भर्खरै :

माल्दिभ्सको सेना फिर्ताको अनुरोध सार्वभौमसत्ताको अभ्यास हो

माल्दिभ्सको सेना फिर्ताको अनुरोध सार्वभौमसत्ताको अभ्यास हो

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले शुक्रबार आफ्नो उद्घाटन समारोहमा आफ्नो देशको भूमिमा कुनै विदेशी सेनाको उपस्थिति नहुने कुरा सुनिश्चित गर्ने बताए । नवनिर्वाचित राष्ट्रपतिले राष्ट्रपतिको उद्घाटन समारोहमा भारतको प्रतिनिधित्व गर्दै आएका भारतका भू–विज्ञान मन्त्री किरेन रिजिजुलाई अनुरोध गरेका छन् ।
यो कार्य मुइज्जुकोे चुनावी वाचाअन्तर्गत लागू गरिएको हो । निर्वाचित हुनुअघि मुइज्जुले आफ्नो उच्च प्राथमिकता भारतीय सेनाको उपस्थितिलाई जतिसक्दो चाँडो हटाउने भएको स्पष्ट पारेका थिए ।
माल्दिभ्सको विदेश नीति ‘इन्डिया फस्ट’ बाट ‘इन्डिया आउट’ मा परिवर्तनले नयाँ दिल्लीलाई असन्तुष्ट बनाएको छ । माल्दिभ्सको नयाँ नेताको उद्घाटनमा भारतको प्रतिनिधित्व रिजिजुले गर्नु आफैँमा भारतीय प्रधानमन्त्री उपस्थित हुने अघिल्ला अवसरहरूको तुलनामा कम महत्व या न्यून मूल्याङ्कन थियो ।
मुइज्जुको उद्घाटनअघि मोदीले नयाँ दिल्लीमा भने कि भारतको ‘छिमेकी पहिलो’ नीतिमा माल्दिभ्सले विशेष स्थान राखेको छ र यस क्षेत्रका सबैका लागि सुरक्षा र विकासको दृष्टिकोण (सागर) सक्षम पार्ने प्रमुख खेलाडी हो । तर, माल्दिभ्सका नयाँ राष्ट्रपतिले अहिलेको मोदी सरकारले भन्दा ‘सुरक्षा’ को अर्थ फरक ढङ्गले लिएका छन् । माल्दिभ्स सरकार र त्यहाँका जनताको लागि भारतीय सैन्य बलहरूलाई निष्कासन गर्नु भनेको देशको स्वतन्त्रता र सार्वभौमसत्ता कायम राख्नु हो ।
दुई सरकारबिच निरन्तर सहयोगको लागि व्यावहारिक समाधानको लागि छलफल हुने बताइएको छ । यस विषयमा भारतले अहिलेसम्म कुनै प्रतिबद्धता जनाएको छैन । तर, नयाँ दिल्लीको अर्को चरणले यसको ‘छिमेकी पहिलो’ नीतिको परीक्षण गर्नेछ – चाहे यो दक्षिण एसियाली देशहरूसँग शान्तिपूर्ण र समन्वयात्मक सह–विकास गर्ने नीति हो वा यो ठूलो भाइको मानसिकताको बढावा हो ।
दक्षिण एसियाली देशहरूले प्रायः आफ्नो विकास र सुरक्षा र भारतको मनोवृत्तिसँग व्यवहार गर्दा यस प्रकारको दुविधाको सामना गर्छन् । बङ्गलादेशको जायज पानी माग एउटा उदाहरण हो । टिस्टा नदी भारत र बङ्गलादेश दुवैको यो लागि एक महत्वपूर्ण नदी हो । यो सिँचाइ, माछापालन र पिउने पानीको एक महत्वपूर्ण स्रोत हो ।
भारतले हाल टिस्टा नदीको पानीको ५५ प्रतिशत नियन्त्रण गर्दछ किनभने प्रत्येक वर्ष डिसेम्बर र मेको बिचमा भारतको पानी आपूर्तिमा उल्लेखनीय कमी आउँछ, जबकि बङगलादेशले त्यस अवधिमा ५० प्रतिशत पानी पाउनुपर्ने माग गरिरहेको छ । नदीका कारण लाखौँ बङ्गलादेशीहरूको जीविकोपार्जन प्रभावित भएको छ । भारतको अत्यधिक पानी निकासीका कारण बङ्गलादेशको करिब एक लाख हेक्टर धानको कटोरा हिउँदेबालीका लागि प्रयोग हुन सकेको छैन ।
यसबाहेक, टिस्टा जलस्रोतको भारतको अनुचित व्यवस्थापनले बङ्गलादेशलाई दशकौँदेखि ठुलो बाढीको सामना गर्नुपरेको थियो । बङ्गलादेशको बाढीको तीव्रता र पटक–पटक बाढी आउनुको मुख्य कारण माथिल्लो क्षेत्रमा भारी वर्षापछि भारतले गजलडोबा ब्यारेजका सबै ढोका खोलिदिनाले हुने बताइएको छ । बङ्गलादेशले सन् १९९६ को गङ्गा जल सन्धिअनुसार भारतसँग समानुपातिक टिस्टा पानी बाँडफाँड गर्ने सम्झौताको आशा राखेको थियो । तर, त्यसबाट केही पनि सकारात्मक परिणाम आएको छैन ।
नेपालले पनि यस्तै अवस्थाको सामना गरिरहेको छ । नेपालको पश्चिमी पर्यटकीय केन्द्रमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भारतकै कारणले प्रयोगविहीन भइरहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राजधानी काठमाडौँपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । यो २४४ मिलियन डलरको परियोजना थियो र नेपालले विमानस्थलबाट अन्तर्राष्ट्रिय र क्षेत्रीय सम्पर्क बढाउने अपेक्षा गरेको थियो ।
अन्ततः ६ महिनाको लामो पर्खाइपछि सन् २०२३ जूनमा विमानस्थलले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानलाई स्वागत गरेपछि नेपालले अन्तर्राष्ट्रिय उडानको स्वागत गर्न ढिलाइ गर्नुपरेको थियो । यस्तो ढिलाइ जटिल कारणले हुन्छ, तर मुख्य कारण भनेको भारतको छिमेकीलाई हतोत्साही पार्ने मनोवृत्ति हो । नेपालको बुद्ध एयरले पोखरा विमानस्थलबाट आफ्नो वाराणसी (उत्तरी भारतको सहर) उडान सुरु गर्न चाहेको थियो । तर, भारतबाट अनुमति नपाएपछि यो योजनामाथि ठुलो असर पारेको थियो ।
यो भारतको जानीजानी गरिएको षड्यन्त्र थियो वा प्राविधिक षड्यन्त्रमात्र हो ? भारतले गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थललाई प्राविधिक वा रणनीतिक दृष्टिकोणले मात्रै हेर्छ भन्ने कुरा नेपालीले प्रस्ट बुझेका छन् । भारतले नेपालभित्र र बाहिर स्वतन्त्र पारवहन र स्वतन्त्र व्यापारमा पनि अवरोध खडा गरिरहेको छ । नेपाल र भारतबिचको पानी व्यवस्थापन अर्को समस्या हो । बाढी व्यवस्थापनको लागि भारतीय पक्षमा निर्माण गरिएका उच्च संरचनाले नेपाली गाउँहरू वर्षायाममा जोखिममा परेका छन् ।
यसपटकको माल्दिभ्सको सेना फिर्तीको अनुरोधले ‘छिमेकी पहिलो’ नीतिले अन्य दक्षिण एसियाली देशहरूको मन कति जित्यो वा चोट पु¥यायो भन्ने झल्काउँछ । दक्षिण एसियाली देशहरूले हेरिरहेका छन् कि भारतले विकासको लागि आफ्नो ठाउँ निचोरिरहेको छ वा जीत–जीतको सिद्धान्तमा आधारित सहयोगलाई बढावा दिन्छ ।
यदि भारतले यस क्षेत्रमा सामूहिक दृष्टिकोणको सट्टा द्वन्द्वमा जोड दियो भने यसले अन्ततः आफ्नो राजनीतिक विश्वसनीयतालाई कमजोर बनाउनेछ र दक्षिण एसियामा आफ्नै राजनीतिक सम्भावनालाई खतरामा पार्नेछ ।
(लेखक ब्रिक्स अध्ययन केन्द्र, कम्युनिकेसन युनिभर्सिटी अफ चाइनाका रिसर्च फेलो हुनुहुन्छ ।)
– ‘ग्लोबल टाइम्स’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *