्द्र यादव, सतिशकुमार दत्त, रंजित चौधरी, सतिशकुमार सिंह, रवि राय, अनवर अली, नीरजसिंह र वीरेन्द्रकुमार यादवलाई चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
साधारणसभाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले गर्नुभएको थियो ।
Leave a Reply