भर्खरै :

निर्वाचन एक वर्ग संघर्ष

 
निर्वाचन शोषक र कामदारबीचको वर्गको संघर्ष हो । निर्वाचनमा संपूर्ण कामदार वर्गले शोषक वर्गको पार्टीलाई पराजित गर्नुपर्दछ । नेपालमा शाषक वर्गको पार्टी आजसम्म सरकारमा गएका पार्टीहरु हुन् । सरकारमा गएका पार्टीहरुले राजनीतिमा गुण्डा, तस्कर, कालोबजारी र अपराधीहरुलाई हुल्याएका छन् । वास्तवमा राजनीति देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने क्षेत्र हो । नेपाल मजदुर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र जनताको इमान्दारीपूर्वक सेवा गर्ने राजनीतिलाई अगाडि बढाउदै आएको छ । यसकारण निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका संपूर्ण उम्मेदवारहरुलाई मादल चिन्हमा छपा लगाई विजयी गराउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *