भर्खरै :

गरे के हुँदैन ? दृष्टान्त भक्तपुर

गरे के हुँदैन ? दृष्टान्त भक्तपुर

पार्टी भनेको के हो ? पार्टीको नेता हो कि कार्यकर्ता ? यो निरूपण हुन गम्भीर चिन्तनको खाँचो पर्छ । भन्न सजिलो नेता तथा कार्यकर्ता दुवै हो भन्न । तर नेताले मात्र पार्टी हुँदैन, न त हुन्छ कार्यकर्ताले मात्र पार्टी सञ्चालन । यो मुद्दा नै पेचिलो हो । नेता नभई पार्टी कसले हाँक्छ ? कार्यकर्ता भएनन् भने नेताले मात्र केको क्रान्ति हुन्छ ? क्रान्ति भन्नमात्र सजिलो गर्न निकै कठिन काम हो । यसैले त संसारमा धेरै क्रान्ति नभएको । यसो हेर्दा नेता नै एक नम्बर जस्तो लाग्ने । क्रान्ति गर्न सङ्गठन जरूरी हुन्छ । सङ्गठन गर्न नेता जरूरी हुन्छ । यसर्थ, नेता नै प्रथम हो भन्ने सिद्धान्त मान्दा सजिलो हुने देख्छु म । लेनिन भनेका तत्कालीन कम्युनिस्ट पार्टीका ठुला नेता भन्ने थाहा रहेछ स्तालिनलाई । पार्टीको एउटा ठूलो सम्मेलन हुने रहेछ । ठाउँ ठाउँबाट सम्मेलनमा आएका नेता कार्यकर्ता धमाधम जम्मा हुन थाले, भेला हुन थाले । एउटा पुण्टे मान्छे अरूसँग तयारीमा लाग्दा निकै क्रियाशील देख्छन् । लेनिन पार्टीको नेता हुनाले नाम सुनिने नै भयो तर देखेका रहेनछन् । स्तालिनले को रहेछ यो पुण्टे भन्ने सोचेछन् । सभाको सभापतित्व बस्ने मान्छे त्यही पुण्टे पो लेनिन रहेछन् भन्ने बुझेछन् र नेताले जे पनि काम गर्नुपर्छ भन्ने बुझेछन् । यो कम्युनिस्ट कार्यविधिले के स्पष्ट पार्छ भन्ने कम्युनिस्ट भनेको पहिले कार्यकर्ता हो अनिमात्र नेता ।
व्यक्तिगत स्वार्थ त्याग्न सके सजिलो
कार्यकर्ता सक्रिय भएमात्र पार्टी सक्रिय हुन्छ र समाजवादी क्रान्तिको आधार तयार हुन्छ । देशको अर्थतन्त्र र राजनीतिबारे चिन्तन र छलफल चलाइरहनुपर्छ । राजनीतिकरूपमा निर्देशित भएन भने त्यो भद्रगोल मात्र हुन्छ । युद्ध भड्काई हतियारको व्यापार गर्ने साम्राज्यवादीहरूको चरित्र जनताबिच उदाङ्ग्याउनुपर्छ । राजनीति भनेको जनताको इमानदारीपूर्वक सेवा गर्नु हो, अति सजिलो छ राजनीतिको परिभाषा । यसका निम्ति पीडितको पक्षमा तथा अन्यायको विपक्षमा गगनभेदी आवाज उठाउनुपर्छ । यो बिर्सनै नहुने लक्षण हो । कार्यकर्ता सक्रिय भएमात्र समाजवादी क्रान्तिको आधार तयार हुन सहयोग पुग्छ । देशको अर्थतन्त्र एवं राजनीतिबारे छलफल गर्न कहिल्यै अल्छी गर्नुहुँदैन । केही अरू कामबाट फुर्सद पाए पार्टी प्रकाशनहरूको अध्ययन गर्नुपर्छ जसबाट कार्यकर्ता धारिलो भएर निस्कन्छ, धारिलो कार्यकर्ता नै आजको एक नम्बरको खाँचो हो । धार नभएको हतियारले के पो काम गर्नसक्छ र ? त्यसैले नेपालमा क्रान्तिको सुरूताका एउटामात्र धारिलो कम्युनिस्टले १० जना काङ्ग्रेस, १०० जना गोर्खा परिषद्लाई परास्त गर्न सजिलै सक्छ भनिन्थ्यो । त्यसो हुन्थ्यो पनि । तर यो भनाइ हिजो–आज कम सुनिन्छ । यसको लागि त कम्युनिस्ट कार्यकर्ताले कति परिश्रम र अध्ययन गर्नुपर्ने हो, व्याख्या गर्नु नपर्ला । व्यक्तिगत स्वार्थ त्याग्न सके कम्युनिस्ट बन्न कति सजिलो ।
मरेपछि पनि ह¥यो
जसले जे भने पनि समाज परिवर्तनका लागि अन्ततोगत्वा क्रान्ति नै आवश्यक पर्दो रहेछ । यो ध्रुवसत्य जसले बुझ्छ ऊ मात्र कम्युनिस्ट हुनसक्छ । संसारको इतिहासले यही नै पाठ दिएको छ । जब समाज परिवर्तनको लागि तयार हुन्छ तब साहित्य सृजनामा लागेकाहरू समाज परिवर्तनका दिशातिर उन्मुख हुनुपर्छ । नेपाल मजदुर किसान पार्टी मात्र एउटा त्यस्तो पार्टी छ जसले क्रान्तिको गेडी पत्ता लगाएको छ । भक्तपुर नगरपालिकाले जनताको घर घर र दैलोदैलो गई स्वास्थ्य उपचार गरिरहेको छ । नगरका निरक्षर महिला पनि स्वास्थ्यका, जनस्वास्थ्यका कुरा आएपछि जम्मा हुन्छन् र आफूले नजानेका स्वास्थ्य सुरक्षासम्बन्धी गाँठी कुरा आफ्नै मातृभाषामा अरू अरू समकक्षीलाई मसिनो गरी सम्झाउँछन्; नयाँ मान्छे पनि जटिल स्वास्थ्य विधि सजिलै आत्मसात गर्छन् । एक दुई पल्टमा बुझिएन भने पुनरावृत्ति गराउँछन् र स्वास्थ्य सेवा सरल प्रकारले बुझ्छन्  । यो कुराभन्दा र सुन्दा मात्र सजिलो लाग्छ । व्यवहारमा उतार्दा सजिलो छैन । तर गरेरै छोडे त भक्तपुरेहरूले । ग¥यो भने के पो हुँदैन र ? भन्ने उपमा भएको छ भक्तपुर । ‘सय वर्षपछिको भक्तपुर’ शब्द चित्रमा उतारेर छक्क पारेका थिए नेता नारायणमान बिजुक्छेँ (रोहित) ले । खै त भइरहेको छ । नपत्याउनेले पत्याएका थिएनन् । कम्तीमा अझै कतिपयलाई पत्याउन गा¥हो छ । तर क्रमशः स्नातकहरूको सङ्ख्या बढिरहेको छ यो त पक्का हो नि ? जीवनलाई चाहिने वा मरणोपरान्त चाहिने मसानघाटको पुनः निर्माणमा कैयौँ पालिकाको ध्यान गएको छैन । तर भक्तपुर नगरपालिका पूरै लाग्यो र गरिछोड्यो ।
काम नगरी खान लाज मान्छन्
भक्तपुर सानो जिल्ला, २०१३/१४ सालसम्म एउटा कलेज पनि थिएन भक्तपुरमा । प्रवेशिका परीक्षामा उत्तीर्ण भएपछि अरू पढ्न काठमाडौँ नै धाउनुपर्ने । यातायातको सुविधा थिएन भनेर आजको भक्तपुरका ठुला मान्छे पढ्न काठमाडौँमा नै बस्नुपथ्र्यो । भक्तपुरका धनीमानीहरू काठमाडौँ बसाइँ सरे । त्यस्तो अरू अरू पनि केही भक्तपुर छोडी काठमाडौँमै लागे । भक्तपुर गरिबका बस्ती भयो । तर, ती गरिबहरूले धैर्य गरे । सडक बन्यो, मोटर चल्न थाले । मान्छे भक्तपुरदेखि काठमाडौँ हिडेर आएर त्रिचन्द्र कलेज पढे । पछि पछि अरू अरू कलेज खुले राति पढाइ हुने, बिहान पढाइ हुने । दिउँसो जागीर खानेले बिहान र बेलुका पढेर प्रगति गरे । केही दशक अघिसम्मको हविगत हो यो । तर आजको भक्तपुर हिजो–अस्तिको भक्तपुर होइन । अबको केही वर्षपछि जिल्लाका सबै घरमा कम्तीमा एक जना स्नात्तकोतर हुनेछन् । स्नातक त कति कति । यो एउटा ठोस दृष्टान्त हो गरेर के हुँदैन भन्ने । यो सम्पूर्ण प्रगतिको श्रेय भक्तपुरका जनतामा जान्छ । मुख्य श्रेय नेमकिपा र त्यसको नेतृत्वलाई जान्छ । जनता व्यापक मात्रामा परिचालित छन् । काम नगरी खानेहरू सा¥है थोरै छन् । काम नगरी खान लाज मान्छन् । यो सा¥है ठूलो कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *