भर्खरै :

विश्व आतङ्कवादका नाइके अमेरिकी साम्राज्यवाद

विश्व आतङ्कवादका नाइके अमेरिकी साम्राज्यवाद

हिजो आज विश्व सञ्चारमाध्यममा प्यालेस्टिनी जनतामाथि भइरहेको इजरायली बर्बर र फासीवादी आक्रमणबारे निन्दा गरिएका समाचारहरू, विभत्स दृश्यहरू सामाजिक सञ्जालमा आइरहेका छन् । फासीवादी इजरायलले विश्व आतङ्कवादका नाइके अमेरिकी साम्राज्यवादको साथ, सहयोग र उक्साइमा एकातिर प्यालेस्टिनी जनतालाई विद्युत्, खाद्यान्न, पानी, औषधि आदि मानवीय कुरामा नाकाबन्दी लगाएको छ भने अर्काेतिर स्थल, हवाई आक्रमण गरेर क्रूर, फासीवादको नाङ्गो रूप देखाएको छ । इजरायलको बर्बर आक्रमणबाट १० हजार निहत्था प्यालेस्टिनी जनताको अकालमा मृत्यु भइसकेका छन् भने २०–२५ हजार घाइते भएका छन् । इजरायलको प्यालेस्टिनी जनतामाथिको निर्मम र विभत्स दमनको विरोधमा प्यालेस्टिनी जनताको साथ र समर्थनमा विश्वभरका जनताले विरोध ¥याली र सभा गरिरहेका छन् । यो विरोध ¥याली, सभा र खबरदारीको लहर क्रमशः विश्वमा फैलिरहेको छ । बोलिभियाले इजरायलसँग सम्बन्ध नै विच्छेद गरेर आÇनो राजदूतलाई इजरायलबाट फिर्ता बोलाइसकेको छ भने इजरायली राजदूतलाई पनि विरोधस्वरूप देश निकाला गरेको छ । कोलम्बिया, चिल्ली र टर्कीले पनि आÇना राजदूतलाई इजरायलबाट फिर्ता बोलाइसकेका छन् । विश्वका स्वाधीन, स्वतन्त्र र न्यायप्रेमी देश अनि जनताले प्यालेस्टाइनमाथिको फासीवादी आक्रमणलाई रोक्न संयुक्त राष्ट्र सङ्घले इजरायलमाथि कारबाही गर्न आवश्यक छ । प्यालेस्टिनी जनताले इजरायली बर्बरता रोक्न, इजरायलबाट बलजÇती लुटिएको भूमि फिर्ता लिन र अतिक्रमणकारी र फासीवादी इजरायलीहरूलाई त्यहाँबाट लखेट्न साथ र सहयोगको लागि विश्वका जनतासँग आह्वान गरिरहेका छन् ।
जोर्डनले तत्काल प्यालेस्टाइनमा युद्ध विराम गरी मानवीय सहयोग पठाउने सम्बन्धी राखेको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घका १२० देशले समर्थन गरी पारित गरे भने विपक्षमा संरा अमेरिका र इजरायललगायतका १४ वटा देशमात्र भए । तर, महासभामा नैतिक हार भएपछि जो बाइडेनले सुरक्षा परिषद्मा विशेषाधिकार (भिटो) प्रयोग गरेर उक्त प्रस्ताव असफल पारेर अन्तर्राष्ट्रिय मानवताविरोधी अपराध गरे । यसरी अमेरिकी साम्राज्यवादले प्यालेस्टाइनमाथि फासीवादी आक्रमण गर्ने, आतङ्क मच्चाउन हतियार र पैसा सहयोग दिएर उक्साइरहेको छ ।
असोज ५ गते संयुक्त राष्ट्र सङ्घको महासभामा इजरायलको प्रधानमन्त्री बेन्जामिन न्यतन्याहुले प्यालेस्टिनी भूमि नै मेटेर इजरायलको नक्सा देखाएका थिए । यो दादागिरीको विरोधमा असोज २० गते प्यालेस्टिनीहरूको सैनिक सङ्गठन हमासले इजरायलमा प्रत्याक्रमण ग¥यो । यो प्रत्याक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको पनि दुःखद मृत्यु भयो । ७०–८० वर्षदेखि आÇनो इजरायलबाट बलजÇती लुटिएको भूमि फिर्ता लिन देशभक्त प्यालेस्टिनी जनताले इजरायलीसँग निरन्तर लडिरहेको ठाउँमा, लडाइँ भइरहेको ठाउँमा ती विद्यार्थीहरूलाई त्यहाँ पठाउन स्वीकृति दिने प्रम, मन्त्री, उच्च अधिकारी र म्यानपावर कम्पनी यसका जिम्मेवार र दोषी हुन् ।
इजरायली प्रम न्यतन्याहुले महासभामा प्यालेस्टिनी भूमि मेटेर इजरायलको नक्सा देखाएपछि हमासले असोज २० गते आÇनो लुटिएको देश पाउनको लागि गरेको प्रत्याक्रमणलाई इजरायल र उसका मालिक अमेरिका बेलायतलगायतका साम्राज्यवादी र उसका केही पिछलग्गू देशहरूले आतङ्कवादी हमला भनी निन्दा गर्दा यहाँका एनजीओ, आइएनजीओले पालेका पत्रकार, मानव अधिकारवादी सङ्घसंस्था र अभियन्ताहरूले पनि सुगारटाइ गरे । आज प्यालेस्टिनी जनतामाथि त्यतिका क्रूर दमन गर्दा, फासीवादी हमला गर्दा उनीहरू कहाँ हराए ? उनीहरू पुच्छर लुकाएर कुन दुलोमा लुके ? त्यसको विरोधमा उनीहरूले चुइँक्क बोलेका छैनन् । आजसम्म कसैले विरोध जुलुस तथा सभा गरेका छैनन् । तर, नेपाल मजदुर किसान पार्टीले आफू अन्तर्राष्ट्रिय पार्टीको भएको नाताले विरोध जनाएर कर्तव्य निभायो । उसले अमेरिका र इजरायली नेपालस्थित दूतावासमा इजरायली बर्बर र फासीवादी आक्रमणको विरोधमा विरोधपत्र दिनुको साथै काठमाडौँको रत्नपार्कबाट विशाल विरोध जुलुस गरी पुनः त्यही ठाउँमा विरोध सभा ग¥यो । इजरायल र यहुदीहरूलाई प्यालेस्टिनी जनताको नरसंहार तत्काल रोक्न उनीहरूको भूमि ससम्मान फिर्ता र अमेरिकी साम्राज्यवादलाई हतियार सहयोग दिएर विश्वमा आतङ्क नमच्चाउन नेमकिपाले जोड दियो ।
अमेरिकी साम्राज्यवादसँग रतिभर नझुक्ने, नडराउने न्यायप्रेमी, स्वतन्त्रताप्रेमी, प्रजातन्त्रवादी सरकार हो भने इजरायली राजदूतलाई सिंहदरबारमा बोलाएर चेतावनी दिन, अमेरिकी राजदूतलाई बोलाएर प्यालेस्टिनी जनताको सम्मान गर्न, बर्बर इजरायली आक्रमण रोक्न, साथ र समर्थन दिएर नउक्साउन, हतियार सहयोग नगर्न विरोध जुलुस तथा सभा काठमाडौँलगायत देशभरि गर्नुपर्ने थियो । तर, आजसम्म त्यसको कुनै प्रतिक्रिया, कारबाहीको सङ्केत देखिएको छैन । कार्तिक ३ गते कान्तिपुर दैनिकमा इजरायली राजदूत खनान गोडेरले लेखमार्फत नेपाल इजरायलको पक्षमा उभिने कि नउभिने ? तिमी इजरायलको पक्षमा हो कि विपक्षमा भनेर धम्क्याउँदा पनि त्यसको कुनै तरिकाले यहाँका शासक दलहरूले प्रतिवाद गरेनन्† चुइँक्क बोलेनन् । सरकारले इजरायली राजदूतलाई तुरुन्त सिंहदरबार बोलाएर स्पष्टीकरण लिनुपथ्र्याे । नेपालले कसको पक्ष लिने वा नलिने भन्ने कुरा नेपालको आÇनो आन्तरिक मामिलाको कुरा हो । विदेशीले आÇनै देशको राजधानीमा बसेर धम्क्याएको शासकहरूले टुलुटुलु हेरिरहे ।
अमेरिकी साम्राज्यवाद विश्व आतङ्कवादका नाइके हो भन्ने कुरा विश्वका पीडित जनतालाई थाहा भइसकेका छ । यसको विरोध र खबरदारी विश्वभरबाट भइरहेको छ । उसले हतियार र पैसा सहयोग गरेर एकआपसमा भिडाएर विश्वका जनताको नरसंहार गरिरहेको छ । हाम्रो अगाडि रुस र युक्रेनको द्वन्द्वको उदाहरण छ । युक्रेनलाई उक्साएर रुससँग भिडाएको, इजरायललाई उक्साएर प्यालेस्टिनी जनताको नरसंहार गराएर साम्राज्यवादीहरूले आतङ्क मच्चाइरहेका छन् । हिजो उसले चीन, कोरिया, भियतनाम, कम्बोडिया, लाओस, फिलिपिन्स, इन्डोनेसिया, कङ्गो, युगोस्लाभिया, चिली, क्युवा, बोलिभिया आदि देशका करोडौँ देशभक्त नेता र जनताले नरसंहारको निन्दा गरे । अमेरिकाले विश्वमा आफूले भने जस्तो नबस्ने, आदेश पालन नगर्ने अनि आÇनै खुट्टामा उभेर शान्ति र विकास गरिरहेका देशलाई अमानवीय नाकाबन्दी लगाउँदै आएको छ । कार्तिक १६ गते संयुक्त राष्ट्र सङ्घमा क्युवाविरुद्धको अमेरिकी नाकाबन्दी हताउने प्रस्तावको पक्षमा १८७ देशहरूले मत दिए भने संरा अमेरिका र इजरायलले मात्रै विपक्षमा मत दिएका थिए । सो अन्यायपूर्ण नाकाबन्दी हटाउने प्रस्ताव संयुक्त राष्ट्र सङ्घबाट ३१ औँ पटक पारित भएको हो । तर, अमेरिकाले नाकाबन्दी हटाउन मानेको छैन । उसले एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायत मध्य पूर्वी देशहरूमा आफू संलग्न भएर वा नभएर ५०–६० देशहरूमा उच्च सैनिक अधिकृतहरूलाई हातमा लिएर, प्रभाव र दबाबमा पारेर सैनिक विद्रोह (कू) गराएर, एक आपसमा भिडाएर करोडौँ जनताको नरसंहार गरे, आतङ्क मच्चाए । त्यस्तै, जापानमा एटम बम खसालेर लाखौँ जापानी जनताको हत्या गरेको इतिहास विश्वको अगाडि छ ।
अमेरिकी साम्राज्यवादले विश्वको आÇनो एकछत्र साम्राज्यमा बाधक बनेका नेता, देश र जनतालाई सिध्याउन पैसा, हतियार, तालिम दिई आतङ्कवादी जत्था तयार गरेर हतियारको रूपमा प्रयोग गरेको थियो । ओसामाविन लादेन अमेरिकाको आज्ञापालन गरुञ्जेल बफादार थिए । उसले भनेजस्तो नबस्ने देश, जनता र नेतालाई हमला गरी आतङ्क मचाउञ्जेल उनी इमानदार थिए । तर, जब लादेनले उसको कुरा सुनेन, आÇनो देशको टावरमाथि अकल्पनीय प्लेन ठोकाएर ध्वस्त पारे तब त्यही बफादार लादेन उसको लागि आतङ्कवादी भए । अमेरिकी साम्राज्यवादलगायत पश्चिमी साम्राज्यवादी देशहरूले इरान र इराकलाई ८–१० वर्ष भिडाए† खाडी देशहरूलाई भिडाएर नरसंहार गरे । अरब देशहरूले आफूहरूलाई एक आपसमा भिडाएर त्यहाँको तेल भण्डार लुटिरहेको उनीहरूले चाल पाए । इरानसँग भिडाएका सद्दाम हुसेनले जब अमेरिकाको आदेश पालना गरेनन्, तब उनी आतङ्कवादी भए । त्यही निहुँमा आणविक हतियार भएको निहुँ निकालेर उनको हत्या गरियो । त्यस्तै, लिवियाका देशभक्त नेता, राष्ट्रपति गद्दाफी जसले उसैको देशमा राष्ट्रसङ्घको महासभामा राष्ट्रसङ्घको कार्यालय अन्यत्र सार्नुपर्ने हाँक दिए त्यसलाई पनि त्यसरी नै हत्या गरियो ।
विगतमा अमेरिकी साम्राज्यवादलगायतका पश्चिमी साम्राज्यवादी, उपनिवेशवादीहरूले विभिन्न सहयोग र विकासको नाममा हतियार, पैसा, तालिम दिएर अरब देशहरूलाई एक आपसमा भिडाएर त्यहाँबाट तेल लुटिरहेको जगजाहेर छ । विश्वको तीनचौथाइ तेलको भण्डार रहेको अरब देशहरू साउदी अरब, कुवेत, इराक, इरान, संयुक्त अरब, इमिरेट, यमेन, सिरिया, ओभान, कतार, बहराइन आदि देशहरूलाई पानी बाराबार गराइरहेका थिए । आज ती अरब देशहरूले आफूलाई छिमेकी मित्र देश र जनतालाई भिडाएर देश र जनताको विकासलाई तहसनहस पार्दै तेल लुटेर लगिरहेको चाल पाए । चीनले आपसी सहयोग, शान्ति, मित्रता तथा विकासको लागि क्षेत्रीय सुरक्षा र विकासको लागि पानी बाराबार गरिरहेका इराक–इरान, इरान–साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स आदिलाई मित्रता र सहयोगको न्यानो र कसिलो हात जोडिएको दृश्य समाचार सञ्जालमा बरोबर आएकै हो । तर, उक्त कदम अमेरिकी साम्राज्यवादको लागि भने टाउकोमै बज्र प्रहार भएको रूपमा लिइन्छ । उसले उनीहरूलाई भिडाउन पनि पाएन, तेल लुट्न पनि पाएन । उसले मध्यपूर्व, अरब, एसियामा उपद्रव मच्चाइरहेको छ । अमेरिकाले इजरायललाई जोगाउन हातहतियार र पैसा सहयोग गरेर प्यालेस्टिनी जनतामाथि बर्बर आक्रमण गर्न उक्साइरहेको छ । अब त्यसलाई पनि हिजो पानी बाराबार गराइरहेका अरब देशहरू र विश्वका साम्राज्यवाद, उपनिवेशविरोधी देश अनि जनता मिलेर विरोध जुलुस तथा सभा गरेर विश्व आतङ्कवादका नाइके अमेरिकी साम्राज्यवादको दादागिरी वा आतङ्कको अन्त्य गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *