भर्खरै :

सी चिनफिङद्वारा हाङचाउ १९ औँ एसियाली खेलकुद सुरु भएको घोषणा

सी चिनफिङद्वारा हाङचाउ १९ औँ एसियाली खेलकुद सुरु भएको घोषणा

हाङचौ, २४ सेप्टेम्बर (सीआरआई) । १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ मा बेलुकी चच्याङ प्रान्तीय हाङचौ सहरमा आयोजना भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस पटकको एसियाली खेलकुद सुरु भएको कुराको घोषणा गर्नुभएको छ ।
उक्त समारोहमा सहभागी विशिष्ट अतिथिहरूमा कम्बोडियाका राजा नोरोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद, कुवेतका युवराज मिशल अहमद अल जबाएर अल–सबाह, नेपालका प्रधानमन्त्री पुष्पकलम प्रचण्ड, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसियन तल्लो सदनका सभामुख जोहरी बिन अब्दुल, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंह, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोर्डनका राजकुमार फैजल, थाइल्यान्डकी राजकुमारी सिरिवन्नावरी महिदोललगायत राजपरिवारका अन्य प्रतिनिधि रहनुभएको थियो ।
एसियाडः पहिलो स्वर्ण चीनको खातामा
आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ ।
महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आइतबार भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् ।
जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभालाई करिब १० सेकेन्ड पछि पारेका थिए । ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुप¥यो भने इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् ।
महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गरेका छन् भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जितेका छन् । रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ ।
भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ । हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *