भर्खरै :

गाजा सङ्कटले संरा अमेरिकाको एक ध्रुवीयतालाई सङ्कटतिर धकेलेको छ

गाजा सङ्कटले संरा अमेरिकाको एक ध्रुवीयतालाई सङ्कटतिर धकेलेको छ

मध्यपूर्व मामिलाका लागि चीनका विशेषदूत झाइ जुन इजरायल र हमासबिचको युद्धविरामलाई जोड दिन यस क्षेत्रको भ्रमणमा छन् । प्यालेस्टिनी प्रश्नमा शान्तिका लागि कायरो शिखर सम्मेलनमा गतहप्ता आफ्नो टिप्पणीमा झाईले ‘प्यालेस्टिनी जनतालाई उनीहरूको कानुनी राष्ट्रिय अधिकार पुनःस्थापना गर्न’ समर्थन गर्न आह्वान गरे । यो धेरै देशहरूले सार्वजनिक गरेको साझा धारणा हो ।
पचहत्तर वर्ष पुरानो प्यालेस्टाइन–इजरायल द्वन्द्वको समाधान नहुँदा अचानक फेरि एकपटक चर्किएको छ । गाजामा कब्जामा रहेका २३ लाख प्यालेस्टिनीहरू अकथ्य कठिनाइ र वेदनाबाट ग्रस्त छन् र जसको कुनै अन्त्य देखिएको छैन । गाजापट्टीलाई विश्वकै सबैभन्दा ठूलो ‘खुला जेल’ मानिन्छ ।
इजरायलमा हमासको शक्तिशाली घुसपैठले इजरायलको नृशंस प्रतिक्रियालाई उत्प्रेरित ग¥यो, अत्यधिक जनघनत्व भएको गाजाविरुद्ध व्यापक र अन्धाधुन्ध बमबारीको माध्यमद्वारा व्यापक मात्रामा नरसंहार भइरहेको छ । इजरायलले नाकाबन्दीमा परेका क्षेत्रमा पानी, खाना, बिजुली र इन्धनको आपूर्ति पनि बन्द गरेको छ । गाजाले २००६, २००८, २०१२, २०१४ र २०२१ मा यस्तै प्रकारको इजरायली प्रतिशोध भोगेको थियो, जसबाट अधिकांश बालबालिकासहित हजारौं निर्दोष नागरिकहरूको मृत्यु भएको थियो ।
बहुध्रुवीयताका समर्थकहरूले संरा अमेरिका र यसका पश्चिमी सहयोगीहरूले समर्थन गरेको एक ध्रुवीयताको विरोध गरिरहेकाबेला गाजामा द्वन्द्व र हिंसाको घटना बाहिर आएको छ । युक्रेनमा जारी युद्धले यी दुई दर्शनहरूबिचको यो प्रतिस्पर्धालाई गहन बनाएको छ । यो द्वन्द्वले पश्चिम र बाँकी विश्वबिचको खाडल पनि फराकिलो बनाएको छ । गाजा सङ्कटले संरा अमेरिकाको एकध्रुवीयतालाई सङकटतिर ढकेलेको छ । तर, चीनले शान्तिको लागि द्वन्द्वको मूलकारण समाधानलाई जोड दिएको छ । संरा अमेरिका र केही युरोपेली देशका अधिकारीहरूले द्वन्द्वलाई सान्दर्भिक र ऐतिहासिक आवश्यकताका रूपमा देखाउँदै इजरायललाई थप हतियार पठाउने घोषणा गरेका छन् र थप हतियार पठाइरहेका छन् । त्यस क्षेत्रको समस्यमा समाधानको निम्ति टेवा दिनुको सट्टा इरानविरुद्ध युद्ध गर्न खोजिरहेका छन् । मूल मुद्दा इजरायलको लागि बलियो पश्चिमी समर्थन होइन, जुन गोप्य पनि छैन, बरु पश्चिमी नेताहरूले लिएको एकतर्फी अडान हो ।
चिनियाँ विशेषदूत झाइको घोषणाको विपरीत, ‘अमेरिका प्यालेस्टिनीहरूको मर्यादा र आत्मनिर्णयको अधिकारप्रति प्रतिबद्ध छ…’ इजरायललाई थप हतियार पठाउने उनको निर्णयले गर्दा बाइडेनको भनाइमा विश्वसनीयताको कमी रहेको पुष्टि गर्छ । चीनको तटस्थ स्थितिको विपरीत द्वन्द्वमा अमेरिकी र युरोपेली अधिकारीहरूको एकतर्फीपनले गाजामा भएको आक्रमणलाई अन्त्य गर्न अमेरिका र ईयूले नचाहेको सङ्केत गर्छ ।
संरा अमेरिकाको विपरित, चीन र बाँकी विश्वले युद्धविराम र प्यालेस्टिन–इजरायल द्वन्द्वको निश्चित समाधानको लागि आह्वान गर्दै आएको छ । संरा अमेरिका र ईयूको मनोवृत्तिले उनीहरूले कूटनीति र द्वन्द्वको शान्तिपूर्ण समाधानमा नभई सैन्य शक्तिमा आधारित प्रभुत्ववादी महत्वाकाङ्क्षाहरू पछ्याउँदैछन् भन्ने यथार्थ छर्लङ्ग पार्छ ।
पेइचिङले स्थायी द्वन्द्वको विकल्पका रूपमा शान्ति र विकासलाई जोड दिएको छ । मार्चमा, चीनले आफ्नो व्यापक रणनीतिक साझेदारी भएका दुई राष्ट्र इरान र साउदी अरेबियाबिचको सामान्यीकरणलाई सफलतापूर्वक मध्यस्थता ग¥यो । २०२३ को अक्टोबर ७ अघि, यसले इजरायली र प्यालेस्टिनीहरूबिच मध्यस्थता गर्न प्रस्ताव गरेको थियो । यो एक कठिन कार्य जस्तो देखिने भए तापनि कूटनीतिलाई द्वन्द्व समाधानको माध्यमको रूपमा राख्ने योग्यता थियो ।
मध्यस्थताका लागि निष्पक्षता र वस्तुनिष्ठता चाहिन्छ । पेइचिङले निरन्तर र स्पष्टरूपमा निहत्था नागरिकमाथि आक्रमणको विरोध गर्दै युद्धविरामको लागि आह्वान गरेको छ । चीनले दुई–राज्य समाधानलाई समर्थन गर्दछ र संयुक्त राष्ट्र प्रस्तावहरूको कार्यान्वयनमा जोड दिन्छ । यद्यपि, यो विकल्प यहुदी बस्ती विस्तार गर्ने इजरायली नीतिको दृष्टिले अवास्तविक लाग्नसक्छ । चीनको मनोवृत्ति मध्यस्थताको एउटा पूर्वशर्तः निष्पक्षतासँग मेल खान्छ । आफ्नो बिनाशर्त इजरायल समर्थक स्थितिको कारण संरा अमेरिका र ईयू द्वन्द्वमा निष्पक्ष मध्यस्थ हुन सक्दैनन् । यो गाजामा मानवीय सहायताको पहुँचलाई अनुमति दिन युद्धविरामको लागि संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावहरूलाई संरा अमेरिकाले भिटो प्रयोग गरी असफल बनाइदिएको छ ।
यसले मध्यपूर्व र उत्तर अफ्रिकाका साथै ग्लोबल साउथमा यी भिटोहरूको व्याख्या कसको हितमा छ भनेमा कुनै द्विविधा छैन । संरा अमेरिकाले अब्राह्म सम्झौतामार्फत अरब राज्यहरू र इजरायलबिच सामान्यीकरणको लागि जोड दिएको छ । तर, यो नीति सफल हुने सम्भावना कम छ किनभने यसले प्यालेस्टिनीहरूको अधिकारलाई बेवास्ता गर्दछ ।
प्यालेस्टिनी र इजरायलीहरूबिचको वास्तविक शान्तिवार्ता पुनः सुरु गर्न र दुई–राज्य समाधान लागू गर्न चीनको नीति सही छ । प्यालेस्टाइन–इजरायल युद्धको स्रोत प्यालेस्टाइनको स्वतन्त्र राज्यको सपना साकार पार्ने लामो ढिलाइ र प्यालेस्टिनी जनताले भोगेको ऐतिहासिक अन्यायलाई सम्बोधन गर्न नसक्नु हो भनी परराष्ट्रमन्त्री वाङ यीले हालै औंँल्याउनुभएको छ ।
(लेखक कतारस्थित मिडल–इस्ट काउन्सिल अन ग्लोबल अफेयर्सका गैरआवासीय वरिष्ठ फेलो हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *