भर्खरै :

बीमा रकम सोधभर्ना गर्न बीमा बोर्डका निर्देशक बसौलाको ध्यानाकर्षण

बीमा रकम सोधभर्ना गर्न बीमा बोर्डका निर्देशक बसौलाको ध्यानाकर्षण

भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य बीमा बोर्ड टेकुका कार्यकारी निर्देशक दामोदर बसौलासँग मङ्गलबार भेट गर्नुभयो ।
भेटमा उहाँहरूबिच ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबिच भएको सम्झौताअनुसार ख्वप अस्पतालबाट बीमामा आबद्ध सेवाग्राहीहरूलाई प्रदान गर्दै आएको सेवाबापतको सोधभर्ना रकम प्राप्त हुन बाँकी रकम निकासाबारेमा छलफल भयो ।
भेटको क्रममा प्रमुख प्रजापतिले स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमा रकम सोधभर्ना नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असहज परिस्थिति निम्तिएको बताउँदै बीमाबापतको रकम यथाशक्य छिटो निकासाको लागि आग्रह गर्नुभयो ।
भेटमा कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमबाट जनता लाभान्वित भइरहेकोमा बोर्डले समयमै बीमा रकम सोधभर्ना गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको र दसैं अगाडि नै जेठ महिनासम्मको भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *