जेलेन्स्कीको ‘विजय योजना’ र यसको वास्तविकता
- आश्विन १८, २०८१
भक्तपुर, ३ मङ्सिर । “नेपालमा राजतन्त्र फर्किने सम्भावना देख्दिनँ । केटाकेटी बेलाको लुगा ठूलो भइसकेपछि मिल्दैन । मुसालाई तर्साउन बिरालो पालेझैँ जनतालाई तर्साउने राजा गुहार्नु गलत हो । राजा जनता तर्साउने वस्तु होइन । विदेशीहरूले राजा ल्याउन खोजेका हुन् भने तिनका विरुद्ध नेपाली जनताले सङ्घर्ष गर्नेछन् ।” नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उक्त विचार आइतबार व्यक्त गर्नुभएको हो ।
जिएनएन र एपिवन टेलिभिजनको ‘विषयान्तर’ कार्यक्रमका लागि चन्द्र बानियाँसँग कुराकानी गर्दै अध्यक्ष रोहितले प्रस्ट पार्नुभयो, “गणतन्त्र या राजतन्त्र कुनै व्यक्ति र पार्टीको पेवा होइन । कसैले राजा ल्याउँछु भन्ने बित्तिकै आउने र फाल्छु भन्ने बित्तिकै फालिने होइन । देशको परिस्थितिले निर्णय गर्ने हो ।”
उहाँले अगाडि भन्नुभयो, “गणतन्त्र कागजको वस्तु हो र त्यति कमजोर ठान्नलाई ? हो, अपराधीहरू भन्ने डराउने छन् किनकि तिनले देश र जनताविरुद्ध अपराध गरेका छन् । देश र जनताप्रति समर्पितहरूले कसैसँग डराउनुपर्दैन । आफ्नै खुट्टामा उभिनेहरू डराउँदैनन् ।”
एक अर्काे प्रश्नमा अध्यक्ष रोहितले भन्नुभयो, “अर्ध औपनिवेशिक तथा अर्ध सामन्ती देशमा राजा सबैभन्दा कमजोर बिन्दु हो । विदेशीले राजालाई प्रयोग गर्न खोज्नु स्वाभाविक हो । विभिन्न देशमा त्यस्ता भएका उदाहरण छन् । राजा समर्थकहरूले विरोध गर्दैमा गणतन्त्र ढल्ने होइन । विचारसँग डराउनुहुँदैन । देशका सारा कलकारखाना विदेशीलाई दिइए या बेचिए । निजीकरणको नाउँमा मित्रराष्ट्रले दिएका भएभरका कारखाना खत्तम पारियो । यसबारे राजावादीहरू बोल्दैनन् । त्यसबारे एक शब्द नबोल्ने राजावादीहरू केको देशभक्त ?
शासक दलहरूबारे प्रस्ट पार्दै अध्यक्ष रोहितले भन्नुभयो, “एमाले, एमाओवादी र काङ्ग्रेस कामदारवर्गका पार्टी होइनन् । ती पुँजीपतिवर्गका पार्टी हुन्, त्यो पनि दलाल पुँजीपतिवर्ग । राष्ट्रिय पुँजीपतिवर्ग र दलाल पुँजीपतिवर्गबिच भेद गर्नैपर्छ । कम्युनिस्टहरूले निजीकरणको समर्थन गर्दैनन् ।”
उहाँले नेमकिपा एक्लैले एमसीसी सम्झौताविरुद्ध सदन र सडकमा लगातार सङ्घर्ष गरेको उल्लेख गर्दै अमेरिकी तथा बेलायतीहरू पुगेको ठाउँमा देश टुक्रा–टुक्रा पारेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अमेरिका दाता होइन व्यापारी हो । त्यो अमेरिकी चरित्र नै हो ।” आर्थिक–सामाजिकरूपमा देश झन्झन् सङ्कटमा फस्दै जानुमा सरकारमा गएका दल तथा नेताहरू जिम्मेवार भएको बताउँदै उहाँले जनतालाई यथार्थ जानकारी दिन जनसभा आयोजना गर्ने हिम्मत गर्नुपर्छ भन्नुभयो । देशको अन्तर्राष्ट्रिय छबि कमजोर हुँदै गएको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “नेपालको परराष्ट्र नीति अमेरिकाको पिछलग्गू बनेको छ ।”
Leave a Reply