भर्खरै :

जुछेमा आधारित समाजवादी व्यवस्थाले वास्तवमै जनताको देशको रूपमा आफ्नो प्रकृति तथा मौलिकतालाई उज्ज्वल पारेको छ

जुछेमा आधारित समाजवादी व्यवस्थाले वास्तवमै जनताको देशको रूपमा आफ्नो प्रकृति तथा मौलिकतालाई उज्ज्वल पारेको छ

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवस हर्षोल्लासपूर्वक मनाइरहेका हाम्रा जनतासँग खुसी साट्न तथा हाम्रो राष्ट्रिय दिवसमा हामीलाई बधाई दिन यति भव्य सभाको आयोजना गर्नुभएकोमा म नेपाल मजदुर किसान पार्टीको नेतृत्व तथा यस क्याम्पस प्रशासनलाई अन्तरहृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
महान् नेता राष्ट्रपति किम इल सङको नेतृत्वमा प्रजग कोरियाको स्थापना हुनु कोरियाको इतिहासमा अत्यन्त महत्वपूर्ण घटना थियो भन्ने सर्वविदित छ । १९४८ सेप्टेम्बर ९ को त्यस ऐतिहासिक दिनमा जुछे विचारले अनुप्रेरित राष्ट्रनिर्माण गर्ने महान् उपलब्धि हासिल भयो ।
गौरवशाली प्रजग कोरियाको ७५ औँ स्थापना दिवसको अवसरमा गर्व र आत्मविश्वासका साथ जनताले शुभकामना आदानप्रदान गर्दै छन् । हाम्रा जनताले विश्वसामु आफ्नो समाजवादी मातृभूमिको शक्ति प्रदर्शन गर्दै छन् । हाम्रो मातृभूमि यस शताब्दीको आरम्भसँगै स्वतन्त्रताले गर्वित र आत्मनिर्भरताले बलिष्ठ हुँदै छ । यस्तो देशका बासिन्दाको नाताले हाम्रा जनताले महान् नेता राष्ट्रपति किम इल सङलाई हार्दिक धन्यवाद अर्पित गर्दै छन् । उहाँले जुछेजस्तो अमर विचार दिनुभयो । उहाँले जनताप्रधान राष्ट्र निर्माण गर्नुभयो । उहाँले राजनीतिमा स्वतन्त्र, अर्थतन्त्रमा आत्मनिर्भर तथा सुरक्षामा परिपूर्ण समाजवादी राज्य निर्माणको अभिभारा पूरा गर्नुभयो । हाम्रा जनता अहिले महान् नेता कामरेड किम जोङ इललाई हार्दिक धन्यवाद ज्ञापन गर्दै छन् । उहाँले राष्ट्रपति किम इल सङको क्रान्तिकारी विचारलाई वैज्ञानिकरूपमा व्यवस्थित पार्नुभयो । उहाँले नयाँ सिद्धान्त र विषयवस्तुले त्यसलाई निरन्तर विकसित र समृद्ध बनाउनुभयो । यसप्रकार सोन्गुन नीतिमार्फत उहाँले समाजवादी कोरियाको प्रतिरक्षा गर्नुभयो ।
आज प्रजग कोरिया आत्मविश्वासका साथ समाजवादी पूर्वाधारको व्यापक विकासको भव्य उद्देश्य राखेर अघि बढ्दै छ । कोरियाली मजदुर पार्टीको ८ औँ महाधिवेशनले बदलिँदो रक्षा अवस्थाअनुसार प्रतिरक्षा क्षमता सुदृढ पार्ने कार्यक्रम अघि सा¥यो । सोही अभिभारालाई साकार पार्न कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजग कोरियाका राष्ट्रपति कामरेड किम जोङ उनको अपूर्व नेतृत्वमा हाम्रो देश आफ्नै भरमा अघि बढ्दै छ । आफ्नो दूरदर्शी विवेक, इस्पाती आस्था तथा प्रज्ज्वल नेतृत्वमार्फत उहाँले प्रजग कोरियाको गरिमा र राष्ट्रिय बललाई उच्चस्तरमा उकास्नुभएको छ, शक्तिशाली देशको नयाँ युग आरम्भ गर्नुभएको छ ।
जुछे विचारले सिञ्चित समाजवादी देशको अभिभावकत्वमा बसेर हाम्रा जनताले सार्वभौमिकताको अभ्यास तथा राज्य र समाजको व्यवस्थापनमा सक्रिय भूमिका खेलेका छन् ।
स्वास्थ्य सङ्कट र प्राकृतिक प्रकोपको आकस्मिक प्रहारबाट हाम्रो राज्यले जनताको प्रतिरक्षा गरेको छ । देशको धनसम्पत्ति प्रयोग गरेर जनतालाई राम्रो जीवन उपलब्ध गराएको छ । सर्वसाधारण जनतालाई सित्तैमा वितरण गर्न प्रशस्त राज्यकोष खर्चेर आधुनिक घरहरू निर्माण गरेको छ ।
जनताको सुखद जीवनलाई बढावा दिनु नै आफ्ना सम्पूर्ण गतिविधिको प्रमुख लक्ष्य मान्ने राज्यमा मात्र यसप्रकारको कार्य सम्भव छ ।
आत्मनिर्भरता र आत्मसम्मानको उच्च झन्डामुनि रहेर अदम्य सङ्घर्ष गरिरहँदा हाम्रो राज्य आत्मरक्षा क्षमतालाई उच्च तहमा उकास्न प्रयत्नशील छ । कुनै पनि शक्तिले हाम्रो शक्तिशाली सैन्य बललाई पछार्ने दुस्साहस नगरोस् भनेर हाम्रो देश प्रयत्न गर्दै छ । यसबाट मात्र पछिको युगको समृद्धि सुनिश्चित हुन सक्ने हाम्रो विश्वास छ ।
आज जुछेमा आधारित समाजवादी देशले वास्तवमै जनताको देशको रूपमा आफ्नो प्रकृति तथा मौलिकतालाई उज्ज्वल पारेको छ । सम्मानित महासचिव किम जोङ उनको अब्बल विचार तथा विवेकपूर्ण नेतृत्व धन्यवादको हकदार छ ।
यस सुखद अवसरमा म नेपाल मजदुर किसान पार्टीको नेतृत्व, सम्पूर्ण पार्टी सदस्यहरू, भक्तपुर एवम् नेपालका मैत्रीपूर्ण जनतासामु आत्मीय धन्यवाद टक्र्याउन चाहन्छु । राष्ट्रको सार्वभौमिकता सुरक्षित गर्ने, कोरिया प्रायःद्वीप तथा यस भेगको शान्ति एवम् सुरक्षा सुनिश्चित गर्ने, साथसाथै समाजवादी पूर्वाधारको व्यापक विकास गर्ने कार्यमा अघि बढ्न प्रजग कोरियाका जनताप्रति देखाउनुभएको समर्थन र ऐक्यबद्धताका लागि आभार व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
(२०८० भदौ १८ गते भक्तपुरमा आयोजित एक विशेष कार्यक्रममा नेपालका लागि प्रजग कोरियाका महामहिम राजदूतको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *