नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संसारका बहुसङ्ख्यक शोषितपीडित जनता साम्राज्यवादविरोधी छन् । साम्राज्यवादी देशहरू भएसम्म संसारका स्वाभिमानी जनताले निर्भिकताका साथ बाँच्न पाउने छैनन् । साम्राज्यवादी देशहरू अरु देश जुधाएर, हतियार बेचेर धनी हुन चाहन्छन्, अरु देशलाई कमजोर बनाउने, कमजोर देशमाथि धावा बोल्ने र आफ्नो हैकम जमाइराख्ने काम साम्राज्यवादी देशहरूले गरिरहेका छन् । संयुक्त राज्य अमेरिका विश्व साम्राज्यवादको नाइके हो । शक्तिशाली देशको पावर देखाएर संरा अमेरिका अन्य देशहरूमा आक्रमण गर्छ, आक्रमण गर्न हतियार सहयोग गर्छ र जनधनको क्षति गराउँछ । संरा अमेरिकाले अहिलेसम्म यसरी नै स्वाधीन र सार्वभौम सत्तामाथि खेलबाड गरिरहेको छ, यो विश्वसामु घामझैँ छर्लङ्ग छ । संरा अमेरिकाले अरु देशमा विभिन्न विकासको नाममा गर्ने सहयोगभित्र युद्ध या षड्यन्त्रको गन्ध रहेको हुन्छ ।
संसारबाट साम्राज्यवाद अन्त्य नभएसम्म संसारका स्वाधीन, देशभक्त मुलुकका राष्ट्र प्रमुख र जनता लडिरहनुपर्छ । संसारमा विभिन्न मुलुकमा आफ्नो साम्राज्य फैलाउने क्रममा नेपालमा एमसीसी सम्झौता भयो । एमसीसी सम्झौता नेपाल र नेपालीविरोधी सन्धि हो । यो नेपाल सरकारको संयुक्त राज्य अमेरिकासामु गरिएको आत्मसमर्पण हो । एमसीसी सम्झौता गर्ने दल र सम्झौताको विरोध गर्ने दलहरूको सैद्धान्तिक र वैचारिक लडाइँ वास्तवमा देशभक्त र देशद्रोहीहरूको लडाइँ हो । देशभक्त दल र जनताले देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षार्थ देशघाती एमसीसी सम्झौताको निरन्तर सङ्घर्ष गरिरहनुपर्ने हुन्छ ।
एमसीसी सम्झौताको विरोध देशभर फैलेपछि अमेरिकाले नेपाल सरकारलाई अमेरिकी र अन्य विदेशी सहयोग बन्द गर्ने धम्की दिएको थियो । अमेरिकी सरकारको सो धम्की नेपालको सार्वभौमसत्तामाथि धावा बोल्नु हो । अमेरिकी सरकारले यस्तो शक्तिको घमण्ड गरेकै कारण, अरु स–साना स्वतन्त्र देशमाथि हैकम जमाउन खोजेकै कारण विश्वका न्यायप्रेमी जनताले साम्राज्यवादी देश अमेरिकाको विरोध गरिरहेका छन्† साम्राज्यवादविरोधी स्वर विश्वको कुनाकाप्चामा पुगिरहेको हो । कुनै पनि स्वाधीन देशका राष्ट्र प्रमुख र जनता अमेरिकी प्रशासनलाई हेर्न चाहँदैनन् । अमेरिकाको कारण संसारका करोडौँ जनताको युद्धमा ज्यान गयो । थुप्रै भवनहरू ध्वस्त भए, कति राष्ट्र प्रमुखहरूको हत्या भयो । यो नरसंहारकारी अमेरिकाको कारण भएको हो । विश्वका मुलुकहरू आक्रान्त हुनुमा संरा अमेरिका नै दोषी छ ।
नेपालका पुँजीवादी दलहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका पिछलग्गू हुन् । अरु मुलुकझैँ नेपाल पनि भारत र अमेरिकाबाट आक्रान्त छ । तर, नेपालका शासकहरू चिन्तित छैनन्† भविष्यको कुरा सोच्दैनन्, दीर्घकालीन असरबारे मतलब राख्दैनन् । यही कारण देशमा धेरै असमान सन्धि सम्झौता भयो । नेपाली भूमि कालापानीबाट भारतीय सेना फर्काउन सकिएन । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरामा नेपालको कुनै भूमिका निर्वाह गर्न सकिएन । यो भारत सरकारको अगाडि नेपालका शासकहरूले बोल्न नसक्दा भएको परिणाम हो । नेपालले नेपालको भूमि पनि भन्न सकेन या भन्न डराइरहे । बरु, भारतका राजनीतिक विश्लेषक र पत्रकारहरूले नेपालको पक्षमा बोले । तर, नेपाल सरकारले बोल्न सकेन । के यो भारतयि विस्तारवादसामु गरेको आत्मसमर्पण होइन ? यसरी नै नेपालका शासकहरू साम्राज्यवादी अमेरिकी सरकारसामु पनि झुके । फलतः देश उपनिवेश बन्दै गयो ।
Leave a Reply