भर्खरै :

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई बिदाइ तथा शुभकामना

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई बिदाइ तथा शुभकामना

भक्तपुर, १७ मङ्सिर । भक्तपुर नगरपालिकाबाट सरुवा हुनुभएका भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई आइतबार बिदाइ तथा शुभकामना कार्यक्रम गरिएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित बिदाइ गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले संस्थाको प्रशासनिक र कार्यकारी काममा कर्मचारीहरूले सधैँ समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
कर्मचारीहरूले सुगम ठाउँमात्र रोजेमा देश विकासमा बाधा पुग्छ भन्दै उहाँले आफू जुनसुकै क्षेत्रमा बसेर काम गरे पनि देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्नु एक असल नागरिकको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरबाट सिकेको ज्ञान, सीप र अनुभव अन्य क्षेत्रहरूमा पनि प्रयोग गर्न सके संस्थागत विकासमा सकारात्मक परिवर्तनहरू देखिने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले भक्तपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्न पाउनु आफैँमा सुखद पक्ष भएको बताउँदै भक्तपुरका जनप्रतिनिधिको तर्फबाट सदासयता र कर्मचारीहरूबाट कार्य प्रक्रियामा सहजता भएको बताउनुभयो ।
उहाँले भक्तपुरबाट आफूले धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवा र योजना शाखाका प्रमुख दिलभक्त जयनाले पनि बोल्नुभएको थियो ।
बिदाइ कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य तथा शाखा, उपशाखाका प्रमुखहरूको उपस्थिति थियो । अधिकृत शर्मालाई नगरपालिकाको तर्फबाट भक्तपुरको प्रसिद्ध मयुर झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *