सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
ह्वाना, २५ सेप्टेम्बर (एएफपी) । वासिङ्टनस्थित क्युवाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताउनुभएको छ ।
त्यहाँका विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिनुभएको छ ।
विदेशमन्त्री रोड्रिगेजले यस पहिले ट्वीटरका नामले प्रसिद्ध सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको विज्ञप्तिमा भन्नुभएको छ, “अमेरिकास्थित क्युवाको दूतावासमा दुई वटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन् । आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन ।”
सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युवाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो । उक्त आक्रमणबाट पनि कुनै हताहत भएको थिएन ।
क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर ह्वाना फर्केको केही घण्टापछि आइतबार राति उक्त आक्रमण भएको हो ।
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा डियाज–क्यानेलको उपस्थितिको विरोधमा संयुक्त राज्य अमेरिकामा रहेका क्युवाली नागरिकले प्रदर्शन गरेको सामाजिक सञ्जालमा शेयर गरिएका पोस्ट र भिडियोले देखाएको छ ।
रोड्रिगेजले आइतबारको आक्रमणपछि भन्नुभयो, “क्युवाविरोधी समूहहरूले आफू दण्डहीनताको आनन्द उठाइरहेको महसुस गर्दा आतङ्कवादको सहारा लिन्छन्, जसबारे क्युवाले अमेरिकी अधिकारीहरूलाई बारम्बार जानकारी गराउँदै आएको छ ।”
अप्रिल २०२० मा क्युवाका विदेशमन्त्रीले ह्वानास्थित तत्कालीन अमेरिकी कार्यवाहक राजदूत मारा टेकचलाई बोलाएर आफ्नो दूतावासविरुद्ध ‘आतङ्कवादी आक्रमण’ गरेको भन्दै ‘कडा विरोध’ व्यक्त गर्नुभएको थियो ।
सन् २०२० को उक्त आक्रमणमा विष्फोटले बाहिरी भित्ता र स्तम्भहरूमा गोलीका प्वालहरू छोडेको, सडकबत्ती भाँचेको र भवनको अगाडिको सिसा र मोल्डिङका धेरै सिसाहरूमा क्षति पु¥याएको थियो ।
अमेरिकी अधिकारीहरूले उक्त आक्रमणको आरोपमा ४२ वर्षीय अलेक्जेन्डर अलाजोलाई पक्राउ गरेका थिए ।
अमेरिकी न्याय विभागका अनुसार अलाजोलाई जुलाई २०२० मा उनीमाथि ‘घातक हतियार प्रयोग गरेर विदेशी अधिकारी वा सरकारी परिसरमा हिंसात्मक आक्रमण’ लगायत विभिन्न अपराधको अभियोग लगाइएको थियो ।
Leave a Reply