अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ८ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन मङ्गलबार सम्पन्न भयो । एक साता चलेको महाधिवेशनले पार्टीका महत्वपूर्ण दस्तावेजहरू पारित गर्नुका साथै दीर्घकालीन महत्वका नीतिहरू पारित गरेको छ । सम्मेलनले २०४ सदस्य पूर्ण केन्द्रीय सदस्य र एक सय बहत्तर वैकल्पिक सदस्यको केन्द्रीय समिति निर्वाचित गरेको छ । बुधबार बिहान बसेको नवनिर्वाचित केन्द्रीय समितिको पूर्ण बैठकले पार्टीको महासचिव पदमा सि चिन फिङलाई सर्वसम्मत रुपमा दोस्रो कार्यकालको लागि चयन गरेको छ ।
संसारभरका १६५ देशका ४५२ राजनीतिक दलहरूले नवनिर्वाचित महासचिव र केन्द्रीय समितिलाई बधाई सन्देश पठाएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नवनिर्वाचित महासचिव सि चिन फिङलाई पार्टीका तर्फबाट बधाई सन्देश पठाउनुभएको छ । सो बधाई पत्रको पूर्ण विवरण पाठकको जानकारीको लागि प्रस्तुत छ ः
प्रिय कामरेड,
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाअधिवेशनले का. सि चिन फिङलाई महासचिव पदमा पुनःनिर्वाचित गरेकोमा नेपाल मजदुर किसान पार्टी शुभकामना व्यक्त गर्दछ । नेमकिपाका केन्द्रीय समितिका सदस्यहरू, पार्टीका सबै सदस्यहरू, समर्थकहरू र नेपाली जनताले ठूलो हर्ष र खुसीको अनुभव गर्दै शुभकामना व्यक्त गर्दछ । यसको अर्थ हो नेपालका क्रान्तिकारी र प्रगतिशील जनता तथा साधारण जनतासमेत चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको निर्णय र खुसीमा नेपाली जनताको पनि साझा भावना अभिव्यक्त हुन्छ । महामहिम कामरेड महासचिवले ‘चिनियाँ सपना’, आधुनिक ‘रेशम मार्ग’ र ‘एक क्षेत्र, एक सडक’ को दूरगामी र युगीन महत्वको निर्णय चिकपा र चिनियाँ जनताको आर्थिक क्षेत्रमा, पछि परेका विश्वका देशहरू र जनताको गरिबीलाई समृद्धिमा रुपान्तरण गर्ने भावनालाई मूर्तरुप दिने उद्देश्य र नीतिको निरन्तरताको व्यापक समर्थन नै चिकपाको १९ औं महाअधिवेशनको सन्देश हो ।
महामहिम का. सिको कम्युनिष्ट पार्टी र माक्र्सवादी सिद्धान्तको महत्व, विश्व वातावरणमा बढ्दो तापक्रमप्रतिको चिन्ता र निराकरणको दृढ नीति, पार्टी अनुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलताको कारबाही तथा हिजोका विकासका सकारात्मक नीतिको निरन्तरता दिने प्रतिबद्धताले चिनियाँ जनता र चीनप्रति मैत्रीभावले हेरिरहेका विश्वका जनतामा आशाको अपार सञ्चार भएको छ । यस शताब्दीको आधाआधीमा चिनियाँ जनता वैज्ञानिक समाजवादमा सङ्क्रमण र मध्यम दर्जाको समृद्धिको प्रक्षेपणको अर्थ विश्वका अत्यन्त बहुमत कामदार जनता र प्रगतिशील बुद्धिजीवी समुदायले संसारमा समाजवाद अपरिहार्य र अनिवार्य व्यवस्थाको रुपमा प्रत्यक्ष अनुभव गर्नेछन् । यसको अर्थ हो यो शताब्दी समाजवादको विजयको शताब्दी सावित हुनेछ ।
समाजवादको त्यस यात्राको बीचमा कुनै बाधा–व्यवधान आइपरेमा त्यसले समाजवादको यात्रालाई अझ छिटो आजुमा पु¥याउन बल पुग्नेछ । त्यसबेला विश्वका व्यापक कामदार जनताले समाजवाद विकल्परहित व्यवस्था र मानव सभ्यताको गन्तव्यको रुपमा अङ्गीकार गरिसकेको हुनेछ ।
त्यो सुन्दर सपनालाई मूर्तरुप दिन चिनियाँ कम्युनिष्ट पार्टीको चिनियाँ चरित्रको समाजवादी व्यवस्था, माक्र्सवादप्रतिको प्रतिबद्धता, विश्वका जनताको साझा हित र विजयको सपना र ‘एक क्षेत्र र एक मार्ग’ को अगुवाइ, ब्रिक्सको आर्थिक नीतिको सोच र संसारलाई समृद्धिको निम्ति एकाकार गर्ने १९ औं महाअधिवेशनको सङ्कल्प र निर्णयले बिहानीको सूर्यले झैं संसारलाई प्रकाश छरेजस्तै अल्मलिएको मानव जातिलाई सबै मिलेर सुन्दर गन्तव्यमा सँगै पुग्न बाटो देखाउनेछ । यस अभियानको नेतृत्व महामहिम चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिङले गर्दै हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टी र नेपाली जनताले त्यस युगान्तकारी अभियानमा का. सि चिन फिङ पूर्ण रुपले सफल हुनुहुने विषयमा पूर्ण विश्वास व्यक्त गर्दछ । धन्यवाद !
Leave a Reply