स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
समाजमा केही बाधा अड्चन तथा कठिनाइ आउनु नै एक सामाजिक समस्या हो । हाम्रो समाजमा धेरै प्रकारका समस्या हुने गर्छ । हामी मानिसको क्रियाकलापले समाजमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा समस्या उत्पन्न गराउने गर्दछौँ । यस्ता कार्यले एक जनामात्र नभई समाजमा बस्ने मानिसलाई असर पार्ने गर्दछ ।
समाजमा दैनिकी नै धूमपान, लागुपदार्थ तथा अन्य सुर्तीजन्य पदार्थहरू सेवन गरेको पाइन्छ । यसले हामी टोलछिमेकलाई प्रत्यक्षरूपमा असर पार्ने गर्दछ । त्यही कारणले मानिसको जीवनमा असर गरिरहेको पाइन्छ । यो हाम्रो स्वास्थ्यको लागि एकदमै खतरनाक वस्तु हो । त्यस्तै टोलछिमेकमा फोहोरमैला व्यवस्थापन तथा सरसफाइमा कममात्र ध्यानाकर्षण गरेको पाइन्छ । त्यस्तै चोरी डैकती पनि बढिरहेको पाइन्छ । आ–आफ्नो घरघरमा सरसफाइ गरी निस्केको फोहोर जथाभावी बाटोघाटो, खोलानाला तथा अन्य ठाउँमा फालिएको पाइन्छ । मानिस शिक्षित भए तापनि जहाँतहीँ फोहोर फालेको पाइन्छ । मानिसहरू स्वार्थी भएकाले सेवाको भावना पाइन्छ । आजकाल बालबालिका तथा युवायुवतीहरू सामाजिक क्रियाकलापमा पहिलेको तुलनामा कम रुचि राखेको पाइन्छ । यसले समाजको महत्वबारे कम बुझ्ने गर्दछ ।
त्यसैगरी भ्रष्टाचार एक ठुलो समस्या हो । यसले समाजमा सेवाको भावना अन्त्य गर्दै जान्छ र समाजमा विकास, नीतिनिर्माणमा धक्का पर्न जान्छ । त्यसैले हामी सबैले यस्ता समस्या अन्त्य गर्दै सेवाको भावनालाई कदर गर्दै जानुपर्दछ । यसले देश र जनताको फाइदा गर्छ, सामाजिक समस्या अन्त्य गर्न सहयोग गर्छ ।
Leave a Reply