माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
केही मानिसका नजरमा उनी विदेश नीतिका विराट–पुरुष थिए । नाजी अत्याचारबाट बाँच्न उनी अमेरिका भागे र संरा अमेरिकाको शीर्षस्थ कूटनीतिज्ञको चम्किलो करियर बनाए । उनी राष्ट्रपति रिचर्ड निक्सन र जेराल्र्ड फोर्डको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार बने । इतिहासमा उनले गहिरो छाप छोडे ।
तर, बाँकी सबैका नजरमा हेनरी किसिन्जर युद्ध अपराधी थिए । उनले ‘व्यवहारिक राजनीति’ को क्रूर अभ्यास गरे र विश्वमा रगतको खोलो बगाए । टाढाका देशहरू अर्जेन्टिनादेखि इस्ट टिमोरसम्म उनले ३० लाख मानिसका लासैलासको ताँती लगाए ।
दिवङ्गत बेलायती लेखक तथा पत्रकार क्रिस्टोफर हिचेन्सले लेखेका थिए, “हेनरी किसिन्जरलाई संसारका सबै सज्जनहरूले दुत्कार्नुपर्छ† बहिष्कार गर्नुपर्छ ।”
यहाँ हामी किसिन्जरले हस्तक्षेप गरेका र रगताम्य डोब छोडेका १० देश, क्षेत्र वा द्वन्द्वको विषयमा चर्चा गर्नेछौँ ।
भियतनाम
भियतनाममा सन् १९७३ मा युद्धविरामको लागि पहल गरेको हुनाले किसिन्जरले नोबेल शान्ति पुरस्कार प्राप्त गरे । राष्ट्रपति लिन्डन जोन्सनले चलाएको शान्ति प्रक्रियालाई निक्सनले नभाँडेको भए त्यो युद्ध ४ वर्षअघि नै अन्त्य हुने थियो । निक्सनलाई जोन्सनको शान्ति प्रयास भाँड्न र उल्ट्याउन लगाउने व्यक्ति किसिन्जर थिए । सन् १९६९ मा निक्सन राष्ट्रपति बने । किसिन्जर राष्ट्रिय सुरक्षा सल्लाहकारमा बढुवा भए । उनले लम्ब्याएको युद्धको कहरमा परेर भियतनाम, कम्बोडिया र लाओसका लाखौँ जनताले ज्यान गुमाए ।
कम्बोडिया
किसिन्जरले युद्धलाई व्यापक बनाए । सोही दृश्यमा खमेर रुजले फस्टाउने मौका पाए । अमेरिकापरस्त सैनिक सरकारलाई हटाएर उनी सत्तासीन भए । उनको कार्यकालमा पाँच भागको एक भाग कम्बोडियाली जनता (२० लाख) को हत्या भयो । लाखौँ मानिसहरूको मार्ने गरी किसिन्जर र निक्सनले बमबारीको कार्पेट बिछ्याए र सोही कार्पेटमा चढेर कम्बोडिया कम्युनिस्ट पकडमा पुग्यो । अमेरिकाले फालेका तर पड्किन बाँकी बमहरूका कारण आज पनि कम्बोडियाली जनता मर्ने गरेका छन् ।
बङ्गलादेश
सन् १९७० मा बङ्गाली राष्ट्रवादीहरूले तत्काली पूर्वी पाकिस्तानमा निर्वाचन जिते । आफ्नो पकड खुकुलो हुने डरले पश्चिम पाकिस्तानको सैनिक सरकारले हत्याको सिलसिला सुरु ग¥यो । किसिन्जर र निक्सन त्यो हत्याको पक्षमा दृढतापूर्वक उभिए । उनीहरूले पाकिस्तानी जर्नेलहरूलाई बिझाउने केही भनेनन् । चीन र सोभियत पक्षधर भारतलाई बलियो टक्कर दिन काम लाग्ने शक्ति भनेर उनीहरू चुप लागे । ३ लाख मानिसहरूको ज्यान जाँदा पनि किसिन्जरले आँखा चिम्लिरहे । एक गुप्त वार्तामा उनले ‘बङ्गालीहरू मरिरहेकोमा दुःख मनाउ गर्ने मानिसहरू’ प्रति तिक्तता पोखे ।
चिली
निक्सन र किसिन्जर दुवैले साल्भाडोर एयेन्डेलाई घृणा गर्थे । एयेन्डे आफूलाई माक्र्सवादी भन्थे । उनी सन् १९७० का चिल्लीको राष्ट्रपति पदमा निर्वाचित भएका थिए । तीन वर्षसम्म निक्सन र किसिन्जरले त्यहाँ सत्ताविद्रोह गराउन चिलीमा लाखौँ डलर खन्याए । अमेरिकी गुप्तचर निकाय सीआइएका तत्कालीन प्रमुख विलियम कोल्बेले सन् १९७४ मा संसद्को विशेष सैन्य उपसमितिसमक्ष दिएको गुप्त बयानमा एयेन्डे सरकार ‘निस्तेज पार्न’ अमेरिकी सरकारले १ करोड १ लाख अमेरिकी डलर खर्च गरेको बताए । त्यसमध्ये १५ लाख डलर ‘सीआइए’ ले राजधानी सान्टियागोबाट निस्किने ‘एल मक्र्युरियो’ पत्रिकालाई दिएको थियो । त्यो पत्रिका एयेन्डेविरोधी थियो । ‘सीआइए’ को जालोले चिलीको सेनासँग सम्बन्ध जोड्यो । सन् १९७३ मा सैनिक विद्रोह गरेर जनरल पिनोचे सत्तामा आए । आफ्नो १७ वर्षे राजमा पिनोचेले ३ हजारभन्दा बढी जनताको हत्या गरे र कतिपयलाई बेपत्ता पारे । दसौँ हजार विरोधीहरूलाई उनले कारागारमा थुने । किसिन्जरले निक्सनलाई भने, “त्यो हामीले गरेका होइनौँ । हामीले सहयोगमात्र गरेका हौँ ।” तानाशाह पिनोचेलाई सत्ताबाहिर फालेको तीन दशक भइसक्यो । तर, अमेरिकी लुटको विरासतले चिली अझै पनि पिल्सिँदो छ ।
साइप्रस
ग्रीक र तुर्कहरूको भूमि साइप्रसले सन् १९६० को दशकमा धेरै जातीय हिंसा देख्यो । सन् १९७४ मा ग्रीसको सत्तासीन सैनिक सरकारले सत्ताविद्रोह गरेपछि टर्कीको सेना साइप्रस पस्यो । यी दुवै नेटोका सदस्य थिए । किसिन्जरले दुवैबिच सङ्कट चर्काए । लादिएका राष्ट्रपति फोर्डलाई टर्कीलाई खुसी बनाऊ भने । किसिन्जरले भने, “टर्कीको रणनीति सही हो – तिनीहरूले चाहेको चीज खोस र त्यसको स्वामित्वको लागि सम्झौता वार्ता चलाऊ ।” ग्रीक सत्ताविद्रोह र टर्कीको कब्जाको कारण हजारौँ साइप्रसवासीको ज्यान गयो ।
इस्ट टिमोर
सन् १९७५ मा किसिन्जरले इन्डोनेसियाका क्रूर तानाशाह राष्ट्रपति सुहार्तोलाई इस्ट टिमोर कब्जा गर्न हरियो झन्डा देखाए । इस्ट टिमोर पहिले पोर्चुगलको उपनिवेश थियो र औपनिवेशिक शासकहरूबाट मुक्त हुन सङ्घर्ष गर्दै थियो । इन्डोनेसियाको राजधानी जकार्ताको भ्रमणमा किसिन्जर र अमेरिकी राष्ट्रपति फोर्डले सुहार्तोलाई छिटोभन्दा छिटो काम फत्ते गर्न भने । सुहार्तो कम्युनिस्टविरोधी लडाइँमा अमेरिकाका सहयोगी थिए । किसिन्जर र फोर्डसँग भेटेको भोलिपल्ट नै सुहार्तो अमेरिकी हतियारले लैस सेना लिएर अघि बढे र इस्ट टिमोरका २ लाख जनताको नृशंस हत्या गरे ।
इजरायल
सन् १९७३ मा अक्टोबर युद्ध चर्कियो । इजिप्ट र सिरियाको नेतृत्वमा अरब देशहरूले इजरायलमाथि धावा बोले । किसिन्जरको बोली त्यसबेला निक्सन सरकारको बोली बन्यो । हतियार लिएको पानीजहाजलाई अलि ढिलो इजरायल पठाउने अमेरिकी रक्षा मन्त्रालयको योजना थियो । किसिन्जरको तदारुकताका कारण हारिरहेको इजरायली सेनाले छिट्टै पालो फर्कायो र इजिप्टको राजधानी कायरोको १०० किलोमिटर नजिकसम्म पुग्यो । लगत्तै युद्धविराम भयो । इजिप्ट, अन्य अरब देशहरू र इजरायलबिच किसिन्जरले चलाएको कूटनीतिक पहल नै अन्ततः सन् १९७८ को क्याम्प डेभिड सम्झौतामा टुङ्गिएको बताइन्छ । त्यसबेलासम्म किसिन्जर पदमुक्त भइसकेका थिए । तर, सन् १९८१ मा गएर उनले मध्यपूर्वमा आफ्नो कूटनीति एउटै नीतिगत उद्देश्यमा केन्द्रित थियो भने । त्यो हो – ‘प्यालेस्टिनीहरूलाई तिनका अरब छिमेकी र साथीहरूबाट एक्ल्याऊ’ ।
अर्जेन्टिना
सन् १९७६ मा फोर्डको ठाउँमा जिम्मी कार्टर अमेरिकी राष्ट्रपति बने । त्यसपछि किसिन्जर पदमुक्त भए । तर, पनि उनले अमेरिकी आक्रमण र हत्याको पक्ष लिइरहे । उनी अर्जेन्टिनाको नवफासीवादी सैनिक सरकारको पक्षमा उभिए । अर्जेन्टिनाका निर्वाचित राष्ट्रपति इजाबेल पेरोनको सरकार ढलाएर सन् १९७६ मा नवफासीवादीहरू सत्तासीन भए । सैनिक सरकारले वामपन्थीहरूविरुद्ध घिनलाग्दो युद्ध छेड्यो र आफ्ना विरोधीहरूलाई ‘आतङ्ककारी’ करार ग¥यो । सन् १९७८ मा किसिन्जर अर्जेन्टिना भ्रमणमा गए । त्यहाँ उनले तानाशाह योर्गे राफेर भिदेलाको प्रशंसा गरे । ‘आतङ्कवाद’ को लडाइँमा भिदेलाले गरेका प्रयासहरूको उनले खुलेर तारिफ गरे । भिदेलाले ३० हजार विरोधीहरूलाई बेपत्ता पारे । अर्जेन्टिनाको सैनिक शासनमा १० हजार मानिसहरू मारिए । त्यो स्थिति सन् १९८३ सम्म रह्यो ।
दक्षिणी अफ्रिकी
निक्सन र फोर्डको सरकारमा कार्यरत रहँदा किसिन्जरले अफ्रिकामा त्यति धेरै ध्यान नदिएको देखिन्छ । तर, सन् १९७६ मा पदमुक्त हुने बेलामा उनले दक्षिण अफ्रिकाको भ्रमण गरे । भर्खरै सोवेतो विद्रोह भएको थियो । किसिन्जरले रङ्गभेदी सरकारलाई राजनीतिक वैधता दिए । जसले गर्दा रङ्गभेदी प्रहरीले अश्वेत बालबालिकासहित धेरै जनतालाई गोली ठोक्यो । त्यस्तै किसिन्जरले रोडेसियाका प्रधानमन्त्री आयान स्मीथलाई बहुमत काला जातिको शासन स्वीकार्न दबाब दिए । अर्कोतिर उनले दक्षिण अफ्रिकाको रङ्गभेदी सरकारलाई काखी च्यापिरहे । खासगरी अङ्गोलाको जनमुक्ति सङ्घर्ष गरिरहेका कम्युनिस्टहरूसँग लडिरहेका युनिटा लडाकुहरूलाई सघाइरहेको हुनाले किसिन्जर रङ्गभेदी सरकारसँग नजिक भइरहे । कम्युनिस्टविरोधी त्यो युद्ध २७ वर्षसम्म चल्यो र २० औँ शताब्दीकै सबैभन्दा लामो र नृशंस युद्ध बन्यो ।
चीन
अमेरिका–चीन सम्बन्धको ढोका खोल्न भूमिका खेलेकोमा किसिन्जरको अक्सर प्रशंसा हुन्छ । सन् १९७२ मा पेइचिङको पहिलो भ्रमण गरेका उनले सन् १९७९ मा चीनसँग पुनः कूटनीति सम्बन्ध जोड्न सघाए । चिनियाँ राष्ट्रपति सी चिनफिङले उनलाई ‘पुराना मित्र’ भने । यद्यपि, सन् १९८९ मा भएको तियानमेन चोकका प्रदर्शनकारीहरूले उनलाई त्यति मित्रतापूर्वक सम्झिन्नन् । केही हजार मानिसको ज्यान गएको तियानमेन काण्डलगत्तै उनले निर्मम र कठोर ‘व्यवहारिक राजनीति’ को झलक दिए । यो उनको कूटनीतिक परिचय थियो । उनले सम्बन्ध तोड्नु ‘अपरिहार्य थियो’ भने । किसिन्जरले भने, “संसारको कुनै पनि सरकार आफ्नो राजधानीको मूलचोक अगाडि हजारौँ प्रदर्शनकारीहरू ८ हप्तासम्म डटेको टुलुटुलु हेरिरहन सक्दैन ।” उनले भने, “चीनलाई अमेरिका चाहिन्छ र अमेरिकालाई चीन चाहिन्छ ।”
(तियानमेन काण्डमा अमेरिकी गुप्तचर निकायको हात थियो । हेर्नुहोस् –Provoking Beijing | MR Online अनु.)
– ‘अलजजीरा’ बाट
(अनुवाद : सम्यक)
Leave a Reply