भर्खरै :

देश र जनताको निःस्वार्थरूपले सेवा गर्न नै जनताको राजनीति

देश र जनताको निःस्वार्थरूपले सेवा गर्न नै जनताको राजनीति

भक्तपुर, ३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको पूर्ण बैठक एवं मार्गनिर्देशन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले देश र जनताको निःस्वार्थभावले सेवा गर्नु नै राजनीति भएको स्पष्ट पार्दै ‘कर्मचारीहरूले राजनीति गर्नुहुन्न’ भन्ने भ्रम नियोजितरूपमा प्रतिक्रियावादीहरूले फैलाइरहेको तर्पm सचेत गराउनुभयो ।
आफ्नो जिम्मेवारीबाट कार्यकर्ताहरू विचलित हुन नहुने, व्यक्तिगत फाइदा लिने उद्देश्यले राजनीतिक पार्टीलाई उपयोग गर्न नहुने र पार्टीमा क्रियाशील भएपछि गलत कार्य गरे पनि छुट पाउने मानसिकताबाट सबैलाई टाढा राख्नुपर्ने आवश्यकता अध्यक्ष रोहितले औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीहरू देश र जनताप्रति बफादार एवम् इमानदार हुनुपर्छ । आरामपूर्वक जीवन बिताउने सोच त्याग्नुपर्छ । जुनसुकै पदमा बसे पनि पदीय दायित्व इमानदारीपूर्वक निर्वाह गर्रौँ† योग्य र असल नागरिक बन्न मेहनत गरौँ ।”
पार्टी अनुशासनलाई शिरोधार्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले पार्टी अनुशासन पालन नगर्ने र पार्टी विधानविपरीत आचरण गर्नेलाई पार्टीले कारबाही गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “पार्टीले आवश्यकताअनुसार कर्मचारीलाई जनताको सेवामा खटाउन सक्छ । जागिरबाट राजीनामा दिएर भए पनि जनताको सेवा गर्न कर्मचारीहरू तयार भएर बस्नुपर्छ ।”
स्थानीय भाषाको जानकारी भएमा सेवाग्राहीको मन जित्न सकिने र जनताको सेवा गर्न सकिने भएकोले आफू कार्यरत क्षेत्रको भाषाबारे जानकारी लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
युक्रेनमा रूसविरूद्ध अमेरिकी साम्राज्यवादको युद्धबारे जानकारी गराउँदै उहाँले संरा अमेरिका जहाँ जहाँ पस्छ त्यहाँ त्यहाँ द्वन्द्व सिर्जना हुने गरेको बताउनुभयो ।
अध्यक्ष रोहितले विज्ञान र अर्थतन्त्रमा अगाडि नबढेसम्म समाजवादी व्यवस्था टिक्न नसक्ने धारणा राख्नुभयो ।
नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले कर्मचारी संयन्त्रलाई स्थायी सरकार भनिने हुँदा सोहीबमोजिम जिम्मेवार भई काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कर्मचारीले आ–आप्mनो क्षेत्रको ऐन, नियमबारे जानकारी राख्नु जरूरी भएको उल्लेख गर्दै उहाँले पार्टी प्रकाशन अध्ययन र अन्तरक्रिया कार्यक्रमहरूमार्पmत राजनीतिक र सांस्कृतिकस्तर उठाउन जोड दिनुभयो ।
एमसीसी सम्झौतामा नेपालले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने व्यवस्था राख्नुको अर्थ अमेरिकी साम्राज्यवादको हरेक कार्यको समर्थन गर्नुपर्ने हुन्छ, यसकारण यो सम्झौता देशघाती हो, उहाँले भन्नुभयो ।
साम्राज्यवादीहरूले अन्य देशको अर्थतन्त्र कब्जा गर्छन्, अमेरिकी साम्राज्यवादले २०० वर्षयता ५०० भन्दा बढी ठाउँमा सैन्य हस्तक्षेप र आक्रमण गरेको इतिहास छ, सचिव सुवालले भन्नुभयो ।
सिँहदरबारमा गएकाहरूको राजनीति सिद्धान्तच्यूत भएकै कारण देश र जनताले दुःख पाएको उल्लेख गर्दै उहाँले शासक पार्टीहरू भारतीय एकाधिकार पुँजी र विस्तारवादको गोटीको रूपमा रहेको बताउनुभयो ।
नेपालका राजनीतिक पार्टीहरूबारे सचिव सुवालले भन्नुभयो, “नेपाली काङ्ग्रेस विदेशी पुँजीको सेवा गर्ने पार्टी हो, एमाले भाइ काङ्ग्रेस भयो, माओवादी भारतको ट्रोजन हर्स भयो र मधेसवादी पार्टीहरू भारतीय गोटी भए ।”
केटाकेटीबेलाको लुगा ठूलो हुँदा ठीक नहुने भनेजस्तै राजतन्त्र पुनः नफर्कने सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “समाजवाद र पुँजीवादको भिन्नताबारे जनतालाई स्पष्टसँग बुझाउनु आवश्यक छ । सबभन्दा बढी प्रजातन्त्रवादी, देशभक्त र शान्तिका पक्षपाती कम्युनिस्टहरू हुन् । अध्ययनविना अगाडि बढ्न नसक्ने भएकोले कार्यकर्ताहरूले अध्ययनमा जोड दिनुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरू इमानदार भए देश बचाउन सकिने धारणा राख्दै सत्य बोल्नेको जित सुनिश्चित छ भन्नुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गरेकै कारण नेमकिपाका सांसदहरू र भक्तपुर नगरपालिका अरूको लागि उदाहरणीय भएको प्रमुख प्रजापतिले भन्नुभयो ।
जीवन निष्क्रिय भएपछि मान्छेको आयु कम हुँदै जानेतर्फ सतर्क गराउँदै उहाँले कर्मचारीहरूले पढ्ने, चिन्तन गर्ने र सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो ।
गलत काम गर्नेले अरूको पनि बदनाम गराउने भएकोले सचेत रहनुपर्ने र गल्ती गर्ने मानिस थोरै भए पनि धेरै बिगार्नेतर्फ उहाँले सतर्क गराउनुभयो ।
समाजवादी व्यवस्था स्थापना नभएसम्म समस्या यथावत रहने हुँदा नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
शत्रुले कमजोरीमात्र हेर्छ, राम्रो हेर्दैन, तैपनि शत्रुले देखाएको कमजोरीलाई सकारात्मक रूपमा लिनुपर्छ । शत्रुको विरोधलाई खरोरूपमा प्रतिवाद गर्नुपर्छ, उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “रेमिट्यान्सले चल्ने अर्थतन्त्र भरपर्दो छैन । आत्मनिर्भरताबाहेक देश निर्माणको अर्को बाटो छैन, भलै त्यो दुःखदायी नै किन नहोस् ।”
कार्यक्रममा नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
प्रशिक्षणपछि बसेको बैठकले समाजका केन्द्रीय सचिव शिवराम धुख्वा र केन्द्रीय कोषाध्यक्ष काजीबहादुर पञ्चले प्रस्तुत गर्नुभएको भएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
बैठकले गौतमप्रसाद लासिवाको अध्यक्षतामा नेपाल कर्मचारी समाजको तेस्रो सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *