नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १२ कात्र्तिक । भक्तपुर नगरपालिकामा जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले एक सय दिनमा गरेका उपलब्धि जनतासमक्ष राख्न भक्तपुर नपा वडा नं ५ को आयोजनामा आइतबार एक सभा सम्पन्न भयो ।
सभामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरभित्रका निर्माण कार्य उपभोक्ता समितिहरुमार्फत हुँदा स्थानीय श्रम र स्रोत साधनको परिचालन र उपयोग हुने बताउनुभयो । उहाँले ठेकेदारीमा निर्माण कार्य गराउँदा निर्माण कार्यमा स्थानीय जनताको सहभागिता कम हुने र निर्माणप्रति जनताको माया पनि नहुने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले नयाँ पुस्ता शारीरिक र सामाजिक रुपमा अघि बढोस् भन्ने लक्ष्यका साथ खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको जानकारी प्रस्तुत गर्दै खेलकुदप्रति विद्यार्थीहरुको उत्साहजनक सहभागिताबाट भक्तपुर नगरपालिकालाई उत्साहित बनाएको बताउनुभयो ।
उहाँले टौमढीको भैरवनाथ मन्दिरको जीर्णोद्धारका लागि स्थानीय वडा नं ४ र ५ लाई आग्रह गरिसकेको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपालाई सञ्चालन स्वीकृतप्राप्त ख्वप अस्पताल सञ्चालनको लागि तयारी भइरहेको जानकारी दिंदै जनताको स्वास्थ्य सुविधाका लागि सक्दो चाँडो अस्पताल सञ्चालनमा ल्याउन तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले वडामा भइरहेका विकास निर्माण तथा अन्य गतिविधिबारे जानकारी दिनुभयो ।
शिक्षाविद् पृथुचरण वैद्य र समाजसेवी श्यामसुन्दर धौभडेलले वडामा भइरहेका गतिविधिको समीक्षा गर्दै खेलकुद तथा सम्पदा संरक्षणको लागि नपाले अझै अग्रसरता देखाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा वडा सदस्य सरिना द्योला र स्थानीय जनताको तर्फबाट नारायणप्रसाद त्वानाबासूले बोल्नुभएको थियो ।
Leave a Reply