भर्खरै :

भाषा, कला र संस्कृतिको संरक्षणमा जोड

भाषा, कला र संस्कृतिको संरक्षणमा जोड

काठमाडौँ, २७ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँको आयोजनामा नेपाल संवत् ११४४ नयाँ वर्षको स्वागत कार्यक्रम काठमाडौँ महानगर वडा नं. ५ विशालनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले भाषिक, सांस्कृतिक अधिकार सही राजनीति अगाडि बढेमा मात्र हुनेछ भन्नुभयो ।
उहाँले परनिर्भर राजनीतिले एक दिन नेपाली जनताले प्यालेस्टाइनको स्थिति भोग्नुपर्ने बताउँदै प्यालेस्टाइनमा यहुदी जातिलाई माया ग¥यो तर अमेरिकी साम्राज्यवाद र बेलायती उपनिवेशले इजरायलको जन्म दिएर आज प्यालेस्टिनी जनतामाथि नरसंहार गरिरहेको बताउनुभयो ।
प्यालेस्टिनी जनता आफ्नो गुमेको भूमि फिर्ता लिन चाहन्छन् भन्दै उहाँले नेमकिपाले प्यालेस्टिनी जनताको मुक्तिको लागि ऐक्यबद्धता कार्यक्रम गरेको स्मरण गर्नुभयो ।
उहाँले हामी भाषा भाषाको लागि मात्र होइन जात जातिको लागि मात्र नभई सिङ्गो देशका नागरिकहरूलाई सक्षम बनाउन पत्रपत्रिका र पुस्तक प्रकाशित र अध्ययनमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले साल परिवर्तन मुख्य होइन हामी नेपाली जनताको हित हुने परिवर्तनको खाँचो रहेको भन्दै हरेक परिवर्तन राजनीतिक आन्दोलन हुन्छ भन्नुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले अक्टोबर समाजवादी क्रान्तिबाट शिक्षा लिनुपर्नेमा जोड दिनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँका अध्यक्ष रत्ना डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कामपा ५ का अध्यक्ष कृष्णहरि महर्जन र तःमुंज्याका पूर्व अध्यक्ष कुलनारायण डंगोल र सुरेन्द्र महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *