अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १२ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख भरतबडायर जोशीले सोमबार भक्तपुर नपाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरूबिच नगरपालिकाबाट सम्पादित कार्यहरू, बजेट व्यवस्थापन, राजस्व सङ्कलन, शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भए गरेका विविध गतिविधिबारे अनुभव आदानप्रदान भयो ।
नगर प्रमुख जोशीलाई स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाको विशेषताबारे प्रस्ट पार्दै जनताको बिचमा काम गर्दा जनताको साथ र सहयोग प्राप्त हुनु नै भक्तपुर नपाको सकारात्मक पक्ष रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका भूगोलको हिसाबले देशकै सानो नगरपालिका भए पनि सांस्कृतिक हिसाबले देशकै महत्वपूर्ण नगरपालिका भएको बताउँदै भक्तपुरको पर्यटन विकासमा नपाले विशेष जोड दिँदै आइरहेको बताउनुभयो ।
स्थानीय तहहरूले आफ्नो क्षेत्रमा रहेका प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी मनग्य आम्दानी गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “भक्तपुर नपाले सामुदायिक शिक्षामा सुधारको नीति अवलम्बन गरेकै कारण आज शैक्षिक क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल बन्न सफल भएको हो ।”
सोही क्रममा पर्शुराम नपाका प्रमुख जोशीले डडेल्धुरा जिल्लामा अवस्थित पर्शुराम नपाको कुल क्षेत्रफल ४१४।०७ वर्ग किमि रहेको बताउँदै भक्तपुरको विकास मोडलबाट आफू भक्तपुरको कार्यशैलीबाट आफूहरू निकै प्रभावित भएको बताउँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, सरसफाइलगायतका विषयबाट केही सिक्ने अभिप्रायले भक्तपुर भ्रमणमा आएको स्मरण गराउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माको पनि उपस्थिति थियो ।
Leave a Reply