समय साकोसको १६ औँ साधारणसभा सम्पन्न
- आश्विन २५, २०८३
भक्तपुर, २ असोज । वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को कानुन समूहको आयोजनामा मङ्गलबार आठौँ संविधान दिवसको अवसरमा ‘नेपालको संविधान २०७२’ विषयक अन्तरक्रिया गरी मनाइयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले देशको मूल कानुन संविधानबारे सबै विद्यार्थीहरूले जानकारी राख्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूले नेपालको संविधानको गहिराइमा गई अध्ययन गर्नु राम्रो पक्ष रहेको औँल्याउनुभयो ।
सहायक प्रधानाध्यापक उकेश सुवालले विद्यार्थीहरूकै सक्रियतामा यस्तो अतिरिक्त क्रियाकलापहरू भइरहनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानमा रहेका प्रावधानहरूको पूर्ण पालना गरे नेपाल विश्वकै राम्रो देशमा कहलिने बताउनुभयो । कैयौँ सहिदहरूको बलिदान र जनताको सङ्घर्षबाट आएको नेपालको संविधान २०७२ को अपव्याख्याबाट देश र जनताको लागि हानि–नोक्सानी हुने गरी नागरिकता विधेयक पारित गरेको बताउनुभयो । सिक्किम लेन्डुप डोर्जेजस्ता देशद्रोहीकै कारण भारतमा विलय भएको बताउँदै नेपाली सत्तासीन पार्टीहरूले नेपाललाई पनि त्यस्तै गर्न संविधानको अपव्याख्या गर्दै लगेकोमा सचेत हुनुपर्ने स्पष्ट पार्नुभयो ।
कानुन विषय शिक्षक राजन लाखाले संविधान दिवसको मर्मबारे जानकारी दिँदै कानुनलाई पालना गर्न गराउन कार्यक्रमको सार्थकता रहेको बताउनुभयो ।
शिक्षक तथा अधिवक्ता पुरुषोत्तम ग्वाछाले संविधान दिवसले नेपालको कानुनी विषयमा थप ज्ञान दिने बताउनुभयो । उहाँले मौलिक हक अधिकारको विषयमा स्पष्ट पार्नुभयो ।
शिक्षक तथा अधिवक्ता प्रजापति खनालले गीत प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरू निङगा लामा, दुर्गा बस्नेत, अनिता कार्की, रसिला मानन्धर, सुनिता विक, सुरज विक, रितु गाईजु, धनबहादुर तामाङ, निकिता मगर, पुष्कर मानन्धर, राधिका बेकोजु, रघुनन्दन महत्तो, रेजिना तामाङ, सचना गौतमलगायतले संविधानका विभिन्न विषय र मौलिक हकबारे बताउनुभएको थियो ।
Leave a Reply