कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायकमा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरियो । अनुगमनमा लेवल नभएका सामानहरू धेरै भेटाएको टोलीले जनाएको छ ।
अनुगमनमा सर्वसुलभ उपभोक्ता सहकारी मिनिमार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेवल राखी बिक्री वितरण गर्न र म्याद नाघेका सामानहरू पोटाटो चिप्स १ पाकेट र हिमालय रिफ्रेस १ वटा जफत गरी नष्ट गरियो ।
शिवम् ओम सप्लायर्समा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेवल राखी बिक्री वितरण गर्न, पसल नवीकरण गर्न, मूल्यसूची राख्न र सबै खाद्य अनुज्ञापत्रविना प्याकेजिङ भएकोले तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन टोलीले निर्देशन दियो ।
एस एन्ड एस स्टोर नवीकरण गर्न, म्याद नाघेका सामानहरू दत्तात्रय खाद्य उद्योगको सोया बडी मस्यौडा १४ पाकेट, पूर्णिमा भुजिया ७ बोरा, एस. के. खाद्य उद्योगको लोकल टाइचिन चिउरा १३ बोरा, मोहन टे«डस्को मस्त मस्त काउली चाना १ बोरा, केशव भोग बेशन १ पाकेट, डाईजेस्टिभ बिस्कुट १ पाकेट, तेल साढे चार लिटर जफत गरी दत्तात्रय खाद्य उद्योग, मोहन टे«डर्स र लोकल टाइचिन चिउरा उद्योगका प्रोपाइटरलाई उपस्थित गराउन निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
ओम ज्योति किरानामा मूल्यसूची राख्न, पसल सफा र व्यवस्थित गर्न, म्याद नाघेको प्रजापति सुन्दर खाद्य उद्योगको टाइचिन चिउरा ७ बोरा, मोहन टे«डर्सको मस्तमस्त काउली चाना १ बोरा, मस्याङ १ बोरा जफत गरी नष्ट गरियो भने पसल दर्ता प्रमाणपत्र पसलमा नभएकोले प्रमाणपत्र लिएर तीन दिनभित्र कार्यालय उपस्थित हुन निर्देशन दिइयो ।
टोलीले बद्रीनारायण मानन्धरको किराना पसल नवीकरण गर्न, मूल्यसूची व्यवस्थित गरी राख्न, गोदाम सफा र व्यवस्थित गर्न निर्देशन दियो ।
अनुगमन समितिका सदस्यहरू कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैयाँ सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा स्यानिटेसनका न.नि. दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादवप्रसाद मिश्र, महानगरीय प्रहरी परिसरका प्रहरी विकास श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायना, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापालगायतका प्रतिनिधिहरू सहभागी थिए ।
Leave a Reply