भर्खरै :

भक्तपुर क्षेत्र नं २ मा एकै दलका दुई उम्मेदवार

काठमाण्डौ, १७ कात्र्तिक ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि जारी भएको प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७४ विपरीत भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ को १ सुर्यबिनायक प्रदेशमा एकै दलका दुई उम्मेदवार दर्ता भएका छन् ।
बिहीबार सो क्षेत्रको कटुञ्जेस्थित निर्वाचन कार्यालयमा एक दलका दुई जना उम्मेदवार दर्ता गरिएको हो ।
निर्वाचन निर्देशिका २०७४ को परिच्छेद ५ को दफा २१(२) मा दलले आफ्नो तर्फबाट प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरह समिति वा प्रदेश समितिको पदाधिकारी तोक्नुपर्ने उल्लेख छ । सोअनुसार एक दलले एकजनामा मात्र मनोनयनपत्र दिनुपर्नेमा भक्तपुर क्षेत्र नं २ मा एकै दलका दुई जना उम्मेदवार राखिनु निर्देशिकाविपरीत भएको पर्यवेक्षकहरुले बताएका छन् ।
निर्वाचनका लागि परिचालित कर्मचारीहरुले गरेका निर्देशिका विपरीतका गतिविधिले उनीहरुको निष्पक्षतामाथि प्रश्न उठेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *