भर्खरै :

पानीको प्याकिङ बोटलमा भेटियो फोहोर

पानीको प्याकिङ बोटलमा भेटियो फोहोर

सुर्खेत, ३ मङ्सिर । वीरेन्द्रनगरको औद्योगिक क्षेत्रमा सञ्चालित एक्वाएन्स (Aquans) वाटर उद्योगले तयार गरी बजारमा पठाएको पानी प्याकिङ बोटलमा फोहर लेउ जमेको र हल्का पहेँलो धमिलो पानी भएको पाइएको छ ।
पिउने पानीजस्तो आधारभूत सेवामा सम्बन्धित उद्योग व्यवसायीहरूले आवश्यक मापदण्ड पूरा नगरी जथाभावी प्याकिङ गर्दा उक्त समस्या देखिएको हो ।
सम्बन्धित उद्योग व्यवसायीहरूले दक्ष जनशक्तिको प्रयोग नगर्दा र सरसफाइमा ध्यान नदिएकोले बोटलमा फोहोर लेउ देखिएको स्थानीयको भनाइ छ । फोहोर पानी बजारमा बिक्री भइरहे पनि सम्बन्धित निकायले पटकपटक अनुगमन र पानीको गुणस्तर परीक्षण नगर्दा सुर्खेतवासी उपभोक्ताहरू पैसा तिरेर दुषित पानी पिउन बाध्य छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *