निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २० कार्तिक । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं १ मा निर्वाचनको तयारीलाई तीब्रता दिएको छ । सोमवार चाँगुनारायण नगरपालिकाको बागेश्वरीमा आयोजित कार्यकर्ता भेलामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासमा समान अवसरको निम्ति कानुन बनाउन नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई प्रदेश तथा प्रतिनिधि सभामा विजयी बनाउनुपर्ने बताउनु भएको छ । शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको बन्दोबस्त गराउन नेमकिपा संघर्षरत रहेको बताउँदै उँहाले भ्र्रष्टाचारी र भारतीय दलाल पार्टी र त्यसका उम्मेदवारहरुलाई जनताले परास्त गर्नुपर्ने बताउनुभयो । सरकारमा गएका पार्टीका नेताहरुले राजनीतिमा गुण्डागर्दी, कालाबजारी, तस्करी र अपराधीहरुको हालिमुहाली गरेको बताउँदै उहाँले चुनावमा जित्न भोज–भत्तेर खुवाउने, सामान र पैसा बाँड्नेलगायतका आचारसंहिता उलंघन गर्ने दलहरुलाई खारेज गराउनु पर्नेमा जोड दिनुभयो ।
नेमकिपाले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरेको बताउँदै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका संशोधनबाद र अवसरवादलाई परास्त गर्न र प्रनिनिधिसभा तथा प्रदेशसभामा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी देश र जनताको पक्ष ऐनकानुन र नीति बनाउन नेपाल मजदुर किसान पार्टीको विकल्प नरहेको प्रष्ट्याउनुभयो । सो क्षेत्रमा प्रदेशसभातर्फ नेपाल मजदुर किसान पार्टीका नीरज लवजू उम्मेदवार हुनुहुन्छ ।
Leave a Reply