भर्खरै :

काठमाण्डौमा आयोगका कर्मचारीको अनावश्यक किचकिच

काठमाण्डौ,१६ कात्र्तिक । काठमाण्डौं क्षेत्र नं २ प्रदेश १ मा निर्वाचन निर्देशिका विपरीत प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारलाई एकै व्यक्तिले प्रस्तावक र समर्थक बन्न पाउने नियमलाई अटेर गरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारको दर्तामा अवरोध गरेको समाचार प्राप्त भएको छ । निर्वाचन निर्देशिकामा प्रष्ट लेखिएको कुरा समेतलाई उल्लंघन गरी निर्वाचन आयोगले खटाएका कर्मचारीले दिउँसो ३ बजेदेखि नै उम्मेदवार दर्तामा बखेडा थपेका थिए ।
सो सम्बन्धमा निर्वाचन आयोग केन्द्रीय कार्यालयका जिम्मेवार अधिकारीहरुसमेतलाई जानकारी गराइसकेको तर कर्मचारीले दर्ता गर्न मानेको थिएन । नेपाल मजदुर किसान पार्टीको तर्फबाट गएका कर्मचारीहरु निर्देशिकका धारा देखाएर प्रस्तुत भए पछि झण्डै ४ घण्टा पश्चात उम्मेदवारी दर्ता गराएको थियो ।
निर्वाचन निर्देशिकामा एकै जना व्यक्तिले एकै पदका दुई उम्मेदवारलाई मात्र समर्थन वा प्रस्ताव गर्न नपाउने प्रावधान छ । तर एकै व्यक्तिले दुई पदमा प्रस्तावक वा समर्थक बन्न सक्ने बन्दोबस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *