भर्खरै :

सुर्खेतमा जीवनकुमार र बमबहादुर

सुर्खेत, १६ कात्र्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सुर्खेत जिल्लामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुँदै गरेको खबर छ । प्राप्त जानकारीअनुसार नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सुर्खेत क्षेत्र नं १ मा जीवनकुमार शाक्य र क्षेत्र नं २ मा बमबहादुर शाहीले प्रत्यक्ष तर्फको उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै प्रदेश सभाअन्तर्गत सुर्खेत क्षेत्र नं १ क मा लालबहादुर बुढा, क्षेत्र नं १ ख मा लक्ष्यबहादुर बुढा, क्षेत्र नं २ क मा रुमाकुमारी गुरुङ र क्षेत्र नं२ ख मा जगत लामिछानेले प्रत्यक्षतर्फबाट उम्मेदवारी दिनुभएको पार्टी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *