यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १६ असोज । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको मङ्गलबार बसेको ५७ औँ बैठकको अन्त्यतिर गणपुरक सङ्ख्या नपुगेको हुँदा बैठक असोज १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भयो ।
प्रमुख विपक्षी दल एमालेका नेता केपी ओलीले संसद्मा बोल्ने भएपछि आकस्मिक समयमा बोल्न नदिने भनिए पनि राप्रपाका सांसदहरू एकसाथ उठेपछि सभामुख देवराज घिमिरेले राप्रपाका सांसद धवल शमशेर राणालाई बोल्न दिनुभयो ।
असोज १४ गतेको बैठकमा प्रम पुष्पकमल दाहालले बोल्ने भएपछि आकस्मिक समयमा बोल्न नदिने शासक दलहरूबिच सहमति गरिएको थियो । तर, रास्वपाका सांसदहरू एकसाथ उठेपछि सभामुख घिमिरेले रास्वपाका नेता रवि लामिछानेलाई बोल्न समय दिनुभयो ।
राप्रपाका सांसद धवल शमशेरले नेपालगञ्जमा हिन्दू– मुस्लिमको नाममा भएको दङ्गा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एमालेका नेता केपी ओलीले १ घण्टा ५३ मिनेट बोल्नुभयो ।
सांसद ओलीले अघिल्लो सभामुखबाट पेस भएको नागरिकता विधेयकमा वर्तमान सांसद र सभामुखको समर्थनविना राष्ट्रपतिबाट भएको प्रमाणीकरणको खण्डन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुशासनको नाममा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने नेकपा
(एस) का सांसद र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादीको तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाही नगरेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले फागुन १ गतेको हिंसा दिवसलाई बिदा घोषणा गरेको र कोसी प्रदेशमा पुगेर जातीय राज्यको बीउ रोपेको उल्लेख गर्दै सांसद ओलीले प्रम दाहाल विदेश भ्रमणको नाममा १६ दिन संसद् अवरोधमा लागेको दाबी गर्नुभयो ।
सांसद ओलीले भन्नुभयो, “वर्तमान सत्ता गठबन्धन लोकतन्त्रको लागि मन्दविष साबित भयो । प्राध्यापकको ढाड भाँचेका समेतको मुद्दा फिर्ता लिइयो । गएको चुनावमा १० प्रतिशत मतदाता खाडीमा हुँदाहुँदै ९९ प्रतिशत मत खसाल्न लगाइयो । यो जनताको मत लुटिएको सरह हो ।
सरकार सुशासनको नाङ्लो ठटाएर भित्र अपराधीहरूसँग साँठगाँठ गर्दै छ ।
माओवादीका सांसद जनार्दन शर्मा र राजमोका चित्रबहादुर केसीले पूर्वप्रम ओलीलाई दुई घण्टा बोल्न दिइएकोमा आपत्ति जनाउनुभयो ।
सांसदहरू एमालेका ठाकुर गैरे, रास्वपाका हरि ढकाल, राप्रपाका धु्रवबहादुर प्रधान, जसपाका प्रदीप यादव, नेकपा
(एस) का शेरबहादुर कुँवर, जनमतका अब्दुल खाँन, लोसपाका रामप्रकाश चौधरी, नाउपाका लालवीर चौधरी, प्रभु साह, अमरेशकुमार सिंह, योगेन्द्र मुगललगायतले बोल्नुभएको थियो ।
गणपूरक सङ्ख्या पुगेन
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राख्नुभएको विद्युत् विधेयक २०८० विरोधको सूचना सभामुखले बैठकमा निर्णयार्थ पेस गर्न लाग्नु भएपछि सांसद सुवालले गणपूरक सङ्ख्या यकिन गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा गणपूरक सङ्ख्या ६९ सङ्ख्या हुनुपर्नेमा ६६ मात्र भयो र बैठक स्थगित भयो ।
Leave a Reply