भर्खरै :

भक्तपुरमा बृहत् छिकोङ व्यायाम प्रदर्शनी

भक्तपुरमा बृहत् छिकोङ व्यायाम प्रदर्शनी

भक्तपुर, २९ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार दरबार स्क्वायरमा छिकोङ व्यायाम प्रदर्शनी सम्पन्न भएको छ ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले तरकारीमा विषादीजन्य खाद्यान्न पाइएकोले बजारमा अहिले तरकारी छनोट गर्दा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
जङ्कफुड खानेकुरा खानाले रोगीहरूको सङ्ख्या वृद्धि भइरहेको चर्चा गर्दै उहाँले स्वस्थ बन्न शारीरिक व्यायाम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको घोषणाबमोजिम नगरवासीको स्वास्थ्यलाई हितमा राखी प्रत्येक वडा वडामा व्यायामशाला निर्माण गरिएको चर्चा गर्दै नपाले हरेक वर्ष खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नागरिकलाई व्यायामतर्फ आकर्षित गर्नको लागि नगरपालिकाले छिकोङ व्यायाम प्रदर्शनीको आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो भने वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले उपस्थित महानुभावहरूलाई धन्यवाद दिनुभएको थियो ।
उक्त प्रदर्शनीमा प्रत्येक वडामा रहेका छिकोङ प्रशिक्षार्थीहरू, जनप्रतिनिधिहरूलगायत अन्य जनसमुदायको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा वडा नं ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *