भर्खरै :

संरा अमेरिकासित शीतयुद्धको भ्रम : पहिलो त्रासदीको रूपमा, दोस्रो प्रहसनको रूपमा

संरा अमेरिकासित शीतयुद्धको भ्रम : पहिलो त्रासदीको रूपमा, दोस्रो प्रहसनको रूपमा

चीन–संरा अमेरिका द्विपक्षीय सम्बन्ध संसारमा सबैभन्दा महत्वपूर्णमध्ये एक हो । यस सम्बन्धको प्रक्षेपणले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ । तैपनि अमेरिकाले शीतयुद्धको वास्तविक अर्थ देखाउँदै राजनीति र कूटनीति, अर्थतन्त्र, व्यापार, प्रविधि र सैन्य सुरक्षाजस्ता विभिन्न मोर्चाहरूमा चीनलाई दबाउन आफ्नो प्रयासलाई तिब्रता दिइरहेको छ । ग्लोबल टाइम्सले चिनियाँ र विदेशी विज्ञहरूलाई अमेरिकाको नयाँ शीतयुद्धको हेरफेरको पर्दाफास गर्न र यसले विश्वलाई सम्भावितरूपमा हुन सक्ने क्षति देखाइ दिन आमन्त्रित गरेको छ । यो शृङ्खलाको दोस्रो किस्ता हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष इन्डोनेसियाको बालीमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अमेरिकाले चीनविरुद्ध शीतयुद्ध गरिरहेको कुरालाई अस्वीकार गर्न आवश्यक महसुस गरे । यसो भए तापनि चीनविरुद्धको अमेरिकी कारबाही रणनीतिक घेराबन्दी, सैन्य वृद्धि, प्रचार र आर्थिक युद्धको रूपमा र ताइवान टापुमा चीनको हरेक रातो रेखाको अतिक्रमणले अमेरिका नयाँ शीतयुद्धमा लागिरहेको स्पष्ट देखाउँछ ।
ऐतिहासिक शीतयुद्ध दोस्रो विश्वयुद्धको अन्त्यदेखि १९९१ सम्म संरा अमेरिका र सोभियत सङ्घको बिचमा लडिएको थियो । त्यो युद्ध ‘चिसो’ थियो किनभने यसका प्रमुख विरोधीहरूले प्रत्यक्ष रूपमा एकअर्कासँग लडेका थिएनन्, तर यो हिंसात्मक नभएको भने होइन । ल्याटिन अमेरिका, अफ्रिका र एसियामा यसको प्रोक्सी युद्ध, सैनिक विद्रोह र शुद्धीकरण कारवाहीमा लाखौंको मृत्यु भयो । ‘शीतयुद्ध’ वैचारिक, राजनीतिक र आर्थिक शत्रुविरुद्ध द्विध्रुवीय सङ्घर्षको छाता अवधारणा थियो । सोभियत सङ्घ अन्तिम प्रतिद्वन्द्वी हुँदाहुँदै पनि शीतयुद्ध वास्तविकतामा स्वतन्त्रता र उपनिवेशीकरणको लागि लडिरहेका ग्लोबल साउथका विकासशील र विकासोन्मुख देशका जनताको विरुद्धमा
छेडिएको थियो । शीतयुद्धले विश्वलाई, विशेषगरी विकासशील विश्वलाई युद्धको मैदानमा परिणत ग¥यो । के आज पनि ‘शीतयुद्ध’ के भइरहेको छ ? यसलाई बुझ्नका लागि उपयोगी हुने तत्व समानता हेर्नु हो ? उस्तै गतिशीलता छ, उस्तै आक्रामक महत्वाकांक्षा छ । केवल यसपटक यो एक भ्रमपूर्ण गुण, अवास्तविकताको एक अस्पष्ट वातावरण रहेको छ । कार्ल माक्र्सले भन्नुभएको छ “इतिहास दोहोरिन्छ, पहिलोपटक त्रासदीको रूपमा, दोस्रोपटक प्रहसनको रूपमा ।”
हिटलर र साम्यवादमाथि विजयको अमेरिकी साम्राज्यको आधारभूत मिथकको अनुष्ठान गर्दै पुनः कार्यान्वयनको रूपमा शीतयुद्ध दोहो¥याउने कोसि हुँदैछ छ । एउटा जेरोन्टोक्रेटिक (वृद्धहरूले गर्ने शोसन) अमेरिकी राजनीतिक वर्ग, जसमध्ये केही वास्तवमा पहिलो शीतयुद्धबाट बचेका छन्, आफूलाई अर्को सर्वनाशिक सङ्घर्षमा कल्पना गर्दछ । शीतयुद्ध ट्रोपहरू पुनः प्रयोग गर्दै, आन्तरिकरूपमा म्याकार्थिज्मलाई पुनर्जीवित गर्दै र हिटलरसँग फेरि लड्दै उनीहरूले चीनलाई एक निरङ्कुश अक्टोपसको रूपमा लिएका छन् जसलाई स्वतन्त्रता र उन्नत अर्धचालकहरू निल्नु अघि पराजित गर्नुपर्दछ भने मानसिकता राख्दछ । अमेरिकाले आफ्नो पण्डितवर्गलाई यति अथक र अपमानजनक प्रचार अभियानले पश्चिमको सांस्कृतिक क्षेत्रलाई संतृप्त गरेको छ । यसले चीनविरुद्ध युद्धको तयारीमा क्वाड र अउकसजस्ता नाटो–जस्तो गठबन्धनहरूको सेटमा आफ्ना कठपुतलीहरूमाथि दबाब सिर्जना गरिरहेको छ । यसले चीनको विकासलाई कमजोर पार्न प्राविधिक नाकाबन्दी गर्ने प्रयास गरिरहेको छ ।
यद्यपि यो युद्धपछिको संसार होइन, चीन सोभियत सङ्घ होइन र अमेरिका पनि पहिलेजस्तो रहेको छैन ।


अमेरिकी अर्थतन्त्र शीतयुद्धको अवधिमा सोभियत अर्थतन्त्रभन्दा धेरै गुणा ठूलो थियो । शीतयुद्ध जित्ने आर्थिक र औद्योगिक क्षमताको असमानता चीनको विरुद्धमा अर्को दिशामा दौडन्छ । वास्तवमा यो चीनको बढ्दो प्राविधिक क्षमता हो कि अमेरिकाले घुँडा टेक्नु भनेको हो । यसपटक संरा अमेरिकाले आफ्नो भन्दा ठूलो पब्लिक प्राइवेट पार्टनरशिप अर्थतन्त्र भएको राष्ट्रलाई शत्रु बनाउँदैछ, जसको औद्योगिक क्षमता अमेरिका, ईयू र जापानको संयुक्त क्षमताभन्दा बढी छ ।
शीतयुद्धको क्रममा अमेरिका र सोभियत सङ्घले छुट्टाछुट्टै आर्थिक खेमाहरूको नेतृत्व गरे । तर अहिले चीन र अमेरिका एक एकीकृत विश्व अर्थतन्त्रमा सहभागी छन् । तिनीहरू यति एक अर्कामा निर्भर छन् कि केही टिप्पणीकारहरूले शीतयुद्धको समानतालाई खारेज गर्छन् र चीन संरा अमेरिका दुई देशको सम्बन्धलाई खराब विवाहसित तुलना गर्छन् । यसैबिच, चीनले छुट्टै आर्थिक क्षेत्रको निर्माण गरिरहेको छैन । यसले विकास र साझा हितलाई विश्वव्यापी एजेन्डाको केन्द्रमा ल्याएर वर्तमानलाई रूपान्तरण गरिरहेको छ । ‘चीनलाई दबोच्न’ अमेरिकाले सम्पूर्ण मानवजातिको लागि नयाँ भूमण्डलीकरणको नाममा चिनियाँ व्यापारिक प्रतिष्ठानहरूमाथि अवरोध गर्दैछ । यसो गर्दा यसले विकासोन्मुख विश्वलाई पनि हमला गरिरहेको छ, आफ्ना सहयोगीहरूलाई कमजोर बनाउँदैछ र आफूलाई हानि पु¥याइरहेको छ । यसले के गर्न सक्दैन त्यो भनेको आफ्नो भन्दा ठूलो र गतिशील विश्वव्यापी आर्थिक उपस्थितिलाई अलग्ग गर्नु हो । अमेरिकाका सबै मानिस वाशिङ्गटनको प्रयासबाट उत्साहित छैनन् । अमेरिकी सीईओहरू चीनबाट अलग्ग हुने आत्मघाती विचारको विरुद्धमा बोल्न लाइनमा छन् ।
शीतयुद्धले प्रतिद्वन्द्वी सार्वभौमिकताहरूबिचको वैचारिक द्वन्द्व समावेश ग¥यो । यसपटक सबै विश्वव्यापीकरणको कट्टरता एकतर्फी छन्, सङ्घर्ष अब “लोकतन्त्र र निरङ्कुशता“ बिचको छ । बाँकी संसारले फरक बाटोको सम्मान गर्न मात्र सोध्छ । जोहानेसवर्गमा हालै भएको ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति सीको शब्दमाः “विश्वमा धेरै सभ्यता र विकासका मार्गहरू छन् र संसार यसरी हुनुपर्छ । मानव इतिहास कुनै विशेष सभ्यता वा प्रणालीमा समाप्त हुँदैन ।”
दोस्रो विश्वयुद्धपछि विश्वमा अमेरिकी र सर्वोच्चता पुनः लागू गर्न शीतयुद्ध लडिएको थियो । यो लागू गरिएको आदेशले विकासोन्मुख राष्ट्रहरूलाई नाममात्रको स्वतन्त्रता प्राप्त गरेपछि पनि आफ्नो अधीनमा राख्न जारी राख्यो । आज विश्व व्यवस्था फेरि खतरामा छ, यी राष्ट्रहरू आफ्नो हितका लागि उठेका छन् र आफ्नो सार्वभौमसत्तामा काम गरिरहेका छन् । संसार पहिले नै बहध्रुवीय, उत्तर–अमेरिकी र उत्तर–पश्चिमी बनिसकेको छ ।
जी–सेभेनको विबल्पमा ब्रिक्स भर्खरै विस्तार गरिएको छ । देशहरूको लामो सूची ब्रिक्समा सामेल हुन पर्खिरहेको छ । संरा अमेरिका पहिले नै हारिसकेको युद्ध लडिरहेको छ । शीतयुद्धको भ्रममा टाँसिँदै आफ्नो पतन भएको घरेलु व्यवस्थाको बिचमा, अमेरिकाले नाइजरदेखि अर्जेन्टिनादेखि साउदी अरबसम्म स्वतन्त्रताको घोषणा गर्दै चीनको विरुद्धमा मात्र नभई उपनिवेशीकरणको दोस्रो युगको विरूद्ध खडा गरिरहेको भ्रम छरिरहेको छ ।
शीतयुद्धको मानसिकताका साथ चालिएका अमेरिकी कदमहरू प्रहसनबाहेक केही सावित हुन्न ।
(लेखक मलेसियाका पूर्वसरकारी अधिकारी र पेराक एकेडेमी मलेसियाका वरिष्ठ अनुसन्धानकर्ता हुन् ।) (Us Clinging to cold war delusions: the first time as tragedy, the secocond as farce)
– ग्लोबल टाइम्स
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *