भर्खरै :

भक्तपुर सल्लाघारी दूध सङ्कलन केन्द्र बन्द गरी भारतीय दूध आयात गर्ने किन ?

भक्तपुर सल्लाघारी दूध सङ्कलन केन्द्र बन्द गरी भारतीय दूध आयात गर्ने किन ?

भक्तपुर ६, मङ्सिर । भक्तपुरको सल्लाघारीमा रहेको दुग्ध विकास संस्थान, भक्तपुर दूध सङ्कलन केन्द्र २०८० भदौ १६ गतेदेखि बिनाकारण बन्द गरेकोले भक्तपुरका कृषक, दुग्ध व्यवसायी तथा दुग्ध उत्पादक सहकारी मर्कामा परेका छन् । सङ्कलन केन्द्र एक्कासि बन्द गरी कृषक, पशुपालन फर्म तथा दुग्ध उत्पादक सहकारीहरूलाई दूध बालाजु आयोजनामा बुझाउन पत्र काटियो । भक्तपुर दूध सङ्कलन केन्द्रमा ढुवानी गरिरहेका कृषकहरूलाई बालाजुसम्म दूध ढुवानी गर्नु पर्दा समस्या हुनु स्वाभाविक हो ।
सङ्कलन केन्द्र बन्द हुँदा किसानको दूध बिक्री सन्तुलन बिग्रियो । पशुपालकहरू पेसाबाट पलायन हुनुपर्ने स्थिति देखा प¥यो । यसले भारतको दूध आयात बढाउने र नेपालको व्यापार घाटा बढाउने भयो । दुग्ध विकास संस्थानले भक्तपुरका कृषकहरूको करोडौँ रकम भुक्तानी गरेको छैन । यसको कारण दैनिक पशुआहार व्यवस्थापन तथा कृषकको रोजीरोटीमै समस्या उत्पन्न भएको किसानहरूको गुनासो छ ।
उक्त सङ्कलन केन्द्रमा दैनिक १०,००० लिटरभन्दा बढी दूध सङ्कलन भइरहेको थियो । विगत ५५ वर्षदेखि दूध सङ्कलन भइरहेको उक्त केन्द्र एक्कासि बन्द गरी भारतीय दूध आयात गरी कमिसन खाने संस्थानका अधिकारीहरूलाई सरकारले कारवाही किन गर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *