भर्खरै :

नेपाल क्रान्तिकारी महिला सङ्घलाई धन्यवाद !

नेपाल क्रान्तिकारी महिला सङ्घलाई धन्यवाद !

प्यालेस्टाइनमा इजरायली सेनाले पुनः बमबारी गरेको छ । हप्ताभरको युद्धविराम मान्छे मार्ने ‘कसाही’ लाई विश्राम साबित भयो । इजरायली आक्रमणबाट ५० दिनमा १५ हजारभन्दा बढी प्यालेस्टिनीहरूको हत्या भयो । प्रत्येक एक घण्टामा १ गर्भवती आमाको हत्या भयो भने प्रत्येक २ घण्टामा ७ महिलाको हत्या भयो । बालबालिकाको हत्यामा इजरायली सेनाले संसारमै इतिहास रच्यो । यसै पनि इजरायल संसारमै सबैभन्दा बढी बालबालिका पक्राउ गर्ने देश हो । उसको कारागार युद्धको बेला मात्र होइन, शान्तिको अवधिमा पनि बालबालिकाले भरिँदै आएको छ । यति क्रूर दृश्य देखेर नरुने मन मानिसको हुनै सक्दैन, आमाको त हुनै सक्दैन । त्यसैले मङ्सिर १५ गते नेपाल क्रान्तिकारी महिला सङ्घले लगनखेलबाट जाउलाखेल र पुलचोक हुँदै मङ्गलबजार पुगेर टुङ्ग्याएको विरोध प्रदर्शनको ऐतिहासिक महत्व छ । यो विरोध प्रदर्शनले नेपालका कामदार महिलालाई टाढाको देशका महिलासँग जोडेको छ । यसैलाई अन्तर्राष्ट्रवादी भावना भनिन्छ ।
नेपालमा आफूलाई महिलावादी भन्ने अर्काथरी महिलाहरू पनि छन् । प्यालेस्टिनी महिलाको दुःख उनीहरूका छलफलका विषय बन्दैनन् । आफूलाई एडभान्स वा स्मार्ट भन्न रुचाउने महिलामा भन्दा कामदार वर्गीय भावना भएका नेपाली महिला बढी उन्नत छन् भन्ने कुरा नेक्रामसङ्घको विरोध जुलुसले देखाइदिएको छ । झन्डै एक घण्टा लामो जुलुसमा नेक्रामसङ्घका कार्यकर्ताहरूले अमेरिकी साम्राज्यवाद र इजरायली जातिवादको डटेर विरोध गरे । नेपाल क्रान्तिकारी महिला सङ्घलाई मुरीमुरी धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *