भर्खरै :

संरा अमेरिकाकै कारण इजरायलले गाजामाथिको युद्ध रोकेन

संरा अमेरिकाकै कारण इजरायलले गाजामाथिको युद्ध रोकेन

भक्तपुर, ३ मङ्सिर । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका शिक्षक शिक्षिकाहरूबिच आइतबार इजरायल–प्यालेस्टाइन युद्धबारे प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले संरा सङ्घको बैठकमा पटकपटक प्यालेस्टाइनको गाजामा युद्ध रोक्ने विषयमा छलफल भए पनि अमेरिकाको कारण इजरायलले युद्ध नरोकेको बताउनुभयो ।
इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमण र नरसंहारको विरोधमा नेमकिपालगायत संसारका विभिन्न देशमा विरोध प्रदर्शन र सभा भइरहेको जानकारी दिनुभयो ।
अमेरिका र इजरायलको फासीवादी आक्रमणको कारण प्यालेस्टाइनमा धेरै मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले संसारका आम जनताले साम्राज्यवादी नीतिकै विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले इजरायल र प्यालेस्टाइन युद्धमा यहुदीहरूको विरोध होइन यहुदीवादीहरूको विरोध भएको चर्चा गर्नुभयो ।
उहाँले प्यालेस्टिनी जनता सच्चा देशभक्त हुन्, आफ्नो मिचिएको भूमि फिर्ता लिन उनीहरू लडिरहेका छन् भन्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य वदनकेसरी प्रजापतिले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *