इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
प्रजग कोरिया ७५ औँ स्थापना दिवसको अवसरमा विश्वभरिका ज्यालादारी श्रम गर्ने सम्पूर्ण श्रमजीवी जनतामा हार्दिक शुभकामना व्यक्त गर्छु । माक्र्सवाद, लेनिनवाद र जुछे विचारलाई मार्गदर्शक सिद्धान्त मानेर साम्राज्यवादसामु शिर उँचो बनाई उभिएको प्रजग कोरिया कामदार जनताको भूस्वर्ग हो । खेतखलिहान, भीरपाखा र खानीमा, उद्योग–कलकारखाना र गाडीहरूमा, विद्यालय र अस्पतालमा रगत र पसिना बगाउने, तर परिश्रम गरे अनुसार ज्याला नपाई रोग, भोक र अभावमा जिन्दगी गुजार्न विवश हामी भुइँमान्छेहरूको, श्रमजीवी जनताको आदर्श हो प्रजग कोरिया ।
सन् १९१० मा जापानले कोरियालाई उपनिवेश बनायो । कोरियालीहरूको इतिहास ५ हजार वर्ष पुरानो र आफ्नो इतिहास ३०–३५ सय वर्ष पुरानो पाएर जापानीहरूले कोरियामाथि बर्बर फासीवादी दमन गरे । गाउँटोलका नाम, मान्छेका नाम जापानी भाषामा राख्न लगाए । यस्तो गर्न आनाकानी गर्ने गाउँले वा कोरियालीलाई उनीहरूले आततायी यातना दिएर मारे । पवित्रस्थलहरूको मानमर्दन गरे । जातिवाद जुनसुकै शासकहरूको निसानी हो । नश्ल एउटै भए पनि जापानले कोरियामाथि धेरै अत्याचार ग¥यो । हिटलरको अत्याचार पनि यसका सामु फिक्का लाग्छ । अमेरिकामा होस् वा युरोपमा, आर्य होस् वा मङ्गोल, जातिवादको चरम रूप फासीवाद हो । कोरियाको इतिहासले यही भन्छ ।
जापानले कब्जा गर्दा कोरियामा राजतन्त्र थियो । यी वंशको शासन थियो । समाज सामन्ती थियो । कोरिया किसानहरूको देश थियो । सन् १८६० को दशकमा एक अमेरिकी युद्धपोत कोरियामा घुस्न खोज्दा कोरियाली किसानहरूले अमेरिकी साम्राज्यवादीहरूलाई आगो लगाएर खेदेका थिए । यसरी खेद्ने एकजना किसान सर्वहारा वर्गका महान् गुरु कामरेड किम इल सङका पुर्खा हुनुहुन्थ्यो । किमका हजुरबुबा किसानी गर्नुहुन्थ्यो र एक जमिन्दारको चिहान कुरुवा हुनुहुन्थ्यो । संसारभरि नै धेरैजसो किसान देशभक्त हुन्छन् ।
कामरेड किम इल सङका बुबा स्वतन्त्रता सङ्ग्रामी हुनुहुन्थ्यो । बुबाबाट उहाँले क्रान्तिको पाठ सिक्नुभयो । १३ वर्षको उमेरमा उहाँले जापानी साम्राज्यवादलाई कोरियाबाट नखेदेसम्म घर नफर्किने सङ्कल्प गर्नुभयो । एक गरिब किसानको परिवारमा पनि देशभक्त नेता हुर्किन सक्छ, यस्तो परिवारबाट आएको व्यक्तिले पनि कामदार जनताको एकजुट प्रयासबाट संसारलाई आत्मनिर्भरता र स्वाभिमानको पाठ सिकाउन सक्छ । प्रजग कोरिया यसको भरपर्दो प्रमाण हो ।
दोस्रो विश्वयुद्धमा जापान पराजित भयो । सन् १९४५ अगस्ट १५ मा कोरिया स्वतन्त्र भयो । यसपछिका दुई वर्षमा कोरियाले आर्थिक विकासको जग हाल्यो । उसले क्रान्तिकारी भूमिसुधार ग¥यो । २० दिनमा क्रान्तिकारी भूमिसुधार लागु भयो । जापानबाट मुक्त भएको १ वर्षमा उद्योगधन्दा राष्ट्रियकरण ग¥यो । जापानले कोरियाबाट भाग्ने बेला झन्डै पचास उद्योग, विद्युतगृहलगायत भौतिक पूर्वाधार नष्ट गरेको थियो । यसको ठाउँमा कोरियाले सुरुमा कलम र कृषि औजारका उद्योग स्थापना ग¥यो । प्रचुर कृषि उत्पादन र देशसुहाउँदो शिक्षाले मात्र देशलाई आर्थिक प्रगतिको बाटोमा अघि बढाउन सक्छ भन्ने सन्देश थियो । आज हाम्रो देशमा यी दुवैको अभाव छ ।
संसारका कमजोर र साना देशहरू स्वाबलम्बी भएको साम्राज्यवादीहरूलाई कहिल्यै पचेको छैन । दोस्रो विश्वयुद्धमा जापानलाई कोरियाबाट हटाउन त्यहाँको क्रान्तिकारी सेनालाई सहयोग गर्ने गुप्त सहमति भएको थियो, सोभियत सङ्घ र संरा अमेरिकाबिच । सोभियत लालसेनाले किम इल सङको सेनालाई जापानीहरूलाई कोरियाबाट खेद्न सघायो । तर अमेरिकाले सिन्को भाँचेन । बरु जापान फर्केपछि उसको ठाउँ लिन कोरियाको दक्षिण भागमा घुस्यो । यो सम्झौताविपरीत कुरा थियो । सम्झौता जापानलाई खेद्नुपर्ने थियो । जापान फर्केपछि सन् १९४८ मा सोभियत सेना पनि फर्कियो ।
संरा अमेरिकामा त्यसबेला रुढीवादी नेता ह्यारी ट्रयुमेनको सरकार थियो । उनले संसारभरका कम्युनिस्ट शासनविरुद्ध विश्वभरि शीतयुद्धको घोषणा गरे । एउटा देशमा कम्युनिस्ट शासन आए छिमेकमा पनि आगो सल्कन सक्छ भन्ने डोमिनो सिद्धान्तका आधारमा संरा अमेरिकाले राष्ट्रिय मुक्ति आन्दोलनबाट आएका सरकारलाई पनि तारो बनायो । कोरियाली देशभक्तहरूले किम इल सङको नेतृत्वमा १४ वर्ष लामो कठिन छापामार युद्ध लडेका थिए । सन् १९४८ मा एक निर्वाचनमार्फत् कोरियाली जनप्रतिनिधिहरूको सर्वोच्च जनसभा गठन भयो । ५७२ सदस्य रहेको त्यो जनसभामा दक्षिणका ३६० र उत्तरका २१२ प्रतिनिधि थिए । १९४८ सेप्टेम्बर ९ का दिन किम इल सङले प्रजग कोरियाको स्थापना भएको घोषणा गर्नुभयो । नवगठित सरकार समग्र कोरियाको सरकार थियो ।
यसको जवाफमा दक्षिणमा संयुक्त राष्ट्रसङ्घले एउटा फर्जी चुनाव गरायो । वैध सरकार हुँदैहुँदै कुनै अर्को देशमा यस्तो चुनाव गराउनु हाँस्यास्पद थियो । कम्युनिस्टहरूले मात्र नभई कोरियाका अन्य राजनीतिक दलहरूले पनि त्यसको विरोध गरे । प्रहरी दमन, राजनीतिक हत्या र जनताबिच आतङ्कको माहोल बनाएर संरा अमेरिकाले सिङ्गमन रीलाई दक्षिणको दक्षिणको राष्ट्रपति बनायो । ४० वर्ष अमेरिकामा बिताएको मान्छेलाई ल्याएर राष्ट्रपति बनाइयो । राष्ट्रपति बन्दा उनी ८० वर्षका थिए ।
समुद्रलाई छोड्ने हो भने कोरियाली भूगोल नेपालको जस्तै छ । उत्तरमा पहाड छन् । त्यहाँ विभिन्न खनिज पदार्थ पाइन्छन् । दक्षिणमा समथर जमिन छ । त्यहाँ खेतीपाती हुन्छ । जापानी साम्राज्यवादले उत्तरमा उद्योगहरू स्थापना गरेको थियो । दक्षिणका खेतलाई उत्तरका नदीहरूबाट सिँचाइ गरिन्थ्यो । दक्षिणले खाना दिन्थ्यो, उत्तरले मालसामान दिन्थ्यो । भूगोलले जोडिएको कोरियाली जनजीवन भाँड्न संरा अमेरिकाले १९५० जून २५ मा कोरियामाथि हमला ग¥यो । उत्तरको सेनाले दक्षिणमा हमला ग¥यो भनेर त्यसबेला साम्राज्यवादीहरूले हल्ला गरे । तर, हमला हुनुभन्दा १३ दिन अगाडि जून १२ मा अमेरिकी विदेशमन्त्री जोन फोस्टर डलेस कोरिया भ्रमणमा थिए । उनले ‘अहिले नै आक्रमण गर्नुपर्छ, नत्र पछि उत्तरको सेना शक्तिशाली भएर आउँछ’ भनेका थिए । उनको भनाइबाट कोरिया युद्ध सुरु गर्ने संरा अमेरिका नै थियो भन्ने पुष्टि हुन्छ ।
युद्धमा संरा अमेरिका हारको सङ्घारमा पुग्यो । कोरियाली सेना दक्षिणको पूरै भूभाग कब्जा गर्ने स्थितिमा पुग्यो । यो देखेर संयुक्त राष्ट्रसङ्घले कोरियामाथि हमला गर्न आह्वान ग¥यो । पश्चिमा १६ देशका सेनाले राष्ट्रसङ्घको झन्डामुनि लड्न आआफ्नो देशका सैनिक पठाए । भारतले पनि त्यहाँ सेना पठाएको थियो । सेनाको कमान कुख्यात अमेरिकी जर्नेल डगलस म्याकार्थरले गरेका थिए । यिनी तिनै जर्नेल थिए जसले आर्थिक मन्दीको चपेटामा परेर बोनस माग्ने पूर्वसैनिक अफिसरहरूलाई सेना लगाएर दबाएका थिए । भियतनाम युद्धसँग पनि यिनको नाम जोडिएको छ ।
छिमेकीलाई मर्का पर्दा अध्यक्ष माओ त्सेतुङको चीनले कोरियालाई सैन्य सहयोग ग¥यो । १६ देशसँग केवल दुई देशले लडे । चीन र कोरियालाई सोभियत सङ्घको सदभाव थियो । ३ वर्षपछि १९५३ जुलाइ २७ मा युद्धविराम सम्झौता भयो । त्यसपछि शान्ति सन्धि हुनुपर्ने थियो । त्यो सन्धि कोरिया र संयुक्त राष्ट्रसङ्घबिच हुनुपर्ने किम इल सङको विचार थियो । तर, संरा अमेरिकाले उत्तर र दक्षिण कोरियाबिच हुनुपर्ने अत्तो थाप्यो । यही विवादका कारण शान्ति सन्धि भएन ।
कोरिया युद्धमा इतिहासमै पहिलोचोटि संरा अमेरिका हार्नुप¥यो । साम्राज्यवादलाई प्रजग कोरियाले इतिहासमै नराम्रो झापड दियो । आज नेपालमा शक्तिराष्ट्रहरूलाई चिढाउन नहुने, बरु रिझाउनुपर्ने विचार बोकेका बुद्धिजीवीहरू खुलेआम आफ्ना विचार प्रचार गर्दै छन् । यस्तो बेला नेपाली जनताले प्रजग कोरियाली इतिहासको त्यो अध्यायलाई स्मरण गर्नु र त्यसबाट प्रेरणा लिनु आवश्यक छ ।
कोरियाली युद्धमा कोरियाको प्रतिवर्गकिलोमिटर १८ वटा बम खसालेको तथ्याङ्क छ । गाउँसहर मात्र होइन, विकासका धेरै भौतिक पूर्वाधार नष्ट भए । एक अमेरिकी कमान्डरले १०० वर्षमा पनि कोरियालाई पुरानो स्थिति ल्याउन सक्नेछैनौ भने । तर, आवधिक योजनाहरूमार्फत् कोरियाले भौतिक पूर्वाधार, उद्योगधन्दा, कृषि र शिक्षामा फड्को मार्दै गयो । १९७० को दशकको आरम्भमा कोरिया आत्मनिर्भर र सबल अर्थतन्त्र बनिसकेको थियो । अमेरिकीहरूले सयौँ वर्ष लगाएर गरेको विकास कोरियाले १५–१६ वर्षमा गरेर देखाइदियो । दूरदर्शी र कर्मठ राजनीतिक नेतृत्व हुन्छ र परिश्रमी–अनुशासित जनता हुन्छन् भने कुनै पनि देशलाई विकासमा फड्को मार्न धेरै दशक लाग्दैन भन्ने अर्को शिक्षा प्रजग कोरियाले हामीलाई सिकायो ।
१९९० को दशक विश्वका कामदार जनताको लागि भयानक दशक थियो । सोभियत सङ्घको विघटन भयो । पुँजीवादी तथा साम्राज्यवादी विश्वमा इतिहासको अन्त्य भयो, समाजवादको अन्त्य भएको दुष्प्रचार सुरु भयो । संसारका धेरै कम्युनिस्ट नेता तथा कार्यकर्ता सोभियत सङ्घको पतनले निरास भए । यति नै बेला सन् १९९२ अप्रिल २० का दिन कामरेड किम इल सङको अग्रसरतामा प्योङयाङ घोषणापत्र जारी भयो । यसले संसारभरका कम्युनिस्ट पार्टी, तिनका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई उत्साह र ऊर्जा दियो । एउटा सानो देशले पनि विश्वलाई बाटो देखाउन सक्छ, विवेकको ज्योति बाल्न सक्छ । प्रजग कोरियाले त्यसबेला यही भनिरहेको थियो ।
स्मरणीय छ, शीतयुद्धको बेला कामरेड किम इल सङ असंलग्न आन्दोलनका निष्कलंक र सम्मानित नेता हुनुहुन्थ्यो । उहाँले संसारका साना र कमजोर देशहरूलाई जुछे विचार दिनुभयो, आत्मनिर्भरताको पाठ सिकाउनुभयो । संसारबाटै समाजवादी शिविर ढलिरहेको बेला समाजवादी आनन्दलोकको निर्माण गर्नुभयो । नेतृत्व हस्तान्तरणजस्तो कठिन सैद्धान्तिक प्रश्नको हल गर्नुभयो । उहाँको देहान्तपछि पनि प्रजग कोरिया आफ्नो बाटोबाट विचलित भएन । कोरियाले किम जोङ इलको रूपमा जुझारु नेतृत्व पायो ।
किम जोङ इलले कोरियालाई सन्गुन राजनीति दिनुभयो । जनताको जीवनस्तर उकास्दै साम्राज्यवादसँग निरन्तर लडिरहने कार्यमा कत्ति पनि कमी आएन । आज प्रजग कोरिया किम जोङ उनको नेतृत्वमा छ । उहाँको नेतृत्वमा कोरियाले विज्ञान र प्रविधिमा धेरै फड्को मार्दै छ । जनताको जीवन सहज बनाउन ढुङ्गाको लुगा बनाउने र अन्तरिक्षमा भूउपग्रह पठाउने प्रजग कोरियाले जनताको जीउज्यानको सुरक्षाको लागि आणविक अस्त्र बनाएको छ । मानव जातिको सेवामा उसले आणविक ऊर्जाको प्रयोग गर्दै छ । संरा अमेरिकाले आणविक बम बनाएर संसारलाई त्राहीमाम मच्चायो । प्रजग कोरियाले हाइड्रोजन बम विष्फोट गर्ने पहिलो देश बन्दैनौँ भनी उद्घोष गर्यो । हामीकहाँ कम्युनिस्टहरूले बिगार्न मात्र जानेका छन्, बनाउन जान्दैनन् भन्ने चलन छ । तिनीहरूलाई प्रजग कोरिया एउटा तड्कारो जवाफ हो । कम्युनिस्टहरू पुँजीवाद र साम्राज्यवादसँग लड्न मात्र जान्दैनन् एउटा स्वाभिमानी र आत्मनिर्भर मुलुकको निर्माण पनि गर्न सक्छन् भनेर प्रजग कोरियाले देखाइरहेको छ ।
प्रजग कोरिया आशाको दियो हो । निराशा बेचेर व्यापार गर्ने पुँजीवादी र साम्राज्यवादी देशहरूले प्रजग कोरियाको दुष्प्रचार गर्नु जायज छ । किनभने, आशाका उज्यालोसामु निराशा टिक्दैन, निराशा बिक्दैन । ७५ वर्षको कुरा होइन, आशाको ज्योति अमर हुन्छ, प्रजग कोरिया अमर छ, अमर रहनेछ । धन्यवाद ।
Leave a Reply