भर्खरै :

कोरियाली समाचारपत्र प्योङयाङ टाइम्सको टिप्पणी

कोरियाली समाचारपत्र प्योङयाङ टाइम्सको टिप्पणी

मध्यपूर्वको अवस्थाका लागि संरा अमेरिका जिम्मेवार
मध्यपूर्वमा प्यालेस्टाइन र इजरायलबीच द्वन्द्व चलिरहेको छ । इजरायलको सैन्य आक्रमणले धेरै प्यालेस्टाइनीहरूलाई मारेको छ र गाजापट्टीमा घरहरू, अस्पतालहरू र चिकित्सा सेवा सुविधाहरू ध्वस्त पारेको छ ।
इजरायलका प्रधानमन्त्री नेतन्याहुले गाजापट्टीमा ठूलो मात्रामा जमिन युद्धमार्फत हमासलाई ‘पूर्णरूपमा नष्ट’ गर्ने बताएका छन् । इजरायलले हमासको अन्तिम मानिसलाई ‘मेटाउने’ छ, उनले भने, र “हमासको विनाश इजरायलको अधिकार होइन तर कर्तव्य हो” भनी जोड दिए । उनको भनाइलाई संरा अमेरिकाले सक्रिय रूपमा समर्थन गरेको छ ।
मध्यपूर्वमा यो घटना घटेदेखि नै संरा अमेरिका र पश्चिमा देशहरूले इजरायलको “आत्मरक्षाको अधिकार“ को कुरा गर्दै इजरायललाई हमासमाथि सैन्य आक्रमण गर्न उक्साइरहेका छन् । विशेषगरी, संरा अमेरिकाले गाजापट्टीमा तत्काल र बिनाशर्त मानवीय युद्धविरामको लागि अपील गर्ने संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को निर्णयलाई स्वीकार गर्न बाधा पु¥याउँदै मध्यपूर्वको अवस्थालाई उग्र बनाउँदैछ । यसले विवादित पानीमा विमानवाहक युद्धपोतहरू पठायो र यसका राज्य र रक्षा सचिवहरू र राष्ट्रपतिले अभेद्य सुरक्षा सहायतालाई जोड दिन लगातार इजरायलको भ्रमण गरे ।
अमेरिकाको भित्री उद्देश्य के हो ?
जब इजरायल ७५ वर्ष पहिले मध्यपूर्वमा देखा प¥यो, एक विदेशी समाचार एजेन्सीले रिपोर्ट ग¥योः इजरायल राज्यको स्थापना भएको १० मिनेटपछि संरा अमेरिकाले इजरायल राज्यलाई मान्यता दिएको घोषणा ग¥यो । मध्यपूर्व रणनीतिक रूपमा धेरै महत्वपूर्ण छ किनकि यो ठूलो तेल क्षेत्र हो जसले विश्वको तेल भण्डारको तीनचौथाई राख्छ । दोस्रो विश्वयुद्धपछि, संरा अमेरिकाले यस क्षेत्रमा बेलायतको कमजोर प्रभुत्वको फाइदा उठाउँदै यस क्षेत्रलाई कब्जा गर्ने प्रयास ग¥यो, जुन उसले लामो समयदेखि लालच गरेको थियो ।
सन् १९४७ को नोभेम्बरमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्यालेस्टाइनलाई टुक्र्याउने र सन् १९४८ को मे महिनामा घोषणा गरेको इजरायल राज्यको घोषणा र यस क्षेत्रबाट बेलायती सेना फिर्ता गर्ने सम्बन्धमा भएको निर्णय संरा अमेरिकाको चालका परिणाम मात्र हुन् ।
हालको घटना यस क्षेत्रमा प्रभुत्व जमाउनको लागि इजरायललाई अग्रपंक्तिमा राख्न चाहेकोले यस क्षेत्रमा प्रभुत्व कायम गर्ने अमेरिकी रणनीतिको विस्तार हो । यसबाहेक, अमेरिकाले समस्याग्रस्त पानीमा माछा मारेर आर्थिक स्वार्थ प्राप्त गर्ने लक्ष्य राखेको छ । ऐतिहासिक रूपमा, मध्यपूर्वमा विवादको बीउ रोप्ने संरा अमेरिकाले इजरायलको क्षेत्रीय विस्तार र प्यालेस्टिनीहरूको अव्यावहारिक दमनमा संलग्न भएको छ र ठूलो नाफा कमाउन इजरायललाई ठूलो सङ्ख्यामा हतियार बेचेको छ । अब इजरायलसँग भएका हतियारहरू प्रायः अमेरिकाले बनाएका हुन् र हतियारहरूले निर्दोष प्यालेस्टिनीहरूलाई मारिरहेका छन् ।
निष्कर्ष स्पष्ट छ ।
संरा अमेरिकाले इजरायललाई उक्साएर मध्यपूर्वमा आफ्नो वर्चस्व कायम गर्न खोजिरहेको बेला मध्यपूर्वमा प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व अन्त्य हुन नसकेको र गाजापट्टी अहिले फेरि रगतको सागरमा परिणत भएको छ । मध्यपूर्वको गम्भीर अवस्थाका लागि संरा अमेरिकालाई पूर्णरूपमा जवाफदेही बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *