भर्खरै :

इजरायली आक्रमणको विरोधमा संसारका विभिन्न देशमा प्रदर्शन तथा सभा

इजरायली आक्रमणको विरोधमा संसारका विभिन्न देशमा प्रदर्शन तथा सभा

साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका र बेलायतको सहयोग र समर्थनमा इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको नरसंहारको विरोधमा विश्वभरका न्यायप्रेमी जनताले विरोध प्रदर्शन तथा सभा गरिरहेका छन् । ‘प्यालेस्टाइन स्वतन्त्र देश हो !’, ‘इजरायली आक्रमण बन्द गर !’, ‘युद्धविराम घोषणा गर !’ जस्ता नाराका साथ गरिएको जुलुस प्रदर्शन तथा सभामा हजारौँ हजार प्रदर्शनकारीहरू सहभागी थिए । प्यालेस्टाइनी जनताको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ती सभा तथा प्रदर्शनीहरू भएका थिए । विश्वका स्वतन्त्रता तथा न्यायप्रेमी जनताको सो गगनभेदी नारा र आवाजलाई इजरायल, संयुक्त राज्य अमेरिका र बेलायतले सुनुवाइ गरिरहेका छैनन् । विश्वका जनताको आवाज नसुन्ने इजरायल, अमेरिका र बेलायत नरसंहारकारी, आक्रमणकारी र आतङ्कारी देश रहेको थाहा हुन्छ । यस्ता आक्रमणकारी र आतङ््कारी देशहरू कहिले पनि प्रजातन्त्रवादी, शान्तिकामी र स्वतन्त्रताप्रेमी हुनसक्दैनन् ।
नरसंहारविरुद्ध हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका शान्तिपूर्ण जुलुसहरू जोर्डनको अमन, क्यानाडाको भ्यानकुमर, अस्ट्रेलियाको सिड्नी, संयुक्त राज्य अमेरिकाको सिकागो, वासिङ्टन, यूकेको म्यानचेस्टर, लण्डन, टर्कीको इस्टानबुल, दक्षिण कोरियाको सिउलमा भएको थियो । त्यस्तै, प्रदर्शन इजिप्टको क्यारियो, मारेक्कोको राबट, टर्कीको इस्टानबुल, बेल्जियमको ब्रुसेल्स, जर्मनीको बर्लिनमा पनि भएको थियो । त्यस्तै स्पेन, स्वीट्जरल्यान्ड, नर्वे, स्कटल्यान्ड, पोल्यान्ड, चिल्ली, फ्रान्स, भारत, नेडरल्यान्ड, फिलिपिन्स, मलेसियामा पनि ठूलठूला जुलुस प्रदर्शन तथा सभाहरू भएका थिए । इजिप्ट, पाकिस्तान, ग्रीस, नाइजेरिया, टर्की, ट्युनिसिया, मेक्सिको, लेबनानमा पनि ठूलठूला प्रदर्शन तथा सभा गरेर इजरायली सरकारको नरसंहारको विरोध गर्दै प्यालेस्टाइनी जनताको सङ्घर्षमा ऐक्यबद्धता जनाएका थिए ।
संयुक्त राष्ट्र सङ्घले युद्धविरामको निम्ति इजरायललाई आग्रह गरेको थियो । युद्धविराम प्रस्तावको पक्षमा १२४ देशले समर्थन गरेका थिए । यसरी नै विश्वका दर्जनौँ देशको सरकार र जनताले युद्धविराम गर्न, प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको दर्जा दिन दबाब दिइरहेका छन् । विश्वका स्वाधीन, सार्वभौम देश र न्यायप्रेमी जनताको त्यो आवाजलाई अमेरिका, बेलायत र इजरायलले सुनुवाइ नगर्नु प्रजातन्त्रविरोधी कदम हो । प्यालेस्टाइनी जनताको आलो रगत पिउने, सहर–बस्ती ध्वस्त बनाउने इजरायल सरकारको क्रूरतापूर्ण कार्यको जति निन्दा गरे पनि पुग्दैन । जनताको आलो रगत पिउने नरपशुको दर्जा पाएको इजरायली सरकार अमेरिकापछि दोस्रो आतङ्कवादी देश बनेको छ, नरसंहारकारी देश बनेको छ । विश्वका देश र जनता मिलेर इजरायल, अमेरिका र बेलायतको घोर भत्र्सना गर्नुपर्छ, विश्वका जनसमुदाय मिलेर ती देशहरूलाई एक्लो पार्नुपर्छ । विश्वका जनताको एकताको स्वर र सङ्घर्षलाई सम्मान गर्नुपर्छ । विश्वका न्यायप्रेमी जनताको यो आवाजलाई इजरायल, अमेरिका र बेलायतले आत्मसात गरेर प्यालेस्टाइनलाई स्वतन्त्र घोषणा गर्नुपर्छ र इजरायली सेना हट्नुपर्छ ।
विश्वका जनताले प्यालेस्टाइनी जनताको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै प्रदर्शन र सभा गरिरहे पनि नेपालका ठूला, कम्युनिस्ट र प्रजातन्त्रवादी भनिने दल र दलको सरकारले प्यालेस्टाइनी जनताको समर्थनमा जुलुस तथा प्रदर्शन गरेका छैनन् । ठूला दल भन्ने तर स्वाधीनता र सार्वभौमसत्ता रक्षाको निम्ति गरिएको प्यालेस्टाइनी जनताको आन्दोलनमा ऐक्यबद्धता नजनाउने दल र दलका नेताहरू कसरी स्वाधीनताप्रेमी र सार्वभौमप्रेमी हुन्छन् ? यहाँका सत्तासीन कम्युनिस्टहरू इजरायली आक्रमणबाट प्यालेस्टाइनी जनताको रगत बग्दा पनि, सहर ध्वस्त हुँदा पनि कसरी टुलुटुलु हेरेर बस्न सकेका हुन् ? सत्ताको निम्ति झगडा गर्ने, भागबन्डाको निम्ति ज्यानतोड गर्न पल्केका ती दल र दलका नेताहरू कति निर्दयी हुँदा रहेछन् भन्ने यसले थाहा हुन्छ । उनीहरूमा न त न्यायपे्रमी जनताप्रति सहानुभूति छ न अन्तर्राष्ट्रवादी भावना नै छ । सत्ता पाएपछि अरु सबै बिर्सने या मतलब नराख्ने वर्तमान सरकारलाई प्रजातन्त्रवादी पनि भन्न सुहाउँदैन । यो सरकार किंकर्तव्यविमूढ साबित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *