युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
नेपालका शासकहरूले देश र विदेशमा देखाउन मिल्ने या अविस्मरणीय कुनै काम गर्न सकेका छैनन् । बरु, देश बदनाम हुने, देशको इज्जत र प्रतिष्ठामा दाग लाग्ने काम गर्न उनीहरू लागे । शासकहरूले जानी नजानी गल्ती गरे पनि त्यसलाई सुधार्ने या गल्ती नदोहो¥याउने काम गरेनन् । सरकारको यस्तै कमजोरी र गल्तीले गर्दा देश हरेक विषयमा कालोे सूचीमा प¥यो । शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकामा ‘ईयूको सूचीबाट हटेन नेपाल;’ ‘नेपालका वायुसेवा ईयूको कालासूचीमै;’ ‘नेपाली उड्डयन क्षेत्र ईयुको कालो सूचीमा’ यथावत् ‘नेपाली हवाई क्षेत्र ईयूको कालोसूचीमै’ शीर्षकका समाचारहरू छापिए । समाचारमा युरोपेली सङ्घ (ईयू) ले नेपालको वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूचि यथावत रहेको जनाएको छ । उक्त प्रतिबन्धअनुसार युरोपेली सङ्घमा आबद्ध कुनै पनि मुलुकमा नेपालको युरोप यात्राको भविष्य निश्चित छैन ।
युरोपेली सङ्घले नेपालको वायुसेवामा लगाएको प्रतिबन्धले सङ्घको नेपालको वायुसेवा निगमप्रति हालसम्म विश्वास नभएको अर्थ लाग्छ । नेपालको वायुसेवाप्रति युरोपेली सङ्घको विश्वास नहुनुको कारण के हो ? कारण पत्ता लगाई त्यसको उपाय खोज्ने काम सरकार किन गर्दैन ? हुन पनि नेपालमा जति हवाई दुर्घटना सायद अरू देशमा भएको छैन । नेपालमा सालाखाला वर्षको एउटा विमान दुर्घटना भइरहेको छ । वर्षको एउटा विमान दुर्घटना हुनु सामान्य होइन । विमान दुर्घटनाको कारण धनजनको ठूलो क्षतिमात्र भएन विमान सेवाको प्राविधिक या अन्य धेरै कमजोरीको कारण नेपाली र विश्व समुदायको नै विश्वास गुम्यो । उडानमा सुरक्षाको प्रत्याभूति दिलाउने कसरी ! विमान दुर्घटना हुँदा छानबिन समिति गठन हुन्थ्यो, विमान दुर्घटनाको कारण पत्ता लाग्थ्यो । तर, समाधानको उपाय खोजिँदैन । यही कारण विमान दुर्घटना बरोबर भइरहेको देखिन्छ ।
नेपाल वायुसेवा निगममा मात्र कालोसूचीमा परेको होइन भ्रष्टाचार, कमिसन र कालोबजारीमा पनि बदनाम छ । एमनेस्टी इन्टरनेसनलको दृष्टिमा भ्रष्टाचारको कारण नेपाल र शासकहरूको बदनाम भए पनि शासकहरूमा चेत खोलेको छैन । उनीहरू भ्रष्टाचार गर्न र कमिसन खान पछि परेका छैनन् । भ्रष्टाचार गर्दा देश विकास नभएको हो । भ्रष्टाचार गाउँगाउँसम्म पुगेको छ । अधिकांश ठाउँमा भ्रष्टाचार नगरी र कमिसन नखाई विकास योजना सम्पन्न हुँदैन; घुस नखाई कामै हुँदैन । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउन शासकहरू पछि परेनन् । सामान आयातमा पनि कमिसन, सामान निर्यातमा पनि कमिसन । देशका सरकारी कलकारखाना र सङ्घ संस्था डुब्ने तर व्यक्ति मोटाउने काममा शासकहरू नै लागे । अनि नेपाल कालोसूचीमा किन पर्दैन ?
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने या बढुवा हुने देश, युवा–युवतीहरू विदेश पलायन हुने देश, महिला बेचबिखन हुने देश नेपाल । सरकारी कलकारखाना तथा सङ्घ संस्था निजीकरण हुने देश । नेपाली भूमि मिचे पनि मौन बस्ने देश । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबे पनि मौन बस्ने देश । नेपाली भूमिमा भारतीय सेना तैनाथ भए पनि उठाउन नसक्ने देश । नेपाल र नेपालीको सेवा र हितभन्दा विदेश र विदेशीको स्वार्थ हेर्ने या स्वार्थ पूरा गर्न लाग्ने देश । सरकारको नेतृत्व गर्न र सरकारमा सहभागी हुन भागबन्डाको निम्ति तँछाडमछाड गर्ने देश । दलको सिद्धान्त र राजनीतिभन्दा व्यक्तिगत र दलगत स्वार्थमा लागेर अवसरवादी राजनीति गर्न पल्केका शासकहरूको देश बनिरहेको छ नेपाल । विदेशी ऋण र विदेशी आर्थिक सहयोगमा बजेट बनाउने देश । स्वास्थ्ययोपचारको निम्ति लाखौँ करोडौँ खर्च गर्न विदेश जानैपर्ने देश । यसरी हरेक दृष्टिकोणले सरकार पछि परेको र गर्न नहुने काममा अघि बढेको देश कालोसूचीमा किन पर्दैन ?
Leave a Reply