चीनमा नेपाली वैज्ञानिकको ख्याति
- पुष २८, २०८१
भाषा, संस्कृति र साहित्य मानव सभ्यताको विकासको सिलसिला हो । नेपालमा १२५ जाति र १२६ भन्दा बढी भाषाभाषी रहेको बताइन्छ । सरकारहरूले सबै जातिको भाषा, संस्कृति र साहित्यको समान संरक्षण नगरेको हुँदा हायु, कुशबाडिया, कुसुन्डा, खुनाहा (बोडो), राउटे, राजी, लेप्चा, सुरेल, सोनाहालगायत कतिपय जाति र भाषा लोप हुँदै छन् ।
राणा र पञ्चायतको निरङ्कुश शासनको विरोध गरेका नेका, एमाले र माओवादीलगायत शासक पार्टीहरू एकल र संयुक्तरूपमा पटक–पटक सरकारमा पुग्छन् । तर, राणा र पञ्चायत सरकारकै पदचिह्नमा हिँड्छन् । सरकारहरू भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको पिछलग्गू भए । यसको उदाहरण अमेरिकी सरकारको दबाबमा गरिएका एमसीसी सम्झौता र एसपीपी साझेदारी हुन् भने युक्रेनमा अमेरिकी युद्धको समर्थनमा रुसविरुद्ध संयुक्त राष्ट्र सङ्घमा मतदान हो । नेपालको बिजुली भारत हुँदै सिङ्गगापुरसम्म लैजाने, चीनविरुद्ध भारतलाई युद्ध गराउने, भारतलाई हतियार बेच्ने र एसियामा तेस्रो विश्वयुद्ध गराउने अमेरिकी साम्राज्यवादको जाल नै एमसीसी सम्झौता र एसपीपी साझेदारी हो । एसपीपी साझेदारीअनुसार अमेरिकी सेनाले नेपालको सैनिक ब्यारेक कब्जा गर्नेछ ।
अमेरिकी साम्राज्यवादले युक्रेनलाई हतियार बिक्री गरी रुसविरुद्ध लडाइरहेको छ भने फासीवादी इजरायललाई युक्रेनमा भन्दा दोब्बर हतियार बिक्री गरी प्यालेस्टिनी जनताको हत्या र भूमि कब्जा गर्दै छ ।
अमेरिकी सरकारले थाइवानलाई मुख्य भूमि चीनविरुद्ध लडाउन पठाउँदै छ । अमेरिकी साम्राज्यवादले २४० वर्षयता संसारका ५०० भन्दा बढी ठाउँमा सैनिक हस्तक्षेप ग¥यो । अमेरिकी साम्राज्यवादको इतिहास मानव जातिको रगतले लटपटिएको छ । अहिले एक एक दिनको घटनाले तेस्रो विश्वयुद्धको सङ्केत गर्दै छ । लासको थुप्रो अग्लिँदै छ । अमेरिकी साम्राज्यवादले थोपेको युद्धको संसारका जनताबाट विरोध भइरहेको छ ।
नेपाल संवत् ११४४ नयाँ वर्षसँगै महँगी, भ्रष्टाचार, पक्षपात तथा देश र जनताको देहायबमोजिमका समस्या समाधानको लागि सरकारसमक्ष प्रस्तुत गर्दछौँ –
१) देशघाती एमसीसी सम्झौता खारेज गर ! कालाबजारी, तस्कर र भ्रष्टाचारीहरूलाई कारबाही गर !
२) घरघरमा स्वच्छ खानेपानीको व्यवस्था गर ! शिक्षा र स्वास्थ्य निःशुल्क गर ! टोल टोलमा ज्येष्ठ नागरिक आदर निकेतन तथा शिशु स्याहार केन्द्र र बालोद्यानको व्यवस्था गर !
३) पुख्र्यौली वा स्ववासी घरजग्गा बिक्री गर्दा, संयुक्त दर्तावालाबिच एकापसमा दर्ताफारी गर्दा, जग्गाधनी र मोहीबिच बाँडफाँट भएको मोहीको जग्गा बिक्री गर्दा, मोहियानी हक छोडपत्र गर्दा, अदालतको फैसला वा मिलापत्रबमोजिम दाखिला खारेज गर्दा मालपोत कार्यालयमा लिइने लाभकर खारेज गर !
४) भूमिसम्बन्धी ऐन २०२१ को आठौँ संशोधनअनुसार मोहियानी हक नामसारीमा जग्गाधनीको सहमति नचाहिने भएकोले सोहीबमोजिम काम नगरेका मालपोत कार्यालयका कर्मचारीहरूलाई कारबाही गर !
५. मालपोत ऐन २०३४ अनुसार व्यक्तिको नाममा दर्ता गरिएका सरकारी र सार्वजनिक पोखरी, वन, पर्ती जग्गा र अन्य सम्पदाहरू पुनः सरकारी र सार्वजनिक गर !
६) कृषि, भूमि, वन, पर्यावरणसमेत विनाश हुने गरी जथाभावी डोजर चलाउने र निजी प्लटिङ गर्ने कार्य अविलम्ब बन्द गर र स्मार्ट सिटीको नाउँमा ठूला सहर निर्माण बन्द गरी नगरपालिकाकै आयोजनामा आवश्यकतानुसार साना आवास योजना सञ्चालन गर !
७) भूकम्प पीडितहरूलाई दिइने अनुदान र सहुलियत ब्याजको ऋणलाई निरन्तरता देऊ । हालै गएको भूकम्पबाट पीडित जाजरकोट र रुकुम पश्चिमलगायत ९ जिल्लाका जनतालाई राहत र पुनःस्थापनाको व्यवस्था गर !
८) खाना पकाउन नेपालमै उत्पादित बिजुली सस्तोमा उपलब्ध गराऊ र एलपीजी ग्याँस आयातसँगै बढिरहेको व्यापारघाटा अविलम्ब घटाऊ !
९) बस्ती बस्तीमा फोहर ढल, उपचार पोखरी र फोहोरमैलाको व्यवस्था गर !
१०) लम्पीस्किन भाइरसको कारण गाईवस्तु मरेका किसानहरूलाई पुग्दो क्षतिपूर्ति, निब्र्याजी ऋण र बीमा रकम उपलब्ध गराऊ !
११) खेतीपातीको लागि रासायनिक मल सस्तो मूल्यमा उपलब्ध गराऊ !
१२) प्यालेस्टिनमा अमेरिकी साम्राज्यवादको सहयोगमा भइरहेको इजरायली फासीवादी बर्बरता र जातीय नरसंहार अन्त्य गर !
१३) नगरकोट र कलमसी सडक यथाशीघ्र निर्माण सम्पन्न गर र जिल्लाको चक्रपथ तथा ताथलीको जयराम मार्ग, चुनदेवी मार्ग, सङ्गम मार्ग र दामोदर मार्ग यथाशीघ्र निर्माण गर !
१४) जिल्लाको खानेपानीको स्रोत र पर्यटन स्थलसमेत विनाश हुने भङ्गेरी डाँडाको वन कटानी र रग्वी रङ्गशाला निर्माण बन्द गराऊ र सार्वजनिक वन विनाशमा लागेकाहरूलाई अविलम्ब जेल पठाऊ र जङ्गल र पर्यावरण विनाश गर्ने भङ्गेरी डाँडा–नगरकोट जीपलाइन बन्द गर !
१५) चाँगुनारायण मन्दिर र बुढाथोकी बस्तीसमेत पहिरोमा पर्ने गरी क्रिकेट मैदान निर्माणको निहुँमा अवैधरूपमा सञ्चालित बालुवा उत्खनन गर्ने र गराउनेलाई तत्काल जेल पठाऊ !
१६) साबिक दुवाकोटको १६ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र गराउनेहरूलाई जेल पठाऊ र विकासमा पक्षपात, भ्रष्टाचार, ढिलासुस्ती बन्द गर !
१७) सैनिक शिक्षालय खरिपाटी व्यारेकबाट चानपा ५ वडा कार्यालय हुँदै मत्स्यनारायण जाने सडक र चानपा २ को सल्लाघारी दुवाकोट मोडदेखि चानपा १ को न्यौपाने गाउँसम्मको सडक यथाशीघ्र निर्माण सम्पन्न गर !
१८) चाँगुनारायण दु्रतमार्ग यथाशीघ्र निर्माण सम्पन गर !
१९) तेलकोट–कमलविनायक–काठमाडौँ र कलमसी–चरेली–थाकलमाठ–कमलविनायक–काठमाडौँ बससेवालाई –यातायात) लाई व्यवस्थित गर !
२०) तेलकोट–मनकामना–मच्छेनारायण–वडा कार्यालय–सैनिक शिक्षालय–कमलविनायक–काठमाडौँ र काठमाडौँ–ब्यासी–झौखेल–यापीभैरव–महाङ्कालचोक–न्यौपानेगाउँ–गेलालगाउँ–चानपा–४ को वडा कार्यालय तथा महाङ्कालचोक–सल्लाघारी–दुवाकोटमोड–काठमाडौँसम्म यातायात सेवाको व्यवस्था गर !
२१) खासाङखुसुङ खोलाको दक्षिणतर्फ सडक निर्माण गरी नदी प्रदूषण नियन्त्रण गर ! खासाङखुसुङ खोलादेखि यापी भैरवसम्मको सडक कालोपत्र गर !
२२) भक्तपुर नाला सडक यथाशीघ्र निर्माण सम्पन्न गर !
२३) भारतीय विस्तारवादले अतिक्रमण गरेका नेपाली अतिक्रमण गरेका नेपाली भूमि अविलम्ब फिर्ता गराऊ !
२४) भारतीय एकाधिकार पुँजीलाई दिइएको कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, मुगु कर्णाली, तिला १, तिला २, अरुण तेस्रो, अरुण चौथो, तल्लो अरुण, पश्चिम सेतीलगायत जलविद्युत् फिर्ता गर !
Leave a Reply