स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
सरकारले अनुदानको रासायनिक मल किसानलाई आवश्यक मात्रामा पु¥याउन सकिरहेको छैन । निजी व्यापारीहरूले रासायनिक मल चाहिएमा सम्पर्क गर्नुहोला भनी बोलिरहेको हामी पाउँछौँ । सहकारी डिपोहरूमा आएको रासायनिक मल क्षणभरमै सकिन्छ । नजिकको मान्छे, आफन्तले चाहिएको भन्दा बढी पाउने र पहुँचभन्दा टाढाकाले मल पाउन गा¥हो भएको कुरा भुक्तभोगी किसानहरू बताउँछन् । रासायनिक मलको यस्तो समस्या देखिनुमा व्यापारीहरूसँग सरकार मिलेको हो कि सरकारभन्दा व्यापारी बलियो भएको हो भन्ने कुरामा किसान अलमलमा छन् ।
सामाजिक सञ्जालमा कम्युनिस्ट नेतृत्व सरकारका कार्यकर्ताहरू व्यक्त गर्दै थिए, “प्रचण्डको सरकारले यो पालि किसानहरूलाई रासायनिक मल आवश्यक मात्रामा उपलब्ध गराएको छ ।” दसौँ वर्षदेखि किसानहरूले समयमै मल पाउन नसकेको समस्या झेल्दै र भोग्दै आएको कुरा आम मानिस जानकार छन् । नेपालले भारतीय बजारबाट नै रासायनिक मल, बीउबिजन आयात गर्ने हो । हाम्रो देशको प्रमुख आयस्रोत कृषि पेसामा निर्भर छ । वर्षौँदेखि झेल्दै आएको समस्या समाधान गर्न दीर्घकालीन सोच र योजनाको आवश्यकता पर्दछ । देशको आम्दानीको प्रमुख आयस्रोत कृषि क्षेत्रलाई विकास गर्न स्वदेशमै रासायनिक कृषि मल कारखाना, कृषि औजार निर्माणमा अघि बढ्नुपर्ने कुरा बुद्धिजीवीहरूले बोल्दै आइरहेका छन् । जनताको निम्ति बलिदानी दिएर आएका भनिएका ठूला राजनीतिक पार्टी र सत्तासीन पार्टीहरूले यतातर्फ ध्यान नदिनु भनेको आश्चर्यको विषय रहेको छ । भारतबाट मल आयात गरेर जनतालाई दियौ भनी घमण्ड गर्नु लाजमर्दाे कुरा हो । कालो व्यापारले किसानहरू पीडित र आक्रान्त बनेका छन् । सरकार रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध छ भन्छ । आवश्यक परेको बेलामा मल किसानले पाउँदैन । समयमै सहज र सरल ढङ्गले मल पाउनुपर्ने सम्पूर्ण किसानको अधिकार हो । स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नतर्फ लाग्न राज्य ढिला गर्नुहुँदैन । जनताको माग यही हो ।
Leave a Reply