भर्खरै :

काङ्ग्रेस–माओवादी नेमकिपाले देखाएको बाटोमा

काङ्ग्रेस–माओवादी नेमकिपाले देखाएको बाटोमा

काठमाडौँको एक कार्यक्रममा हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था अव्यावहारिक भएको विचार व्यक्त गर्नुभएको छ । पछिल्लो सङ्घीय संसद्को निर्वाचन घोषणापत्रमा नेपाली काङ्ग्रेसले विश्वविद्यालयमा कुलपति रहने व्यवस्था हटाउने जनाएको हो । अहिले नेकपा (माओवादी) को नेतृत्वमा मूलतः नेपाली काङ्ग्रेसको सरकार छ । सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रीको अनुभवले वि.वि. मा कुलपति प्र.म हुनु अव्यावहारिक भन्ने साबित गरेको छ । अर्थात् काङ्ग्रेसको घोषणापत्र र प्रधानमन्त्रीको अनुभव मिलेको देखिन्छ ।
नेपाल मजदुर किसान पार्टी देशको राजनीतिक क्षितिजमा एउटा छुट्टै पहिचान बोकेको पार्टी हो । उसले कहिल्यै सत्तालोलुपता देखाएन । संसदमा सधैँ प्रखर प्रतिपक्षको भूमिकामा रहँदै आएको सर्वविदित्तै छ । सानो पार्टीले उठाउने आवाजलाई ठुला शासक पार्टीले सधैँ नजरअन्दाज गर्दै आए पनि अन्ततः नेमकिपाले देखाएकै बाटोमा काङ्ग्रेस माओवादी आएको तथ्यबाट प्रमाणित भएको छ ।
प्रसङ्ग ख्वप विश्वविद्यालयको विधेयकको सन्दर्भबारेमा हो । नेमकिपाले सस्तोमा स्तरीय शिक्षा प्रदान गर्दै रैथाने प्रविधिको संवद्र्धन गर्ने ध्येयका साथ संसदमा ख्वप विश्वविद्यालय विधेयक पेस गरेको पनि दुई दशक नाघेको छ । त्यो विधेयक संसदमा पेससम्म नगर्नुका धेरै कारणहरूमध्ये एउटा मुख्य कारण कुलपतिमा प्रधानमन्त्री नराखिएको पनि एक हो भन्ने चर्चा नचलेको होइन ।
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहनु व्यावहारिक हुँदैन भनेर २० वर्षभन्दा अघि नेमकिपाले ख्वप विश्वविद्यालयको विधेयकमा भन्दा प्रधानमन्त्रीलाई नमानेको भनेर शासक दलहरूले बेवास्ता गर्दै आएका थिए । तर, अहिले ख्वप विश्वविद्यालयकै विधेयकले देखाएको बाटोमा शासकहरू आएका छन् । यति कुरा बुझ्न शासकहरूलाई २० वर्ष लाग्यो अब आफ्नै घोषणापत्र र अनुभवअनुसार सुधार गर्न यी शासकहरूले अरू कति दशक लगाउने हुन ? हेर्न बाँकी छ ।
नेमकिपाले उहिल्यै देखाएको बाटोलाई ढिलो भए पनि ठुला शासकहरूले महसुस गरेका छन्, ढिलो घर फर्केकालाई हराएको नभनौँ । अझै नेमकिपाले देखाएको बाटो स्वीकार्न ती ठुला दलहरू सक्दैनन् । आखिर ढिलो चाँडो ख्वप विश्वविद्यालय स्वीकृति नदिई धरै पाउँदैनन् शासकहरूले जतिसुकै पक्षपात गरे पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *