भर्खरै :

सीमा क्षेत्रमा जनतालाई बलियो जरा गाड्न सीको आग्रह

पेइचिङ, २९ अक्टोबर । चीनका राष्ट्रपति सी जिन फिङले हिमालय नजिकको दक्षिणपश्चिमी चीनको तिब्बती स्वशासित क्षेत्रको ल्हुन्चे काउन्टीको एक पशुपालक परिवारलाई सीमा क्षेत्रमा बलियो गरी जरा गाड्न, चिनियाँ भूमिको रक्षा गर्न र आफ्नो गृहनगरको विकास गर्न उत्साहित भएर लाग्न बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैनिक आयोगका अध्यक्ष समेत रहेका सीले शनिबार तिब्बती पशुपालक परिवारले आफ्नो काउन्टीको बारेमा लेखेको पत्रको जवाफमा त्यस्तो आशयको जवाफ पठाएका थिए ।
सीले चिनियाँ भूमि रक्षाको लागि तिब्बती परिवारले खेलेको भूमिकाको कदर गर्दै सीमा क्षेत्रमा उनीहरुको वफादारिता र योगदानको लागि आभार व्यक्त गरे ।
‘देशमा शान्ति नभई करौडौं परिवारको जीवनमा पनि शान्ति हुन सक्दैन ।’, सीले लेखेका छन् ।
उनले सीमा क्षेत्रका अरु पशुपालक परिवारलाई सीमा क्षेत्रमा गाल्सान फुलजस्तै गरी जरा गाड्न उत्साहित गर्ने आशा व्यक्त गर्दै चिनियाँ भूमिको अभिभावक र सुखी शहरका निर्माता हुने विश्वास व्यक्त गरे ।
सीले उन्नाइसौं महाधिवेशनपश्चात चिनियाँ कम्युनिष्ट पार्टीले सबै आदिबासी जनताको जीवनमा स्तरोन्नति गर्न सहयोग गर्ने बताउनुभयो ।
तिब्बतको एक परिवारका दुई जना छात्राहरुले पेइचिङमा उन्नाइसौं महाधिवेशन चलिरहँदा सीमा क्षेत्रका जनताको जीवनबारे सीलाई पत्राचार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *