भर्खरै :

चाडपर्वमा अन्धविश्वास हटाउनुपर्ने

चाडपर्वमा अन्धविश्वास हटाउनुपर्ने

सूर्यविनायक, २ कार्तिक । नेपाल क्रान्तिकारी किसान सङ्घ, सूनपा, वडा नं ८ एकाइ समितिको आयोजनामा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । सांस्कृतिक पर्व दसैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले चाडपर्वमा अन्धविश्वासको पक्ष हटाएर सांस्कृतिक आदानप्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले गलत विचारको खण्डन गर्ने आलोचनात्मक चेतको विकास गर्नुपर्ने भन्दै नेपाली शासकहरूको नालायकीको कारण इजरायलमा नेपाली युवाले ज्यान गुमाउनुपरेको बताउनुभयो । केन्द्रीय सदस्य गोसाईले प्यालेस्टिनीले आफ्नो देश गुमाउनुपरेको भन्दै बेलायती तथा अमेरिकी साम्राज्यवादी स्वार्थको कारण युद्ध भइरहेको बताउनुभयो ।
आयोजक समितिका उपाध्यक्ष रामचन्द्र ग्वाछाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा, सूनपाका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्राकिसङ्घ, सूनपाका अध्यक्ष राजेन्द्र बखुञ्छे, नेमकिपा, सूनपा–८ का अध्यक्ष श्यामसुन्दर सुवाल, केदार कवां, राजकुमार ख्याजुलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *