भर्खरै :

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

हाङझाउ, ६ असोज (सिन्ह्वा) । चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गर्नुभएको छ ।
चीनको हाङझाउमा आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत शान्ति, एकता र समावेशीता प्रवद्र्धन गर्न आह्वान गर्नुभएको हो ।
राष्ट्रसित सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवद्र्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वव्यापीरूपमा मानवजातिले अकल्पनीय चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीले एसियाली जनताले ती चुनौतीहरूलाई पनि ऐतिहासिक अवसरका रूपमा लिएर एकजुट भई सामना गर्नुपर्ने बताउनुभयो । उहाँले साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
“एसियाली खेलकुदले एकअर्कालाई सांस्कृतिक रूपमासमेत समीप ल्याउँछ र एकअर्कालाई समृद्ध बनाउँछ । एसियाली संस्कृतिबाट एकअर्कालाई सिक्न, बुझ्न र एसियाली सभ्यता अनुभूत गर्न मद्दत पुग्नेछ,” खेलकुदको माध्यमबाट समावेशीता प्रवद्र्धन हुने तथा आपसी विश्वास वृद्धि हुने बताउँदै राष्ट्रपति सीले भन्नुभयो ।
यही असोज २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मङ्गोलिया, म्यान्मा, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी प्रतियोगितामा प्रजग कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्गा, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन् ।
अठचालिस देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छभने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो । धेरै अरब मुलुक उक्त प्रतियोगितामा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ ।
एसियाड पनि भनिने यो खेलकुद प्रतियोगिताको आयोजना चीनले तेस्रोपटक गरेको हो । सन् १९९० मा बेइजिङ र सन् २०१० ग्वाङझाउमा एसियाड भएको थियो । कोभिड महामारीका कारण निर्धारित मितिमा हुन नसकेको यो प्रतियोगिताको औपचारिक संस्करण एसियाड २०२२ हो ।
एकसठ्ठी खेलमा स्पर्धा हुने उक्त प्रतियोगिताअन्तर्गत ५६ स्थानमा खेल हुनेछन् भने चार सय ८१ वटा स्र्णपदकलाई लक्ष्य बनाएर ४८ देशका खेलाडी मैदानमा उत्रेका छन् । औपचारिक रूपमा शनिबार अपराह्न प्रारम्भ हुने एसियाडका क्रिकेट, फुटबल, भलिबल, बिचभलिबललगायत खेल असोज २ गतेदेखि नै भइरहेका छन् ।
अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूका लागि चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा स्वागत भोज
सेप्टेम्बर २३ मा मध्याह्न चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती पेङ लियुआनले १९ औँ एसियाली खेलकुद उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूलाई स्वागत गर्न चच्याङ प्रान्तको हाङचौमा स्वागत भोजको आयोजना गर्नुभएको छ ।
ती विशिष्ट अतिथिहरूमा कम्बोडियाका राजा नोरोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद र उहाँकी श्रीमती अस्मा, कुवेतका युवराज मिशल अहमद अल जबाएर अल–सबाह, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसियन तल्लो सदनका सभामुख जोहरी बिन अब्दुल र उहाँकी श्रीमती नोलेनी, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंह र उहाँकी श्रीमती भेनिता, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोर्डनका राजकुमार फैजल, थाइल्याण्डकी राजकुमारी सिरिवन्नावरी महिदोललगायत राजपरिवारका अन्य प्रतिनिधि रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *