नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
भक्तपुर, २० भदौ । संस्थागत विद्यालय सङ्घ (इसान) भक्तपुरको आयोजनामा सामाजिक विषयको प्रश्न निर्माण र उत्तर लेखन विषयमा शिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भयो ।
सामाजिक अध्ययन, शिक्षण विधि तथा मूल्याङ्कनमा आधारित शिक्षण प्रशिक्षण कार्यशालाका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हरेक विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय इतिहास र भूगोलबारे जानकारी दिनु आवश्यक रहेको बताउनुभयो ।
इतिहास र भूगोलजस्ता महत्वपूर्ण विषयमा अध्ययन गर्ने विद्यार्थीहरू न्यून भएको कारण भविष्यमा ती विषयहरूमा जनशक्ति अभाव नहोस् भनी भक्तपुर नगरपालिकाले ती विषय लिएर पढ्ने नगरवासी विद्यार्थीहरूलाई विद्यावारिधिसम्मको सम्पूर्ण शिक्षामा छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
सामाजिक पढाउने शिक्षकहरू देशको समसामयिक राजनीतिबारे जानकार हुनुपर्नेमा जोड दिँदै प्रमुख अतिथि प्रजापतिले भन्नुभयो, “सरकारको गलत नीतिका कारण अहिले उच्च शिक्षा हासिल गर्न वार्षिक एक लाखभन्दा बढी विद्यार्थी विदेसिँदै छन्, श्रम स्वीकृति लिएर ८ लाख युवाहरू विदेशी भूमिमा पसिना बगाउन जाँदै छन्† हरेक विद्यार्थीलाई आत्मनिर्भरताको शिक्षा दिनुपर्छ र स्वदेशकै निम्ति आफ्नो ज्ञान र सीप प्रयोग गर्न उत्साहित गर्नुपर्छ ।”
राजनैतिक दलको अर्थ अराजक भिड नभई सिद्धान्त र विचारमा आबद्ध अनुशासित समूह हुने बताउँदै प्रमुख प्रजापतिले अहिले केन्द्र र सरकार सञ्चालकहरू कुनै विचार र सिद्धान्तबाट निर्देशित नभई भिडबाट निर्देशित भएको देखिन्छ भन्नुभयो ।
देशको नेतृत्व गर्ने राजनैतिक दल र नेता राम्रो भएमा जनताले शिक्षा, स्वास्थ्य, उपचारलगायत रोजगारीको सुनिश्चितता पाउने र देश विकास हुन्छ भन्ने कुरा चीन र क्युवाजस्ता समाजवादी देशहरूले देखाइरहेको प्रस्ट पार्नुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सामाजिक शिक्षाको महत्वबारे प्रकाश पार्दै कार्यशालाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
तालिममा तालिम संयोजक कृष्णबहादुर प्रजापतिले पनि बोल्नुभएको थियो । तालिम दीपक मटठ्ठाले दिनुभएको थियो ।
कार्यशालामा इसानअन्तर्गतका विद्यालयहरूको तर्फबाट सामाजिक शिक्षा अध्यापन गर्ने शिक्षक–शिक्षिकाहरूको उपस्थिति थियो ।
Leave a Reply