भर्खरै :

वडास्तरी निर्वाचन परिचालन समिति गठन

भक्तपुर, २० कार्तिक । नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले निर्वाचनलाई भारतीय भक्तपुर, २० कार्तिक । नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले निर्वाचनलाई भारतीय
विस्तारवादविरुद्ध अभियानको रुपमा लिने बताउनुभएको छ ।  नेमकिपा निर्वाचन परिचालन समिति गठनको निम्ति आयोजित आइतबार आयोजित भेलामा बोल्दै उम्मेदवार थापामगरले निर्वाचन
पूँजीवादी पार्टीलाई भण्डाफोर गर्ने मञ्चको रुपमा उपयोग गर्ने भन्दै वाम गठवन्धन भारतीय दलालहरुको गठवन्धन भएको उल्लेख गर्नुभयो ।  यसैबीच नेमकिपा, सुर्यविनाकयक नगरपालिक वडा नं ५ स्तरीय निर्वाचन परिचालन समिति गठन गर्न आयोजित भेलामा भक्तपुर क्षेत्र
नं २ प्रदेश सभा सदस्य उम्मेदवार सरोजराज गोसाईले पूँजीवाद एवम् साम्राज्यवादविरुद्ध जनतालाई शिक्षित पार्न निर्वाचनको उपयोग गर्ने बिचार राख्नुभयो । उहाँले कम्युनिष्ट नामका संशोधनवादी पार्टीहरुको विरुद्ध सैद्धान्तिक संघर्ष गर्ने र समाजवादी लक्ष्य प्राप्तिको आन्दोलन अगाडि बढाउने धारणा राख्नुभयो । चित्तपोलको भेलामा बोल्दै नेमकिपा सुर्यविनायक नगर समितिका अध्यक्ष सुर्यभक्त त्वातीले जनताको विजय सुनिश्चित भएको धारणा राख्नुभयो ।
कटुञ्जेको भेलामा नेमकिपा भक्तपुर जिल्ला सदस्य महेन्द्र बखुञ्छेले पार्टीको विजयको निम्ति सम्पूर्ण पार्टी संरचना परिचालित हुने दृढता व्यक्त गर्नुभयो ।  कटुञ्जेको भेलाले जीवन बखुञ्छेको संयोजकत्वमा सुनपा वडा नं ५ स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै चित्तपोलमा आरएस त्वातीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *