भर्खरै :

आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिमा प्राथमिकता दिनुपर्नेमा जोड

आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिमा प्राथमिकता दिनुपर्नेमा जोड

भक्तपुर, ६ मङ्सिर । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरले किसानहरूमाझ ‘किसान सङ्घर्ष’ पत्रिकाको अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।
बुधबार भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै पार्टीका प्रकाशनहरू पालिकाको टोलटोलमा अन्तरक्रिया गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अमेरिकी हतियार सहयोग पाएको इजरायलले प्यालेस्टिनी जनतामाथि बर्बर आक्रमणको निन्दा एवम् विरोध गर्दै अमेरिकी सरकारले संसारका धेरै देशमा सैन्य हस्तक्षेप गरिरहेको उल्लेख गर्नुभयो ।
सरकारकै संरक्षणमा कतिपय खराब सहकारी संस्थाले जनताको बचत ठगी गरेको उल्लेख गर्दै सांसद सुवालले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने राजनीतिलाई विरोध गर्नेहरूदेखि सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजूले पठन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्ताहरूको सैद्धान्तिक, वैचारिक स्तर माथि उठाउन पुस्तक र पत्रिका प्रकाशन गरिरहेको हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले ‘किसान सङ्घर्ष’ बुलेटिन गतिविधिको लिपिबद्ध हो भन्नुभयो ।
कृषिप्रधान देशमा प्रत्येक वर्ष रासायनिक मलको अभाव गरेर कृषि उत्पादनमा बाधा पु¥याइरहेको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले महिलाहरू जागरूक हुनुपर्ने आवश्यकता औँल्याउँदै शिक्षित महिला भएको घरको जीवन चलाउन सहज हुन्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष एवं सभापति गोविन्द दुवालले सङ्घले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा आन्दोलन गरिरहेको उल्लेख गर्दै किसान सङ्घले गरेको आन्दोलन खेर नगएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनता नै संसारका निर्माणकर्ता हुन् । किसानहरूले गरेको आन्दोलनले नै उनीहरूको जीवनस्तर उठेको हो ।”
अन्तरक्रियामा राजेन्द्र बखुन्छे, प्रेम तामाङ, गङ्गाराम ज्याख्व, नारायणभक्त न्हेमाफुकी, पृथ्वीकुमार प्रजापति, नारायणभक्त भेले र कमला गिरीले आ–आफ्नो अध्ययनको विषयमा बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *