भर्खरै :

भक्तपुर साँगाको ३० रोपनी सार्वजनिक जग्गा कमल जैनको निजी कसरी हुन्छ ?

भक्तपुर साँगाको ३० रोपनी सार्वजनिक जग्गा कमल जैनको निजी कसरी हुन्छ ?

राजमार्गमाथि झोलुङ्गे पुल किन ?
भक्तपुर, १७ भदौ । सूर्यविनायक नगरपालिका वडा नं. १० साँगाको डाँडामा २०२१ सालको नापी नक्साअनुसार करिव ३० रोपनी जग्गा सार्वजनिक कायम भएको थियो । सो सार्वजनिक जग्गामा स्थानीय गरिवहरूले खनजोत गरी गुजारा गर्न थाले । एकदिन तत्कालीन राजा वीरेन्द्रका निजी सचिव रञ्जनराज खनाल सो स्थानमा पुगे । तत्पश्चात् सो जग्गा आफ्नो कब्जामा ल्याउने तयारी गरे । निज खनालले स्थानीय गाउँविकास समिति र मालपोत कार्यालय, भक्तपुरलाई दबाब दिई ३० रोपनी सार्वजनिक जग्गा खनजोत गरेका गरिव जनताको नाममा दर्ता गराए । लगत्तै सचिव खनालले बुहारी रमादेवीका नाममा ती सबै जग्गा सस्तोमा खरिद गरे । केही वर्षपछि खनालले ३० रोपनी सार्वजनिक जग्गा करोडाँै करोड नाफा खाएर कमल जैन भन्नेलाई बेचबिखन गरे । हाल सो सार्वजनिक जग्गामा जैनले क्रङ्क्रिटको शिवको अग्लो मूर्तिलगायतको संरचना बनाई पर्यटन उद्योगको नाममा वर्षको करोडौँ रुपियाँ उठाई विदेशी बैङ्कमा जम्मा गर्दै छन् । स्थानीय जनताहरूले देवाली पूजा गर्दै आएको सार्वजनिक जग्गासमेत खनाल र जैनले निजी गरेपछि अदालतमा मुद्दा प¥यो । अन्ततः जैनले १५ आना जग्गा सार्वजनिक कायम गरे भने १२ आना सार्वजनिक कायम जग्गा जैनकै कब्जामा छ ।
काठमाडौँको ललिता निवासको सरकारी जग्गा निजी बनाउनेहरूलाई कारबाही गरिएजस्तै साँगाको तीस रोपनी सार्वजनिक जग्गा निजी गर्ने तत्कालीन राजा वीरेन्द्रका निजी सचिव रञ्जनराज खनाल, निजका बुहारी रमादेवी र जैनलाई अविलम्ब पक्राउ गरी अनुसन्धान नगरेकोमा स्थानीय जनता आक्रोशित छन् । रञ्जनराज खनालजस्ता भारदारहरूको यस्तै जनविरोधी कामको कारण राजतन्त्रप्रति जनताको विश्वास समाप्त भएको हो । कमल जैनलाई पुँजी विदेश लगेकोमा समेत थप कार्वाई गर्नुपर्ने जनताको माग छ ।
केही वर्षअघि जैनको सो जग्गामा पुग्न सजिलो हुने गरी सरकारी खर्चमा अरनिको राजमार्गमाथि झोलुङ्गे पुल बनाइयो । नेपाल सरकार र डोलिडारको करोडौँ लगानीमा बनेको सो पुलमा नगरपालिकाले ठेक्का लगाएर प्रतिव्यक्ति २० रुपियाँ उठाउँदै छ । पुल कति क्षमताको हो ? जानकारी टाँगिएको छैन । नयाँ वर्ष र अन्य चाडपर्वमा झोलुङ्गे पुलमा आउने जानेहरूको दोहोरो भीड लाग्छ । क्षमताभन्दा बढी भएर कुनै पनि बेला दुर्घटना हुन सक्छ । दुर्घटना भयो भने को जिम्मेवार हुने ? के नगरपालिकाको मेयर जिम्मेवार हुने हो ? कि सम्बन्धित वडाका वडा अध्यक्ष जिम्मेवार हुने हो ? सम्बन्धित निकायले समयमै ध्यान पु¥याई राजमार्गमाथिको झोलुङ्गे पुल हटाउनु जरुरी छ ।
नेपाल सरकारको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको वरिपरि बनेको जग्गामा बाँसका टहराहरू बनाउन लगाई ठेकेदारले नै मनपरि भाडा उठाइरहेको छ । यसबारे सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई समेत बोल्न नसक्ने बनाउनेहरू को को हुन् ? देशमा सरकार छ कि छैन ? आमजनता प्रश्न गर्दै छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *