भर्खरै :

प्यालेस्टाइनको मुक्ति पश्चिम एसियामा अमेरिकी सैन्य अखडाहरू बन्द गरेर मात्र सुरु हुन्छ

प्यालेस्टाइनको मुक्ति पश्चिम एसियामा अमेरिकी सैन्य अखडाहरू बन्द गरेर मात्र सुरु हुन्छ

प्यालेस्टाइनी प्रतिरोधले अक्टोबर ७ को बिहान सुरु गरेको ‘अल–अक्सा स्वर्ड अपरेसन’ प्यालेस्टाइनको ७५ वर्षभन्दा बढीको अवैध कब्जाको इतिहासमा कोसेढुङ्गा बनेको छ । अचानकको सैन्य कारबाहीले पश्चिम एसिया क्षेत्रमा पश्चिमी वर्चस्वको साम्राज्यवादी परियोजना हो, जातिवादी रङ्गभेदी इजरायली अस्तित्वको स्थायित्वको आशालाई नष्ट ग¥यो ।
वाशिङ्टन र लन्डनका सरकारहरूले कब्जा गरेको प्यालेस्टाइनको किनारमा दर्जनौँ युद्धपोतहरू पठाउने तुरुन्तै निर्णयले उनीहरू इजरायली अस्तित्वका संरक्षकहरू हुन् भन्ने तथ्यलाई रेखाङ्कित ग¥यो । जो बाइडेन र ऋषि सुनकले यहुदी जातिवादी रङ्गभेदी शासनलाई समर्थन मात्र गरेनन् तर यसको प्रचारलाई बढाए ।
तेल अवीवमा अवैध शासनसँग सामान्यीकरण गर्न खोजिरहेका मुस्लिम राष्ट्रहरूका लागि प्यालेस्टाइनका जनतामाथिको वर्तमान इजरायली आक्रमणले अमेरिकी साम्राज्यवाद, अहङ्कार र आतङ्कवाद इस्लाम र मुस्लिमहरूको सबैभन्दा ठूलो शत्रु हो भन्ने कुरामा कुनै शङ्का नगरेको प्रमाणित भएको छ ।
प्यालेस्टाइनमा इजरायली कब्जालाई अमेरिकी शासनले सैन्य र आर्थिकरूपमा समर्थन गर्दछ । अमेरिकी सैन्य अखडाहरू राख्न दिने मुस्लिम देशहरूले इस्लाम र प्यालेस्टिनीहरूको लक्ष्यलाई धोका दिएका छन् । यो इजरायली सैन्य अखडाहरू राख्न दिनु जस्तै हो । घेराबन्दीमा परेका गाजापट्टीका असहाय प्यालेस्टाइनी बालबालिकामाथि इजरायली शासनले बम वर्षा गरिरहेको छ भने उनीहरूलाई अमेरिकी सरकारले सित्तैमा दिएको थियो ।
देश बाहिर सबैभन्दा ठूलो अमेरिकी हवाई अड्डा कतारमा छ र सबैभन्दा ठूलो अमेरिकी जलसेना आधार बहराइनमा छ ।
यी अमेरिकी अखडाहरूले मुस्लिम जनसङ्ख्याको रक्षा गर्दैनन् । तर, मानव इतिहासमा पश्चिमी आधिपत्यवादी बर्बरहरूको सबैभन्दा ठूलो परियोजना, जातिवादी रङ्गभेदी इजरायली शासनको रक्षा गर्नका लागि हो ।
अमेरिकी सैन्य अखडाहरू राख्न दिने यी मुस्लिम राष्ट्रहरूले प्यालेस्टाइनको स्वतन्त्रताको लागि समर्थन दाबी गर्न सक्दैनन् । गाजापट्टीमा प्यालेस्टिाइनीहरूको चालु नरसंहारमा तिनीहरू अप्रत्यक्षरूपमा संलग्न छन् । यी दुई विरोधाभासहरू हुन् जुन कहिल्यै सह–अस्तित्वमा हुन सक्दैनन् या त तपाईँ प्यालेस्टाइनको पूर्ण स्वतन्त्रतालाई समर्थन गर्न सक्नुहुन्छ वा प्यालेस्टाइनको स्वतन्त्रताको विरोध गर्न अमेरिकी सैन्य आधारहरू राख्न दिन सक्नुहुन्छ ।
गाजाको अस्पतालमा ५०० प्यालेस्टिनी नागरिकको ज्यान लिने बम अमेरिकी निर्मित बम थियो । त्यो बम ढुवानी गर्ने जेट संयुक्त राज्य अमेरिकामा निर्मित थियो । मानव जातिविरुद्धको जघन्य अपराधको समन्वय गर्ने स्याटेलाइट पनि अमेरिकामा बनेको थियो ।
सबै मुस्लिमहरूले यसलाई सधैँ सम्झनुपर्छ । यदि तपाईँ मुस्लिम हुनुहुन्छ भने अमेरिकी शासन तपाईँको शत्रु हो । साङ्ख्यिकीयरूपमा अमेरिकी शासन इतिहासमा मुस्लिमहरूको सबैभन्दा ठूलो हत्यारा हो ।
तिनीहरूले विगतका चंगेज खानको सेनाले भन्दा धेरै मुस्लिमहरूको हत्या गरे । ९÷११ आक्रमणपछि, अमेरिकी शासनले ६० लाखभन्दा बढी मुस्लिमको हत्या गरेको छ र ३५ लाखभन्दा बढी विस्थापित भएको छ । योभन्दा नराम्रो शत्रु कुन होला ? यो अमेरिकी शासन थियो जसले पश्चिमी आधिपत्यवादी बर्बरहरूले इराक, सिरिया, अफगानिस्तान र लिबियाजस्ता मुस्लिम देशहरूलाई ध्वस्त पारेको थियो । ४० वर्षभन्दा बढी समयदेखि, इस्लामिक गणतन्त्र इरानले अन्यायपूर्ण अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ । पश्चिमी प्रतिबन्धहरू इरानीहरूलाई भोकै मार्ने उद्देश्यले लगाइएका थिए, जुन नरसंहारको अर्को रूप हो ।
निष्कर्षमा प्यालेस्टाइनलाई ७५ वर्षभन्दा बढीको अवैध इजरायली कब्जाबाट मुक्त गर्ने सङ्घर्षलाई अगाडि बढाउने हो भने अमेरिकी सैन्य अखडाहरू बन्द गरेर कतार, बहराइन, जोर्डन, टर्की, युएई, साउदी अरेबिया, नाइजर, इराक र सिरियाबाट अमेरिकी सेनाको निष्काशनबाट सुरु गर्नुपर्छ । तिनीहरू त्यहाँ जातिवादी रङ्गभेदी इजरायली अस्तित्वको रक्षा गरी बसेका छन् । इमाम खोमेनीले अमेरिकी शासनलाई ‘महान शैतान’ भन्नु सही थियो । किन एक मुस्लिमले सबैभन्दा ठूलो शैतानलाई आफ्नो घरमा ल्याउनु र राख्नु सही होइन ?
प्यालेस्टिनी प्रतिरोधका लागि नाकाबन्दीका कारण हतियार प्राप्त गर्नु प्रमुख चुनौती हो । यदि हमास र अन्य बहादुर प्यालेस्टाइन प्रतिरोधी समूहहरूसँग गाजा अस्पतालमा बम विष्फोट गर्न इजरायली शासनले प्रयोग गरेजस्तै एकपटकमा ५०० मानिसहरूलाई मार्ने बमहरू हुन्थे भने, इजरायली शासन हुने थिएन, भए पनि यति उग्र हुने थिएन । त्यो गैरकानुनी कब्जा धेरै अघि नै अन्त्य भइसकेको हुन्थ्यो । दुर्भाग्यवश, बहुसङ्ख्यक मुस्लिम–अरब सरकारहरूले प्यालेस्टाइनलाई धोका दिए ।
कल्पना गर्नुहोस् यदि यी देशहरूले प्यालेस्टाइनलाई समर्थन गर्ने इरान र यसका सहयोगीहरूले जे गरिरहेका छन् त्यसको आधा काम गरेको भए आज रङ्गभेदी इजरायली शासन रहने थिएन । यसको विपरीत, सम्पूर्ण पश्चिमी शासनहरू इजरायली शासनको समर्थनमा छ । तिनीहरूसँग भएका कुनै पनि हतियारहरू, जातिवादी इजरायली बर्बरहरूसँग हुनुपर्छ । उनीहरूले इजरायली शासनलाई हरेक वर्ष १० अर्ब डलरभन्दा बढी सहयोग पठाउँछन् ।
अमेरिकी सैन्य अखडाहरू रहेका देशहरूमा मुस्लिम जनता उठ्नुपर्छ र यी सबै अमेरिकी सैन्य आधारहरू बन्द गर्न जोड दिनुपर्छ किनभने तिनीहरू त्यहाँ इजरायली अस्तित्वको रक्षा गर्न बसेका छन् ।
(हारुन एल्बिनावी एक नाइजेरियाली राजनीतिक र सार्वजनिक मामिला विश्लेषक हुन् ।)

– ‘प्रेस टिभी’ बाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *