हेरचाह र मर्मतको अभावमा व्यायाम सामग्रीहरू बिग्रिन थाले
- कार्तिक ६, २०८३
भक्तपुर, १ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूमा भएको ज्ञान, सीप र क्षमता नगरको विकास र प्रगतिको लागि प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रमका अतिथि प्रजापतिले भक्तपुरमा अहिले धेरै विषयका ज्ञाता भएको उल्लेख गर्दै सबैले आ–आफ्नो ज्ञान र क्षमता भक्तपुर विकासमा लगाउन सके देश विकासकै लागि महत्वपूर्ण योगदान हुने बताउनुभयो ।
उहाँले भक्तपुरबारे विभिन्न क्षेत्रमा भइरहेको टीका टिप्पणी र चर्चाबारे बोल्दै भन्नुभयो, “हामी पार्टीका कार्यकर्ता हौँ । पार्टीको नीति र निर्देशनमा चल्छौँ । हामी प्रशंसा होइन रचनात्मक आलोचना चाहन्छौँ । जनताको हितमा कसैले सल्लाह, सुझाव र आलोचना गरे पनि त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौँ ।”
“शासक दलहरूले देश र जनताको हितमा नसोचेर आफ्नो व्यक्तिगत र दलगत स्वार्थलाई मात्र ध्यान दिएको कारण राजनीतिप्रति नै जनतामा वितृष्णा भयो । राजनीति नराम्रो होइन, राजनीति गर्ने नेता कार्यकर्ताहरूले नै राजनीतिलाई बदनाम गरे । राजनीति जनताको सेवा हो, जनताको सेवा गर्न कसरी नराम्रो हुनसक्छ ?” उहाँले भन्नुभयो ।
उहाँले दसैँको समयमा स्वास्थ्यलाई ध्यान दिएर नियमित व्यायाम गर्ने, सिर्जनात्मक काम र भ्रमण गर्ने तथा अनुभव आदानप्रदान गरी बिदालाई जीवनउपयोगी कार्यमा लगाउन शुभकामना दिनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विकास निर्माणको काममा वडावासीहरूबाट पाएको साथ र सहयोगको लागि धन्यवाद दिँदै वडाको विकासको लागि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
नगरवासीहरूको सहयोगले नै शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा आजको परिवर्तन आएको हो उहाँले भन्नुभयो ।
भक्तपुर नपा वडा नं. १ नपली सिर्जनानगरका राममणि पोखरेलले स्वास्थ्य, शिक्षा क्षेत्रमा देशकै उदाहरणीय नगरको रूपमा विकास भइरहेको भक्तपुरले कृषि विषयमा पनि समय समयमा किसानहरूलाई तालिम दिएर दक्ष बनाउनु अत्यन्त सराहनीय कार्य हो भन्नुभयो ।
सांस्कृतिक गुरु एवम् कलाकार देवचन्द्र बज्राचार्यले नगर क्षेत्रमा बिजुली बत्तीबारे केही समस्या भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकालाई थप उचाइमा पु¥याउन नगरवासीहरूले पनि आ—आफ्नो क्षेत्रबाट रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्ववडाध्यक्ष लक्ष्मीनारायण खत्रीले बजारमा गाडा र साइकलले सामान बेच्नेहरूलाई नियन्त्रण गर्न सके भक्तपुर थप सफा र सुन्दर हुने बताउनुभयो ।
वडाध्यक्ष खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरसभासद्हरू गंगा बमनु, कल्पना शिल्पकार र सूर्यप्रसाद श्रेष्ठलगायतले दसैँको शुभकामना दिनुभएको थियो ।
Leave a Reply