पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
साँखु, १८ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले मङ्गलबार काठमाडौँको साँखुमा प्यालेस्टिनीहरूको जातीय सफाया बन्द गर, स्थायी युद्धविराम सम्झौता गर भन्ने उद्घोषका साथ जुलुस तथा सभा गर्ने भएका छन् । साँखुको पुरानो बसपार्कबाट दिनको १ बजे सुरु हुने जुलुस नगर परिक्रमापछि साल्खामा सभा हुने बताइएको छ । साम्राज्यवाद र जातिवादको विरोधमा हुने उक्त जुलुस तथा सभामा उपस्थित हुन आयोजक समितिले न्यायप्रेमी, शान्तिप्रेमी तथा देशभक्त जनताको उपस्थितिको लागि आग्रह गरेको छ ।
स्वतन्त्रता तथा सार्वभौमसत्ताको निम्ति भइरहेको प्यालेस्टिनी जनताको सङ्घर्षप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै हुने सो सभामा हातेमालो गर्नु प्रत्येक शान्तिप्रेमी नेपाली जनताको दायित्व हो । प्यालेस्टिनी जनताको हितमा र विश्वमै शान्ति कायम गराउन या स्थापना गर्न युद्धविरामको आवश्यकता छ । विश्वमा साम्राज्यवादी देशहरू रहेसम्म आतङ्क र असुरक्षित भइरहने हुँदा साम्राज्यवाद विरोधी आन्दोलनमा सहभागी हुनु अन्तर्राष्ट्रिय कर्तव्य पनि हो ।
फासीवादी इजरायलले प्यालेस्टिनीमाथि भइरहेको बर्बर आक्रमण र धनजनको क्षतिको विरोधमा यसअघि नेक्रामसङ्घले पाटनमा जुलुस तथा सभा गरेको थियो । विद्यार्थी हित समितिले भक्तपुरमा र नेमकिपाले काठमाडौँमा जुलुस प्रदर्शन तथा सभा गरेको थियो ।
अमेरिकी सरकारले प्यालेस्टिनी सार्वभौमिकतालाई स्वीकार गर्नुपर्ने हो । युद्धविरामको माग गर्दै संसारका दर्जनौँ देशमा विभिन्न सङ्घ संस्थाले विरोध प्रदर्शन तथा सभा गरेर अमेरिका र इजरायल सरकारको ध्यानाकर्षण गरेका थिए । साल्खामा हुने सभामा नेमकिपा तथा नेक्रायुसङ्घका प्रतिनिधिहरूले बोल्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
Leave a Reply